१६ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज

केराउ, सुपारी र मरिच आयात गर्न अनुमति

काठमाडौं । सरकारले औद्योगिक कच्चा पदार्थको रूपमा मात्र केराउ, सुपारी तथा सेतो÷कालो मरिच आयात गर्न अनुमति दिएको छ । सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि औद्योगिक प्रयोजनमा प्रयोग हुने गरी यी वस्तुहरूको पैठारी खुला गर्ने निर्णय गरेको हो । अन्य कुनै पनि प्रयोजनका लागि भने केराउ, सुपारी तथा सेतो÷कालो मरिचको आयात पूर्ण रूपमा बन्द रहनेछ […]

बागमती मुख्‍य समाचार समाचार

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो । सोमबार छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

डिएलए अध्यक्ष केसीको संयोजकत्वमा निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए)का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ । पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका छुट्टाछुट्टै दुई प्रस्तावमाथि छलफल चलिरहँदा डिएलएका अध्यक्ष केसीको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने कुनै पनि देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । ट्रम्को यस्तो घोषणापछि विश्व व्यापारमा अनिश्चितता बढ्ने देखिएको छ । ट्रम्पको यस निर्णयको अप्रत्यक्ष तर स्पष्ट असर भारत लगायतका मुलुकको कृषि निर्यात क्षेत्र, विशेषगरी बास्मती चामल निर्यातमा पर्न सक्ने सरोकारवालाहरूले बताएका छन् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको समय परिवर्तन गरिएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन गरि दिउँसो १ बजेको लागि सारिएको हो । पार्टीका मुख्य सचिव पौडेलले बैठकको समय परिवर्तनबारे औपचारिक जानकारी दिएका हुन् । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि दुई समूहबीच वार्ता हुने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधानका लागि विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच वार्ता समिति गठन गरिएको छ । विशेष महाधिवेशनलाई लिएर दुवै पक्षका प्रतिनिधिहरूबीच छलफल गर्न वार्ता समिति गठन गरिएको हो । पार्टीभित्र देखिएको आन्तरिक विवादलाई सहमतिमार्फत टुंग्याउने उद्देश्यसहित विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको पक्ष […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज हुने भएको छ । पार्टी निर्णय अनुसार कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार दिउँसो १ः३० बजे सपथ ग्रहण सुरु हुनेछ । पार्टीले केन्द्रीय सदस्यहरूको औपचारिक सपथ ग्रहणमार्फत संगठनात्मक जिम्मेवारीलाई थप सुदृढ गर्ने उद्देश्य राखेको जनाएको छ । उक्त कार्यक्रममा पार्टीका शीर्ष नेतृत्व तथा पदाधिकारीहरूको उपस्थिति […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । दोस्रो विशेष महाधिवेशनको बीचमै नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्दैछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा दोस्रो […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले बन्दसूची पुनर्संरचना थालेका छन् । यसैक्रममा विभिन्न दलका ८५ उम्मेदवारले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ताको समय तोकेको थियो । आयोगका अनुसार उम्मेदवार स्वयं उपस्थित भएर वा अनुपस्थित अवस्थामा वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ढोका छेँ पुननिर्माण सुरु

काठमाडौं । काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति क्षेत्र) मा १५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको पुनःनिर्माण सुरु भएको छ । सोमबार वडा ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जगपूजा गर्दै पुनःनिर्माणको कार्य प्रारम्भ गरेका हुन् । नेपाल संवत् ९९५ मा निर्माण भएको यो फल्चा (पाटी) […]

बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार

आज राष्ट्रिय भाक्का दिवस मनाइँदै, राजवंशी समुदायको परिकार भाक्का सबै जातजातिमा लोकप्रिय

काठमाडौं । राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन्। यो वर्ष पनि विभिन्न स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाइँदै छ। पहिले कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने परम्परा पछिल्लो समय अन्य जातजातिमा समेत लोकप्रिय बन्दै गएको छ। विभिन्न समुदायले […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ […]