२ भाद्र २०८३, मंगलवार

तीज कार्यक्रममा झडप हुँदा पाल्पामा एक युवकको मृत्यु

१ असोज, बुटवल । पाल्पामा एक जना युवाको हत्या भएको छ । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो […]

समाज

सवारी दुर्घटनाको निहुँमा ४ जनाको हत्या

३१ भदौ, काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति चार जनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे–९ घर भई काठमाडौं काँडाघारीमा बस्दै आएका २३ वर्षीय भण्डारीले हत्यामा संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ । जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कमा

३१ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे । प्रधानमन्त्रीको स्वागतमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सरकारी अधिकारीहरू उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डले संयुक्त […]

अर्थ

अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई १ लाख जरिवाना

३१ भदौ, ललितपुर । म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो । अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा […]

अर्थ

राजस्व चुहावटबारे अध्ययन गर्न कार्यदल गठन

३१ भदौ, काठमाडौँ। राजस्व चुहावटको समस्याबारे अध्ययन गर्न कार्यदल गठन भएको छ । गत शुक्रबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावटको प्रवृत्ति विश्लेषण तथा नियन्त्रणको ठोस उपायसहितको कार्ययोजना एक हप्ताभित्र पेस गर्न राजस्व सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो । अर्थ मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार राजस्व चुहावट नियन्त्रणमा संलग्न सुरक्षा […]

समाज

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

३१ भदौ, काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो । त्यसको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि वार्ता […]

समाज

घटनापछि भागेर साथीको घरमा पुगेका थिए आरोपी

३१ भदौ, काठमाडौं । तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको थियो । तीनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए । त्यहाँ उनको साथीको घर थियो । राति मूलगेट लगाएको बेला उनी […]

मुख्‍य समाचार समाज

सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान

३१ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार साँझ आयरल्याण्ड प्रस्थान गरेका छन् । आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका हुन् । सभामुखको भ्रमण टोलीमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव […]

मुख्‍य समाचार समाचार समाज

एनसेलले मनायो १८औं वार्षिकोत्सव, हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज अफर

३१ भदौ, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ । सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै […]

राजनीति

अपाङ्गगतासँग सम्बन्धित नीतिगत व्यवस्था कार्यान्वयनको माग गर्दै संकल्प प्रस्तव दर्ता

३१ भदौ, काठमाडौं । अपाङ्गगता भएका व्यक्तिको पक्षमा बनेका सबै संवैधानिक, नीतिगत तथा कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन विभेदकारी व्यवस्थाहरूको संशोधन वा खारेज तथा बन्न बाँकी कानूनी प्रबन्ध गर्न संकल्प प्रस्ताव राष्ट्रिय सभामामा दर्ता भएको छ । प्रस्तावक राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ हुन् । समर्थकमा राष्ट्रिय सभाका सांसद शारदा भट्ट, सिंग बहादुर विश्‍वकर्मा, भगवनी न्‍यौपाने […]

मुख्‍य समाचार

‘शिक्षा विधेयक हुबहु पारित भए शिक्षा क्षेत्रमा संकट ल्याउँछ’

३१ भदौ, काठमाडौं । संसदमा दर्ता भएको शिक्षा विधेयक परिमार्जन नभए शिक्षा क्षेत्रमा संकट ल्याउने सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू काठमाडौंमा गरेको अन्तक्रियामा विधेयक शिक्षा क्षेत्रको हित विपरित रहेको सरोकारवालाले बताएका छन् । पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणी चौधरीले विद्यालय शिक्षा विधेयकलाई संसोधन […]

समाज

आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीच वार्ता जारी

३१ भदौ, काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारसँग वार्ता भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको ५ सदस्यीय वार्ता टोलीले आन्दोलनरत नेपाल चिकित्सक संघका प्रतिनिधिसँग वार्ता गरेको हो । अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित सरकारी वार्ताटोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय […]