२७ बैशाख २०८१, बिहीबार
कोशी समाज

उदयपुरमा चौथो माघी (तिला–संक्राईत) महोत्सव आयोजना हुने

२४ पूष, उदयपुर । उदयपुरमा चौथो माघी (तिला–संक्राईत) महोत्सव–२०८० आयोजना हुने भएको छ । संघर्षशिल युवा समुहको आयोजनामा माघ २ गते त्रियुगा न. पा. १३ स्थिति बहेडवामा महोत्सव हुने भएको हो ।

महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम, कलश यात्रा, थारु परिकारको स्टलहरु, उदयपुरका चर्चित थारु गायक–गायिकाहरुको प्रस्तुती तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाईएको छ ।

त्यस्तै महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता पनि राखिएको छ । जसमा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः १० हजार, ५ हजार र पच्चीस सय नगद सहित प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाईएको छ । सान्त्वना पुरस्कार नगद रु. १ हजार राखिएको छ भने प्रतियोगितामा भाग लिनको लागि दर्ता शुल्क ५०५ रुपैया तोकिएको छ ।

मलिथम थारु सेवा समाज र राष्ट्रिय थारु कलाकार मञ्च, उदयपुरको समन्वयमा हुन लागेको सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी डिएन चौधरीले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्