१ भाद्र २०८३, सोमबार
मुख्‍य समाचार समाज सूचना प्रविधि

कार्ड नहुँदा रोकियो चालक अनुमतिपत्र छपाइ

२२ असोज, काठमाडौँ । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी […]

राजनीति समाचार समाज

इजरायलबारे छलफल गर्न मन्त्रिपरिषद बैठक आह्वान, सर्वदलीय बैठक पनि बस्दै

२२ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णय गर्न मन्त्रिपरिषदको विशेष बैठक आह्वान गरेका छन् । बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री प्रचण्डले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन् […]

अनौठो संसार अन्तर्राष्ट्रिय

कर्मचारीलाई टोकेपछि अमेरिकी राष्ट्र्रपतिको कुकुरलाई घर निकाला

२२ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले पाल्दै आएको चर्चित कुकुर घर निकाला भएको छ । राष्ट्रपति निवास ह्वाइट हाउसमा धेरै जनालाई टोकेपछि कमान्डर नामक उक्त कुकुरलाई घर निकाला गरिएको हो । जो बाइडेन पत्नी तथा प्रथम महिला जिल बाइडेनका प्रवक्ताका अनुसार दुई वर्षे उक्त जर्मन शेर्फड कुकुरलाई अब के गर्ने भन्ने चाहिं […]

समाचार समाज

इजरायलमा समस्यामा परेका नेपालीबारे निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक जारी

२२ असोज, काठमाडौं । इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक बसिरहेको छ । इजरायलको वस्तुस्थितिको समग्र मूल्यांकन गरी नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उद्धारसमेत गर्ने निर्णय लिने मन्त्री साउदको सचिवालयले जनाएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको सरोकारवाला […]

मुख्‍य समाचार समाज

चाडपर्वमा प्रहरीको सुरक्षा योजना : पैदल गस्तीदेखि ड्रोनबाट निगरानीसम्म

२१ असोज, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरेर उपत्यकामा ७ हजार ६ सयभन्दा बढी प्रहरी परिचालन गर्ने भएको छ । दशैं, तिहार, नेपाल सम्वत र छठ पर्वका लागि काठमाडौं, ललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट संयुक्त रुपमा सुरक्षा योजना तयार पारिएको हो । प्रविधिसमेतको उच्चतम […]

अन्तर्राष्ट्रिय समाज

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

२१ असोज, काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएअनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द […]

साहित्य/ समाचार

बुद्धिसागरको नयाँ किताब ‘उसले दिएको उमेर’

२१ असोज, काठमाडौं । कर्नाली ब्लुज, फिरफिरे, एक्लो उपन्यास लेखेर चर्चा कमाएका लेखक बुद्धिसागर संस्मरण कृति ‘उसले दिएको उमेर’ लिएर फेरि पाठकमाझ सार्वजनिक भएका छन् । उनले यसलाई स्मृति नाम दिएका छन् । बुद्धिसागरले पुस्तक सार्वजनिक गर्दै भनेका छन्, ‘उपन्यास र केही ठूला प्रोजेक्टमा हात हाल्ने क्रममा यो स्मृति किताबलाई अन्तिम रुप दिएको हुँ । […]

अर्थ

दशैको लागि नयाँ नोट सटही असोज २९ गतेदेखि

२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र […]

जीवनशैली प्रदेस समाचार बागमती मुख्‍य समाचार

टुंगियो इन्जिनियरिङको शुल्क विवाद, स्नातक तह पढ्न चार लाख ९० हजार

२१ असोज, काठमाडौं । लामो विवादपछि इन्जिनियरिङ अध्ययनको शुल्क विवाद टुंगिएको छ । नयाँ सहमति अनुसार इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क पूर्ण शुल्कीयतर्फ धरौटीसहित एक लाख ९० हजार र निःशुल्क तर्फ पनि १० हजार बढाएको छ । यस अनुसार शैक्षिक वर्ष २०८०/०८१ को स्नातक तहको नियमित तर्फ ५६ हजार ७००, पूर्ण शुल्कीय तर्फको (धरौटी […]

खेलकुद प्रदेस समाचार

नेपालीलाई १०० मेगावाटमा खुम्च्याउन खोजिएको भन्दै सरकारको ध्यानाकर्षण

२१ असोज, काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत विद्युत विधेयक २०८० ले नेपाली लगानीकर्तालाई सय मेगावाटमा खुम्च्याउन खोजेको भनी सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली लगानीकर्ताहरुको क्षमता बढेको उल्लेख गर्दै नेकपा एमालेका सांसद रघुजी पन्तले भनेका छन्, ‘४५६ मेगावाटमो तामाकोशी नेपालीले बनाए । अब एक हजार वा सो भन्दा माथि समेत बनाउन सक्छ । सय […]

मुख्‍य समाचार राजनीति

केन्द्रीय समिति विस्तार भएको ३ महिनापछि तरुण दलको सपथ

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलका केन्द्रीय सदस्यले मनोनित भएको तिन महिना पछि सपथ लिएका छन् । असार १३ गते केन्द्रीय समितिलाई विस्तार गरिएको थियो । विस्तारित केन्द्रीय समितिका सदस्यले आइतबार सपथ लिएका हुन् । कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सपथ कार्यक्रममा सभापति शेरबहादुर देउवा भने उपस्थित भएनन् । सभापति देउवा स्वास्थ्य […]

राजनीति

पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाउनु नपर्ने सीआईबीको निष्कर्ष

२१ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ । उनका छोरा राहुल सहित तीन जना विरुद्ध भने मुद्दा चलाउन सिफारिस गरिएको छ । सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र […]