१६ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ। कर्णाली […]

मधेश मुख्‍य समाचार समाचार

रौतहटमा तीन दिन ‘माघी महोत्सव’ हुने

रौतहट । आगामी माघे संक्रान्ति (माघी) पर्वको अवसरमा रौतहटको गुजरा नगरपालिका वडा नं. ९, दयालपुरमा भव्य ‘माघी महोत्सव २०८२’ आयोजना हुने भएको छ । थारु कल्याणकारी सभा लगायत विभिन्न थारु संघ–संगठनहरूको संयुक्त आयोजनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि माघीलाई विशेष उत्सवका रूपमा मनाउन लागिएको हो । गुजरा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष प्रेम […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाइ ज्ञापन गर्दै सफलताको कामना गरे । प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ […]

बागमती मुख्‍य समाचार समाचार

वर्तमान व्यवस्थाको विकल्पमा ‘रामराज्य’ भएको परिषद्को दाबी

काठमाडौं । रामराज्य परिषद्ले नेपालको संविधान २०७२ले देशलाई स्थायीत्व दिन नसकेको दबी गर्दै त्यसको विकल्पमा नयाँ संविधानको खाँचो रहेको दाबी गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै यही संविधान अन्तरगत हुने निर्वाचनले राजनीतिक निकास नदिने ठहर गर्दै चुनाव वहिस्कार गर्ने घोषणासमेत गरेको छ । परिषद्का धर्माध्यक्ष जगत बहादुर थापाले नेपालको संविधान २०७२ विदेशीको योजनामा आएको […]

बागमती मुख्‍य समाचार समाचार

लायन्स क्लब अफ काठमाडौँ आभूषणद्वारा मानवसेवा आश्रम चितवन शाखामा खाद्यान्न तथा न्यानो कपडा सहयोग

चितवन। लायन्स क्लब अफ काठमाडौँ आभूषणले मानवसेवा आश्रमका आश्रिहरूको सेवाका लागि खाद्यान्न सामग्रीसँगै न्यानो कपडा वितरण गरेकाे छ । आइतबार मानवसेवा आश्रम चितवन शाखाको संरक्षणमा रहेका ९९ जना आश्रितहरूको सेवा सहजीकरणका लागि उक्त खाद्यान्न वितरण गरिएको हो। यस सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक भोजन तथा जाडो मौसममा आवश्यक न्यानो कपडाको व्यवस्थापनमा टेवा पुगेको श्रमले जनाएको छ। […]

बागमती मुख्‍य समाचार विशेष समाचार

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत

काठमाडौं । सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनको अनुसार बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२÷८३ देखि २०८६÷८७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । उनले भने,‘मानव बेचबिखन विरुद्धको राष्ट्रिय […]

बागमती मुख्‍य समाचार समाचार

नेप्से सामान्य अंकले घटेर २६३५ विन्दुमा बन्द, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार बढेर बन्द भएको नेप्से, यस दिन भने ५.५४ अंकले घट्दै २६३५.०० विन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स […]

बागमती मुख्‍य समाचार समाचार

थारु राष्ट्रिय माघी महोत्सव २०८२ पुस ३० र माघ १ गते टुँडिखेलमा

काठमाडौं । थारु कला, संस्कृति र पहिचानको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यसहित थारु राष्ट्रिय माघी महोत्सव–२०८२ आगामी पुस ३० र माघ १ गते (बुधबार र बिहीबार) काठमाडौंको टुँडिखेलमा आयोजना हुने भएको छ । ‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र संवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारा सहित थारु कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजनमा ३० […]

बागमती मुख्‍य समाचार समाचार

२८ औँ भूकम्प सुरक्षा दिवस माघ २ गते देशभर मनाइँदै

काठमाडौं । नेपालमा प्रत्येक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस यस वर्ष पनि २८ औँ पटक देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइने भएको छ । वि.सं. १९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको स्मृतिमा नेपाल सरकार, गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यस वर्षको भूकम्प सुरक्षा दिवस […]

बागमती मुख्‍य समाचार समाचार समाज

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ, २८ पुसः यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत् सेवा अवरुद्ध भएको छ । मुस्ताङको घरपझोङ३ स्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हावाका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जनाएको हो । थासाङ गाउँपालिका४ मिसीस्थित केन्द्रिय विद्युत् प्रसारण लाइनको खम्बामा हावाहुरीले क्षति पुर्‍याएपछि नियमित प्रसारण भइरहेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छ : प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुण २१ गतेको निर्वाचनको सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सुरक्षा निकायहरुसँग आयोगले धेरै छलफल गरेको भन्दै शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत रहेको बताए । उनले भने,‘पहिला पनि निर्वाचनको अघिल्लो दिनसम्म […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुने राष्ट्र बैंकले जनाएको छ […]