२२ असोज, काठमाडौं । इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएका छन् । हमास समूहले शनिबार गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ । अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् । उनीहरुमध्ये ३२ जनालाई त्यहाँको सेनाले बंकरबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ । तेल अबिबस्थित नेपाली […]
२२ असोज, काठमाडौं । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ । नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि […]
२२ असोज, काठमाडौं । दक्षिण इजरायलको किवुज अलुमिमस्थित प्यालेस्टाइनको हमास समुहको आक्रमणबाट मृत्यु १० जना नेपालीहरुको शव नेपाल ल्याउनका लागि प्रक्रिया अघि बढेको छ । इजरायलको तेल अबिबस्थित रहेको नेपाली राजदूतावासले जनाएअनुसार मृत्यु भएको १० जनाको शव नेपाल फिर्ता ल्याउनका लागि इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको जनाइको छ । दूतावासले […]
२२ असोज, काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली मारिएपछि नेपालमा उत्पन्न हुनसक्ने परिस्थितिप्रति नेपाल प्रहरीले समीक्षा गरेको छ । निर्दोष नेपाली विद्यार्थीको मृत्यु र घाइते भएको घटनापछि नेपालमा आक्रोश बढ्न सक्ने आँकलसहित अप्रिय गतिविधि हुन नदिन प्रहरीले सतर्कता बढाएको छ । विगतमा यस्ता घटनालगत्तै विरोध प्रदर्शन, आन्दोलन भएको समेत स्मरण गर्दै निमित्त […]
२२ असोज, काठमाडौं । इजरायलमा भएको प्यालेस्टाइनी लडाकू समूहको आक्रमण विद्यालय शिक्षा ऐनलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दलको समेत सहभागिता रहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीले इजरायलमा भएको आक्रमणमा परका […]
२२ असोज, काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
२२ असोज, काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ । संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसक्रममा केही घाइते भएका छन् ।
२२ असोज, म्याग्दी । कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो । ‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका […]
२२ असोज, काठमाडौं । परराष्ट्र मन्त्रालयले प्यालेस्टाइन–इजरायल युद्धका क्रममा मारिएका नेपाली नागरिकको शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने र त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । सोमबार भएको उक्त निर्णयअनुसार पर्यटन मन्त्रालय इजरायलमा जहाज पठाउनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । ‘युद्धग्रस्त क्षेत्रमा हामीले चाहेर मात्र जहाज […]
२२ असोज, काठमाडौं । चीनको तिब्बतमा रहेको शिसापाङ हिमालमा गएको हिमा पहिरोमा परेमा एक नेपालीको मृत्यु भएको छ । एक जना हराइरहेका छन् भने तीन जना घाइते भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार २० असोजमा गएको हिम पहिरोमा परेर आरोही गाइड मिङमार शेर्पा, तेन्जेन शेर्पा, अमेरिकी नागरिकद्वय अना गुटु र जिना […]
२२ असोज, गण्डकी । शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थे । ‘यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै !’, पाण्डेले भने, ‘मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।’ शनिबार २ […]