९ बैशाख २०८१, आईतवार
समाज

पिकनिक गएका २ जना त्रिशूलीमा बेपत्ता

९ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकै वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोक बस्ने ३० बर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० बर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

दिउँसो साढे ४ बजेतिर नदीमा वेपता भएका दुबै जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

Visited 1 times, 1 visit(s) today

प्रतिक्रिया दिनुहोस्