१ भाद्र २०८३, सोमबार
बैंक–वित्त

‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा भारत जाँने

५ असोज, काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्मा १३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनका सहभागी हुन भारतको नयाँ दिल्ली जाने भएका छन् । भारतको नयाँ दिल्लीमा ८ देखि १० असोजसम्म हुने सम्मेलनका सहभागी हुन शर्मा ७ असोजमा दिल्ली जाने भएका हुन् । पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो–प्यासिफिक’ भनिएको छ । शर्माको भ्रमणलाई मन्त्रिपरिषद्को […]

मुख्‍य समाचार समाज

प्रधानमन्त्री प्रचण्ड र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेट

५ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसुसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र राष्ट्रसंघ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र टेड्रोसबीच शुक्रबार भेट भएको हो । भ्ेटका क्रममा नेपाल र डब्लूएचओबीच हुँदै आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल हुनुका […]

कर्णाली खेलकुद

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा

५ असोज, बैतडी । तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी-२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो सातादेखि सञ्चालन हुने भएको हो । प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र […]

राजनीति

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

५ असोज, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन् । कार्यवाहक प्रधानमन्त्री खड्काले […]

समाज

बाँकेको बाल सुधार गृहका एक जनाको मृत्यु

५ असोज, दाङ । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेका छन् । बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएकाहरुमध्ये केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले जानकारी […]

राजनीति

शान्ति प्रक्रियाका बाँकी काम टुंगिने चरणमा छन् : प्रधानमन्त्री प्रचण्ड

५ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने चरणमा रहेको बताएका छन् । यो काम नेपाल सरकारको प्रमुख एजेण्डा भएको पनि उनले जानकारी दिए । संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो प्रमुख राजनीतिक एजेण्डा संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु हो । हाम्रो अद्वितीय शान्ति […]

राजनीति

राष्ट्रसंघको ७८औँ महासभालाई प्रधानमन्त्री प्रचण्डले गरे सम्बोधन

५ असोज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे विषय उठान गरेका थिए । त्यस्तै नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायतका विषयमा पनि प्रचण्डले […]

राजनीति

आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता

४ असोज, काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरु छन् । त्यस्तै शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु […]

राजनीति

पुराना लेनदेनका कागजपत्र ११ माघभित्र स्थानीय तहबाट प्रमाणित गर्नुपर्ने

४ असोज, काठमाडौं । लेनदेनसम्बन्धी तमसुक र लिखतहरु ११ भित्र स्थानीय तहबाट प्रमाणीकरण गर्नुपर्ने भएको छ । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरेको थियो । १२ साउन २०८० मा उक्त ऐन संशोधन प्रमाणीकरण भएकाले लेनदेनसम्बन्धी तमसुक र लिखत स्थानीय तहबाट प्रमाणीकरण गर्न ६ महिनाको समय अर्थात् आगामी ११ […]

मुख्‍य समाचार राजनीति समाज

राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला आउँदै रामचन्द्र पौडेल

४ असोज, तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् । व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते राष्ट्रपति पौडेल तनहुँको दमौली आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । उनका अनुसार शनिबार तनहुँको […]

समाज

काठमाडौंमा शिक्षकको आज पनि शक्ति प्रदर्शन, ट्राफिक व्यवस्था अस्तव्यस्त

४ असोज, काठमाडौं । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । ट्राफिक प्रहरीले बानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । पुलहरुमा पनि जाम बढेको छ । नदी किनाराका करिडोरमा समेत सवारी चाप […]

राजनीति

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा

४ असोज, काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो । २३ देखि ३० सेप्टेम्बरसम्म चल्ने भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी […]