२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाज

काठमाडौंको चुच्चेपार्टीमा तिलगङ्गा सिटी आई सेन्टर सुरू

९ भदौ, काठमाडौँ। तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौँको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’को सुरूवात गरेको छ । सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगङ्गा आँखा अस्पतालका चिकित्सकहरुको समूहबाट उपचार गराउने उद्देश्यले सिटी आई सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरको तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइत र प्रमुख कार्यकारी […]

राजनीति

विषयगत समितिका सभापतिमा भोलि उम्मेदवारी प्रस्ताव दर्ता, पर्सी चुनाव

९ भदौ, काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू पर्सि सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् । ‘प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, […]

मनोरन्जन मुख्‍य समाचार

कलाकार सानु ताम्राकारको निधन

९ भदौ, काठमाडौँ। कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३:२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनले भने, ‘विगत २४ दिनदेखि उपचाररत रहनुभएका उहाँ हामीमाझ रहनुभएन । उहाँलाई आइतबार बिहान पशुपतिस्थित आर्यघाटमा […]

समाज

पिकनिक गएका २ जना त्रिशूलीमा बेपत्ता

९ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकै वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् । वेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोक बस्ने ३० बर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० बर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दिउँसो साढे ४ बजेतिर नदीमा वेपता भएका दुबै जनाको खोजीका लागि […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीले नै जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेका छन् : शेखर कोइराला

९ भदौ, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा उनले धार्मिक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्रीले नै द्वन्द्व निम्त्याउने खालको अभिव्यक्ति दिएको आरोप लगाएका हुन् । ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्रीले गरिसक्नुभएको […]

मुख्‍य समाचार समाज

कुपण्डोलको बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा

९ भदौ, काठमाडौँ। बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ । नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो । नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

बिक्री नहुने डरले काँचै स्याउ बेच्न बाध्य छन् डोल्पाका कृषक

९ भदौ, जाजरकोट । उत्कृष्ट स्याउ पाइने डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको विभिन्न ठाउँमा स्याउ खरिद गर्नका लागि व्यापारी बोटमै पुगेका छन् । गाउँगाउँमा रहेका खेतबारीमा लटरम्म स्याउ फलेका स्याउले ठूलीभेरी, त्रिपुरासुन्दरीका गाउँबस्ती रङ्गिएका हुन् । त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुँ, जिउँ, वडा नम्बर ४ को रङ्गमा कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन् । त्यस्तै […]

मुख्‍य समाचार समाज

बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

९ भदौ, सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका-४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिए । अन्य भवन पनि जोखिममा रहेका छन् । त्यस्तै ग्याल्थुम बजार पनि जोखिममा परेको छ । शुक्रबार बिहान सोही […]

मुख्‍य समाचार समाज

कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

९ भदौ, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बङ्गलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल […]

मुख्‍य समाचार

मोरङको बेतनामा भेटियो अति संकटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

९ भदौ, मोरङ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा भेटिएको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् । ‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको […]

समाज

६० किलो सुनको अनुसन्धानमा प्रहरीले माग्यो इन्टरपोलको सहयोग

८ भदौ, काठमाडौं । ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग मागेको छ । सीआईबीले इन्टरपोल बेइजिङमार्फत हङकङ सब-ब्यूरो र भारतको नेश्नल सेन्ट्रल ब्यूरो (दिल्ली) लाई सहयोग माग्दै पत्राचार गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ३ साउनमा बरामद सुन हङकङबाट आएको […]

समाज

मुग्लिङ नजिकै नाग्दी खोलामा पहिरो खस्यो, सडक अवरूद्ध

८ भदौ, काठमाडौं । मुग्लिङ नजिकै नाग्दी खोलामा पहिरो खस्दा मुग्लिङ-काठमाडौं सडक अवरूद्ध भएको छ । शुक्रबार साँझ सडकखण्ड अन्तर्गत ७ बजे इच्छाकामना गाउँपालिका-४ स्थित मुग्लिङ नजिकै नाग्दी खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए । डीएसपी पण्डितका अनुसार पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन […]