१ भाद्र २०८३, सोमबार
समाचार समाज

खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प

२४ असोज, रामेछाप । खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् । नागरिक उड्ययान प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिबारदेखि बुधबारसम्म करिब दुई सय भन्दाबढी उडान स्थगित भएका छन् । सोलुखुम्बुको […]

समाचार समाज

४ महिनादेखि अवरुद्ध तमानखोला गाउँपालिकाको सडक खुल्यो

२४ असोज, ढोरपाटन । वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । असारदेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडक गाउँपालिकाले खुलाउन थालेको छ । पहिरोले क्षति पुर्‍याएका सडक वर्षा रोकिँदा बित्तिकै खुलाएर गाडी सञ्चालन गरे पनि खोलामा पानीको सतह नघट्दा खुङ्खानी, नर्जाखानी, तमान लाम्मेला लगायतका […]

समाचार समाज

निजी लगानी आउने आशामा बागलुङको ढोरपाटन

२४ असोज, बागलुङ । नेपालको एकमात्र सिकार आरक्षसमेत रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा ठूला पूर्वाधारहरु नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म ढोरपाटनको मुहार फेरिएको छैन । ‘ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीसमेत पटक–पटक आउनुभयो, तर ढोरपाटनका लागि आवश्यक लगानी, नीति तथा कार्यक्रम आएन’, बागलुङको ढोरपाटन नगरपालिकाका नगरउपप्रमुख कल्याण कायतले भने, ‘ढोरपाटन आउने सडक निकै […]

मुख्‍य समाचार राजनीति

अख्तियार पदाधिकारीलाई रवि लामिछानेको प्रश्नै प्रश्न

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास आम मानिसलाई नरहेको बताएका छन् । राज्य व्यवस्था समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न विधेयकमाथि छलफल गर्न बुधबार आयोगका पदाधिकारीहरुलाई बोलाएका थिए । बैठकमा लामिछानेले अख्तियारले दायर गरेको मुद्दाको संख्या निरन्तर घटेको र त्यसमा पनि दोषी […]

समाज

दशैंको अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड

२४ असोज, काठमाडौँ । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, […]

राजनीति

सभापति देउवालाई भेटेर भीम पराजुलीले मागे मुख्यमन्त्री

२४ असोज, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन माग गरेका छन् । बुधबार देउवालाई भेटेर पराजुलीले आफूलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको दुई पटकको नियुक्त सर्वाेच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि मुख्यमन्त्री […]

अर्थ प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

दाङमा किसानले लगाएको धानमा देखापर्‍यो ‘कालो पोके’ रोग

२४ असोज, तुलसीपुर । दाङका किसानले लगाएको धानमा कालो पोके रोग देखा परेको छ । हाइब्रिड ‘युएस ३१२’ जातको धान लगाएका सबै किसानको बालीमा कालो पोके रोग देखा परेको हो । यो रोग लागेपछि धानका बोट कालो पोको हुने र धानको गेडा नष्ट गर्ने गर्दछ । यसले उत्पादन घट्ने भएपछि किसान चिन्तित बनेका छन् । […]

कोशी प्रदेस समाचार समाज

गुमनाम धनकुटाका एतिहासिक सम्पदा

२४ असोज, धनकुटा, । राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो । धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी तथा भरियाको प्रमुख व्यापारिक केन्द्र यही थियो । उक्त समयमा यहाँ निर्मित, पटीपौवा, चौतारा, सडकलगायतका ऐतिहासिक संरचना अहिले संरक्षणविहीन बनेका छन् भने कतिपय नष्ट भएर […]

मुख्‍य समाचार राजनीति

मालपोत, यातायातजस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुन्छ : अख्तियार प्रमुख राई

२४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मालपोत, यातायात जस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुने गरेको बताएका छन् । तर, त्यस्ता लेनदेनलाई सापटी भन्ने गरिदिंदा घुस नै हो भनेर प्रमाणित गर्न कठिन हुने उनको भनाइ छ । आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित प्रमुख आयुक्त राईले भने, ‘मालपोत […]

समाज

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे उड्ने

२४ असोज, काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन […]

मुख्‍य समाचार समाज

इजरायलबाट नेपाली विद्यार्थीको प्रश्न : हामीलाई पनि १० जना साथीजस्तै विलिन भएको हेर्न चाहेको हो ?

विद्यार्थी भन्छन्, ‘कि सरकारले पैसा हाल्न सक्दैन भन्नुपर्‍यो, कि नेपाल लैजानुपर्‍यो !’ दूतावास भन्छ, ‘फर्किन चाहनेको दर्ता प्रक्रिया जारी छ, हवाईजहाज आउनेबित्तिकै फिर्ता पठाइन्छ ।’

अर्थ मुख्‍य समाचार राजनीति

चिनियाँ तस्करका चालकको बयान : भन्सार प्रशासकले यसमा के छ र मरिहत्ते गरेको भनेपछि फर्कियौं

२४ असोज, काठमाडौं । भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक दाओजिन वाङका चालक लोकेन्द्र पौडेलले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल सामान छुटाउन भन्दै प्रमुख भन्सार प्रशासकलाई भेट्न गउको बयान दिएका छन् । वाङले राहुललाई फोन गरेर बोलाएपछि आफूसहित महरा र तिब्बती नागरिक निमा गुरुङ भन्सार प्रमुखको कार्यकक्षमा पुगेको उनले बताएका छन् […]