६ जेष्ठ २०८१, आईतवार
अन्तराष्ट्रिय सूचना प्रविधि

विश्वकै पहिलो एआई एयर होस्टेज, कतार एयरवेजले राख्यो कीर्तिमान

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग तमाम क्षेत्रहरुमा तिव्र रुपमा बढिरहेको छ। यसको प्रयोग सिर्जनात्मक क्षेत्रमा पनि तिव्र रुपमा भैरहेको छ । कतार एयरवेजले एउटा यस्तै प्रयोग गरेर कीर्तिमान कायम गरेको छ ।

कतारको सरकारी वायुसेवा कम्पनी कतार एयरवेजले विश्वकै पहिलो एआई एयरहोस्टेजलाई नियुक्त गरेको छ । एआईमा आधारित उक्त डिजिटल मानव चालकदलको सदस्यको नाम Sama 2.0 हो । यो दोश्रो पुस्ताको भर्चुअल क्याबिन क्रू हो ।

केही समय पहिले वेब समिट कतार नामक एक शिखर सम्मेलनमा कतार एयरवेजले आर्टिफिसियल इन्टेलिजेन्स एयर होस्टेजको नमूना सार्वजनिक गरेको थियो । अन्ततः बर्लिनमा जारी अन्तराष्ट्रिय पर्यटन मेला (आइटिबी बर्लिन २०२४) का क्रममा कम्पनीले उक्त एआई एयर होस्टेज सार्वजनिक गरेको हो ।

अरबी भाषामा सामाको अर्थ आकाश भन्ने हुन्छ । बर्लिन पर्यटन मेलामा रहेको कतार एयरवेजको स्टलमा यो एआई एयरहोस्टेज नै मूख्य आकर्षणको केन्द्रको रुपमा रहेको छ।

कतार एयरवेजको उक्त एआई एयरहोस्टेजले वास्तवमा मानव एयरहोस्टेजलाई प्रतिस्थापन गर्ने होइन । बल्कि यसलाई अतिरिक्त सेवाको रुपमा जहाजमा राखिनेछ। हुनत जहाजका यात्रुको अनुभवलाई उत्कृष्ट बनाउनका लागि कतार एयरवेजले पहिलेदेखि नै विभिन्न एआई प्रविधिको प्रयोग गरिरहेको छ ।

एआई एयर होस्टेजलाई विशेष तालीम

एआई एयरहोस्टेज सामा २.० कतारको राजधानी दोहामै निर्माण गरिएको हो । यसलाई कतार एयरवेजको एयर होस्टेजको रुपमा विशेष तालीम दिइएको छ । सामा एआईले यात्रुतथा मिडियासँग अन्तरक्रियाका क्रममा पनि लगातार नयाँ कुरा सिकिरहेको हुन्छ र आफ्नो कुराकानीलाई अझै समृद्ध बनाउन सक्दछ । कम्पनीले यो परियोजनामा लगातार काम गरिरहेको छ।

सामा २.० को अपडेटेड भर्सनले रियल टाइम जवाफ दिन सक्दछ । यदि कतार एयरवेजका विषयमा सम्बन्धित प्रश्नहरु ग्रियो भने यसले रियल टाइममै त्यसको जवाफ दिनेछ। इसका अलावा गन्तव्य, सहयोग टिप्स तथा अनय खालका जानकारीहरु पनि सो एआई एयरहोस्टेजले दिन सक्नेछ ।

QVerse माध्यमबाट यसमा पहुँच स्थापित गर्न सकिन्छ । क्यूभर्स कतार एयरवेजको डिजिटल प्लाटफर्म तथा आधिकारिक एप हो ।

सामाको विकास गर्नका लागि कतार एयरवेज तथा UneeQ कम्पनीले साझेदारी गरेका छन् । सामा एआईको माध्यमबाट ग्राहकहरुको उत्कृष्ट अनुभव तथा सेवा प्रदान गर्ने उद्धेश्य कतार एयरवेजको छ । कोरोना महामारी पश्चात् कतार एयरवेजमा यात्रुहरुको संख्यामा उल्लेख्य मात्रामा बढोत्तरी भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्