१६ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सुर्य थापाको टिप्पणी : एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन

काठमाडौं । नेकपा (एमाले)का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई बाहिर राखेर विशेष महाधिवेशन आयोजना गरी एमालेलाई गाली गरेकोप्रति कटाक्ष गरेका छन् । कांग्रेस नेताहरूको उक्त गतिविधिलाई सङ्केत गर्दै थापाले एमालेको चरित्र त्यस प्रकारको नभएको स्पष्ट पारे । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता थापाले ‘नेकपा (एमाले) वृद्ध बुबालाई अपमानपूर्वक वृद्धाश्रममा धपाएर घर–सम्पत्ति […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरेका छन् । जारी महाधिवेशनमा विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्दै राजनीतिक प्रस्ताव पेस गरेका हुन् । केन्द्रीय समितिबाटै बोलाउँदा उपयुक्त हुन्छ भनेर अन्तिमसम्म प्रयास गर्दा पनि नसकेको कारणले बाध्यकारी भएर आफूहरूले बोलाएको उल्लेख छ । यस्तो छ समसामयिक राजनीतिक प्रस्ताव र विशेष […]

बागमती मुख्‍य समाचार समाचार

आइतबार ६ जना सडकआश्रितको उद्धार, १ जनाको पारिवारिक पुनर्मिलन

काठमाडौँ। मानवसेवा आश्रमद्वारा सञ्चालित विभिन्न शाखाहरूबाट आइतबार ५ पुरुष र १ महिला गरी ६ जना सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार गरिएको छ भने १ जना आश्रितको सुखद् पारिवारिक पुनर्मिलन समेत सम्पन्न गरिएको छ। साेहीदिन आश्रममा आश्रितहरूको सेवा सहजीकरणका लागि मनकारी दाताहरूले विभिन्न अवसरमा सहयोग प्रदान गर्नुभएको छ। उक्त सहयोगबाट ११ लाख ४७ हजार ७ सय २१ रुपैयाँ बराबरको […]

मधेश मुख्‍य समाचार समाचार

मानसिक रूपमा कमजोर महिलालाई वीरगञ्ज शाखाद्वारा उद्धार

वीरगञ्ज। मानसिक रूपमा कमजोर अवस्थामा रहेकी एकजना महिलालाई मानवसेवा आश्रम वीरगञ्ज शाखाको उद्धार टोलीले नेपाल प्रहरीको समन्वयमा उद्धार गरेको छ। वीरगञ्ज महानगरपालिका–९, घण्टाघर क्षेत्रबाट ४५ वर्षीया बिटु कुमारी मिश्रलाई उद्धार गरिएको हो। सडकमा अलपत्र अवस्थामा फेला परेकी उनलाई उद्धार पश्चात आश्रममा ल्याई प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको हाे भने आवश्यक औषधोपचार सुरु गरिएको मानवसेवा आश्रमले जनाएको छ। हालसम्म उनको पारिवारिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कांग्रेस प्रतिनिधिहरु भन्छन् : विशेष महाधिवेशनमा सभापति देउवा आइदिए हुन्थ्यो

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ । आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र आयोजना गरिएको हो । विशेष महाधिवेशनका लागि काठमाडौं आएका जनप्रतिनिधि दीपक पौडेलले यो महाधिवेशन कांग्रेसका लागि ऐतिहासिक अवसर भएको बताए । उनले नियमित महाधिवेशन भइरहने भए पनि विशेष महाधिवेशन विरलै हुने उल्लेख गर्दै भने, ‘कांग्रेसको विशेष […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले समयमै महाधिवेशन हुनुपर्छ भन्ने माघ डा.शेखर कोइराला समूहले उठाउँदै आएको बताएका छन्। उनले केही साथीहरुले आफूहरुको एजेन्डा हाइज्याक गरेको पनि बताए । सोमबार काठमाडौँमा डा.शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक […]

बागमती मुख्‍य समाचार समाचार

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन । छलफलमा डा.कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए । कोइरालाले आफु बिष पिएरै भएपनि पार्टीभित्रको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसको दोस्रो विशेष महाधिवेशन : विश्वप्रकाश शर्माले पेस गरे प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । आइतबार भृकुटीमण्डपमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सोमबार सुरु हुन लागेको हो । बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । महामन्त्री शर्माले पछिल्ला ३४ वर्षमा ३० पटक सरकार परिवर्तन हुनु राजनीतिक अस्थिरता र नेतृत्वको असफलताको द्योतक भएको टिप्पणी गरेका छन् । […]

बागमती मुख्‍य समाचार स्वास्थ्य

टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

काठमाडौं । मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ । शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिने जानकारी दिएको हो । अस्पतालले मासिक करिब पाँच करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

२९ पुसको उपत्यका बन्द सफल पार्न संयुक्त विद्यार्थी संगठनहरूको अपिल

काठमाडौं । संयुक्त विद्यार्थी संगठन र ६ कम्युनिस्ट पार्टीहरूले २९ पुषमा आह्वान गरिएको उपत्यका बन्द सफल पार्न अपिल गरेका छन् । उनीहरूले वर्तमान दलाल पूँजीवादी संसदीय व्यवस्था राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका सवालमा असफल भइसकेको दाबी गर्दै निर्वाचन बहिष्कारको निर्णयप्रति ऐक्यबद्धता जनाएका हुन् । आज जारी संयुक्त प्रेस वक्तव्यमा जनाइएको छ कि पछिल्लो समय देखिएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो

काठमाडौं । दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवंगत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । गोर्खा शहीद सेवा समितिका राष्ट्रिय अध्यक्ष एन्ड्र्यु गुरुङका अनुसार तामाङको पार्थिव शरीर विमानस्थलबाट दार्जिलिङ लगिनेछ । […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन, २८ पुसः नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १०औँ केन्द्रीय परिषद् तथा ११औँ केन्द्रीय महाधिवेशनले सुदन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । चितवनको सौराहामा हालै सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गङ्गाधर भट्टराई, उपाध्यक्षहरूमा खुलातर्फ रजनिस फुलारा, महिलातर्फ लसता श्रेष्ठ र मधेसीतर्फ अमित भगतलाई चयन गरेको हो । महासचिवमा सञ्जिवकुमार भडेल, […]