३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार र मिटरब्याज पीडितबीच फेरि जाँचबुझ आयोग बनाउने सहमति

२८ फागुन, काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । तर […]

खेलकुद

चैत ३ गतेदेखि प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने

२८ फागुन, औराहा । जीतपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने भएको छ । उपमहानगरपालिकाको विशेष सहयोगमा अभियान नेपालको आयोजनामा ३ चैतदेखि १० चैत सम्म औराहाको सेज क्रिकेट ग्राउण्डमा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो । आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिताको विजेताले ट्रफीसहित […]

अन्तर्राष्ट्रिय सूचना प्रविधि

विश्वकै पहिलो एआई एयर होस्टेज, कतार एयरवेजले राख्यो कीर्तिमान

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग तमाम क्षेत्रहरुमा तिव्र रुपमा बढिरहेको छ। यसको प्रयोग सिर्जनात्मक क्षेत्रमा पनि तिव्र रुपमा भैरहेको छ । कतार एयरवेजले एउटा यस्तै प्रयोग गरेर कीर्तिमान कायम गरेको छ । कतारको सरकारी वायुसेवा कम्पनी कतार एयरवेजले विश्वकै पहिलो एआई एयरहोस्टेजलाई नियुक्त गरेको छ । एआईमा आधारित उक्त डिजिटल मानव चालकदलको सदस्यको नाम Sama […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सत्ता गठबन्धनको विपक्षमा बस्ने राप्रपाको निर्णय

२८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी अहिलेको सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ । २६ फागुनदेखि ३ दिनसम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अहलेको गठबन्धनको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ। प्रदेश […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गृहसचिवमा एकनारायण अर्याल नियुक्त

२८ फागुन, काठमाडौं । सरकारले गृह सचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए। त्यसअघि उनी श्रम मन्त्रालयमा थिए। यसअघि दिनेश भट्टराई गृहसचिव थिए।

मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्रिपरिषदका ५ समितिमा तोकिए संयोजक

२८ फागुन, काठमाडौं । मन्त्रिपरिषद् बैठकले समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेको छ । राजनीतिक समितिको संयोजन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ तोकिएका छन् । विधेयक समितिको नेतृत्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्नेछन् । […]

मुख्‍य समाचार समाचार समाज

डेढ करोड रुपैयाँसहित नेपालगञ्जबाट ८ जना पक्राउ

२८ फागुन, काठमाडौं । प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको हो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस कोटामा नियुक्त ३ प्रदेश प्रमुख बर्खास्त

२८ फागुन, काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । यसअघि कांग्रेस-माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए । ती प्रदेशमा नयाँ प्रदेश […]

मुख्‍य समाचार समाचार समाज

कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी, पुलमा पनि सल्कियो

२८ फागुन, धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् […]

मुख्‍य समाचार समाचार समाज

दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु

२८ फागुन, दार्चुला । भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए । जिल्ला प्रहरी कार्यालय भवन पछाडिको भिरबाट करिब एकसय मिटर तल खस्दा चौधरीको टाउकोमा गम्भीर चोट लागेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने रास्वपाको निर्णय

२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १५ बैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम–२ मा उम्मेदवारी दिने तर त्यसै दिन उपनिर्वाचन हुने बझाङ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारमा जानुअघि छलफल नगरेकामा रास्वपाभित्र असन्तुष्टि

२८ फागुन, काठमाडौं । सरकारमा जाने विषयमा पार्टीभित्र छलफल नगरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि देखिएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुनुअघि पार्टीमा छलफल नभएको भन्दै केही गुनासा आएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार पार्टीमा औपचारिक छलफल नगरी सरकारमा गएकामा केही केन्द्रीय सदस्यले चासो व्यक्त गरेका थिए । ‘शत […]