३१ श्रावण २०८३, आईतवार
समाचार समाज

चिसिँदै काठमाडौं, आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस

२७ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो । आगामी दिनमा न्यूतम तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद सरोज पुडासैनीले आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम […]

राजनीति

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

२६ मंसिर, काठमाडौँ । मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय अनुचित लेनदेन ‘मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग’ ले मंगलबार प्रधानमन्त्री प्रचण्डसमक्ष प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई तत्काल कार्यान्वयनका निम्ति उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे । प्रतिवेदन अध्ययन […]

अर्थ समाचार समाज

मेची बगरमा युवाले फलाए ८६ लाखको आलु

२६ मंसिर, झापा । दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाख रुपैयाँको आलु फलाएका छन् । मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए । फार्मको ११ बिघा जग्गामा पहिलो बालीको […]

मुख्‍य समाचार समाचार समाज

५० टहरा हस्तान्तरण गरेर फर्के अजयबाबु शिवाकोटी

२६ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० अस्थायी आवास हस्तान्तरण गरेर फर्केका छन् । उनले पटक पटक गरी १० दिन बसेर निरन्तर आफूसमेत खटिएर ५० टहरा बनाइ पीडित परिवारलाई हस्तारण गरेर फर्किएका हुन् । पार्टीले खटाएको आठबिसकोटमा पुगेर उनले विभिन्न वडामा ५० टहरा बनाएका […]

समाचार समाज

कोठाको विवाद हुँदा वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान

२६ मंसिर, काठमाडौं । वीरगञ्ज महानगरपालिकामा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच महानगर कार्यालयमै हानाहान भएको छ । प्रमुख प्रशासकीय अधिकृत रहेको कोठा खाली भएपछि महानगरले मेयर सिंहको निर्देशनमा कर्मचारी पञ्जीकरण शाखा सार्न खोज्दा उपमेयर आलमको सचिवालयले रोकेको थियो । ‘लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत बसिरहनु भएको कोठा अहिले खाली भएको छ । […]

बैंक–वित्त

ललितपुरमा युवकलाई गोली हानेको ठाउँमा प्रहरीले भेट्यो खिया लागेको पेस्तोल

२६ मंसिर, काठमाडौं । प्रहरीले मंगलबार गोली हानेर पक्राउ गरेको युवक अविनाश राईको साथबाट ४९० ग्राम आइस ड्रग एमफेटामिन बरामद भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार निकै महँगो र नसालु मानिने एमफेटामिनसहित उदयपुरका राई पक्राउ परेका छन् । ललितपुरको झम्सीखेलमा राई रहेको स्थानमा प्रहरी पुग्ने बित्तिकै उनले प्रहरी टोलीमाथि आक्रमण […]

अर्थ मुख्‍य समाचार

सङ्खुवासभामा ४० किलो अलैंचीको मूल्य ७० हजार

२६ मंसिर, किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो । पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत […]

समाचार समाज

अर्थ मन्त्रालयले फेर्‍यो ६ सहसचिवको जिम्मेवारी

२६ मंसिर, काठमाडौं । अर्थ मन्त्रालयले ६ जना सहसचिवहरुको जिम्मेवारी बदलेको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले पाएका छन् । सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको छ । महालेखा शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयले भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरको नेतृत्व गर्न खटाएको छ । सहसचिव अमृत लम्साल मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको […]

राजनीति

कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा झापामा ढुंगा प्रहार

२६ मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि पहिचान पक्षधरले ढुंगामुढा गरेका छन् । झापाको दमकमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगामुढा गरेका हुन् । पहिचान पक्षधरले प्रहार गरेको ढुंगाले मुख्यमन्त्री सवार प्रदेश १-०४-००१ झ ०००३ नम्बरको गाडीको सीसा फुटेको छ । झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना […]

समाचार समाज

कोप-२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत

२६ मंसिर, काठमाडौं । कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप-२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गरेका छन् । अजरबैजानमा आयोजना गर्ने प्रस्तावलाई उनले स्वीकृति भएको घोषणा गरे । दक्षिण काकेसस राष्ट्रले अन्य पूर्वी युरोपेली देशहरूको समर्थन जितेर अजरबैजानमा गर्ने स्वीकृति पाएको हो । कोप २८ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका […]

समाचार

प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलायो

२६ मंसिर, काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर ललितपुरको झम्सिखेलबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको थियो । त्यसक्रममा अविनाश राई पक्राउ परेको उनले बताए । उनको साथबाट […]

समाचार समाज

धुब्रे हात्तीको घाँटीमा तेस्रो पटक जोडियो रेडियो कलर

२५  मंसिर, चितवन । कुनै समयमा सरकारले मार्ने निर्णय गरेको ध्रुबे हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले दाह्रा काटेर घाँटीमा रेडियो कलर जोडेको छ । चितवनको मध्यवर्ती क्षेत्रमा आतंक मच्चाउँदै आएको ध्रुबे हात्तीलाई निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बेहोस पार्न खोजे पनि हात्ती निकै बाठो भएको कारणले सफल हुन सकेको थिएन । दशैंलगत्तै ध्रुबेलाई डार्ट […]