२ भाद्र २०८३, मंगलवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

पर्यटकको आकर्षण केन्द्र बन्दै मनाङ

३१ भदौ, मनाङ। नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली जिल्लामा पर्यटक आउने क्रम अझै बढ्दो छ । मनाङका विभिन्न स्थान नै प्राकृतिक छटाले भरिपूर्ण भएकाले यहाँ आउने पर्यटक बढ्दै गएको स्थानीय बताउँछन् […]

समाज

तीनकुने सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ

३१ भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ । यद्यपि, प्रहरीले पक्राउ पर्नेको नाम र घटनाको कारण सार्वजनिक गरेको छैन । तीनकुनेस्थित […]

मुख्‍य समाचार समाज

चुनौती बन्दै गल्याङ बजारको फोहर व्यवस्थापन

३१ भदौ, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिले बजार क्षेत्रको फोहर लामो समयदेखि वडा नं ११ को छरछरेमा व्यवस्थापन गर्दै आएको थियो । गएको जेठ २७ गते नगरपालिकाले सङ्कलन गरेको फोहरमा अज्ञात समुहले आगो लगाएको वातावरणीय संरक्षण मञ्चका सदस्य निर्मल भट्टराईले बताए । उनका अनुसार आगो १५ दिनपछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीका कारण स्थानीय […]

मुख्‍य समाचार समाज

ताप्लेजुङ जिल्ला अस्पतालमा आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

३१ भदौ,  फुङ्लिङ ।  ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् । प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो । आइसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो । कोभिड महामारीका […]

प्रदेस समाचार मधेश समाज

पाठशाला जहाँ पढेपछि पोषण र उत्पादनमा हुँदैछ सुधार

३१ भदौ, जनकपुरधाम । पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् । सुरुमा धनुषाको धनौजी गाउँपालिका-२ की सोनाली साहलाई […]

मुख्‍य समाचार समाज

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

३१ भदौ, इनरुवा ।  विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए । यहाँ सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवकारुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न […]

मुख्‍य समाचार समाज

अमेरिकाबाट पोखरा र वीरगञ्ज पठाएको पार्सलमा गाँजा भेटियो

३१ भदौ, काठमाडौं । अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । भदौ १९ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएको एउटा […]

समाज

विरामी जाँच्न छाडेर डाक्टरहरूको प्रदर्शन, ‘विदेश पलायन हुन बाध्‍य नपार’

३१ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट बन्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका […]

समाज

डाक्टरहरुले देशभर बन्द गरे ओपीडी, अत्यावश्यक उपचार सेवाबाट बिरामी वञ्चित

३१ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा […]

समाज

आज अटवारी पर्व मनाउँदै थारू समुदाय

३१ भदौ, सुदूरपश्चिम। पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा आज ‘अटवारी’ पर्व उल्लासपूवर्क मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा लिइने यो पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा परम्परागतरूपमा मानाउने गरिन्छ । यो समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा […]

मुख्‍य समाचार राजनीति

काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषसँग माग्यो गौशाला चोकको भवन

३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा मारवाही सेवा समितिले बहालमा लिएर सञ्चालन गर्दै आएको भवन आफूहरुलाई दिन पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरेको छ । महानगरपालिकाले कोषलाई एक पत्र लेखी काठमाडौं महानगरपालिका– ८ गौशाला चोकमा रहेको उक्त भवन र जग्गा धार्मिक पर्यटन तथा साँस्कृतिक महत्वको केन्द्रको रुपमा विकास तथा प्रयोग गर्न आवश्यक भएको […]

राजनीति समाज

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

३० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गरेका छन् । प्रधानमन्त्री विदेशमा रहेका बेला कार्यबाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री खड्काले पाएका छन् । प्रधानमन्त्री प्रचण्डले […]