७ माघ २०८२, बुधबार
समाज

गैरआवासीय नेपाली नागरिकताका लागि समय लाग्ने

८ असार, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने फैसला गरेसँगै जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने बाटो खुलेको छ । उनीहरुले नागरिकता प्राप्तिका लागि दिएको निवेदन शुक्रबार विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले दर्ता गरेका छन् । झापामा मात्रै ३०० वटा निवेदन दर्ता भएका छन् । नेपाल […]

समाचार समाज

‘अब न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्छ’

८ असार, काठमाडौं। न्यायपरिषदले तीनवटै अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ । लामो समय कामू रहेका हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त भएपछि प्रक्रिया अघि बढाउन खोजेका हुन्। नियुक्तिबारे छलफल गर्न केही दिनमै परिषदको बैठक बोलाउने तयारी छ। प्रधानन्यायाधीश कार्कीले शुरुमा उच्च अदालतको न्यायाधीशबाट नियुक्तिको प्रक्रिया थालिने बताए। ‘यसअघि नै उच्च अदालतमा रिक्त २७ […]

चर्चित भ्रष्टाचार काण्डको छानबिन गरिहालौं : अर्जुन नरसिंह केसी

८ असार, काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन शक्तिसम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले पछिल्लो समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘ देशमा चर्चित भएका ८/१० वटा भ्रष्टाचार काण्डहरु जुन काण्डमा प्रतिपक्ष हुँदा देशभरी […]

सीमाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्छ : रघुविर महासेठ

८ असार,  काठमाडौं। नेकपा एमालेका सांसद रघुविर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन् ।   शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । उनले भने, ‘सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन। पहिला, पहिला पनि सेनाको कर्णेलको […]

सूचना प्रविधि

डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

८ असार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले डिजिटल क्षमता विकास गर्न आवश्यक पूर्वाधारमा जोड दिनु पर्ने बताएका छन्। ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’को उद्टन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उनले यस्तो बताएका हुन्। उनले भने, ‘सरकारले डिजिटल नेपालका लागि आवश्यक पूर्वाधारमा जोड दिएको छ । डिजिटल डिभाइस कम गर्न र डिजिटल अर्थतन्त्रमा जोड दिने […]

सूचना प्रविधि

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

८ असार, काठमाडौं । ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा भएको छ। आइसिटी फाउण्डेसन नेपालको आयोजनामा आज विहान ९ बजेबाट सुरू हुने कन्क्लेभको तयारी पूरा भएको आइसिटी फाउण्डेसन नेपालका अध्‍यक्ष राजन लम्सालले जानकारी दिए। उनका अनुसार कन्क्लेभसँगै ह्वावेले मोवाइल नेपाल कंग्रेश(एमएनसी)को पनि आयोजना गर्नेछ। कार्यक्रमको उद्‌घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् भने […]

सूचना प्रविधि

माइतीघरमा नागरिकता विहीनहरुले मनाए उत्सव

७ असार,  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएपछि नागरिकताविहीनहरुले खुशियाली मनाएका छन् । सर्वोच्च अदालतले बिहीबार उक्त विधेयक कार्यान्वयनका लागि बाटो खुला गरिदिएपछि नागरिकता पीडित संघर्ष समितिले खुशियाली मनाएको हो । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकमा जन्मका आधारमा नागरिकता लिएका नेपालीको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । तर उक्त विधेयक […]

बैंक–वित्त

नागरिकता विधेयक कार्यान्वयन गर्ने बाटो खुल्‍यो, अन्तरिम आदेश खारेज

७ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन २१ जेठमा डा. […]

अर्थ

इमेज सहकारीविरुद्ध कास्की र बागलुङमा साढे १५ सय बचतकर्ताको जाहेरी

७ असार, पोखरा । आफ्नो रकम हिनामिना पारेको भन्दै इमेज सहकारी संस्था र यसका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध बागलुङ र कास्कीका साढे १६ सय जनाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका देवकुमारले बचतकर्ताको अर्बौं रुपैयाँ रकम हिनामिना पारेर भागेको आरोप छ। देवकुमारसहित सञ्चालक समितिका सदस्य फरार भएपछि जिल्ला प्रहरी कार्यालय […]

समाज

कोशीका बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

७ असार, विराटनगर । कोशी प्रदेश सरकारले बाढी र पहिराे पीडितलाई वितरण गर्न सम्बन्धित जिल्लामा राहत सामाग्री पठाएको छ । ताप्लेजुङ, पाँचथर र सखुवासभाका बाढी पीडितलाई वितरण गर्नका लागि प्रदेश सरकारले राहत सामाग्री सम्बन्धित जिल्लामा पठाएको हो । बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तलाई प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत उपलब्ध […]

अर्थ

तरकारी र फलफूलमा ‘भ्याट’ नलगाउन व्यावसायीको माग

७ असार, काठमाडौं। उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रशित भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् । ती संस्थाले उपभोक्तालाई आर्थिक भारपर्ने नीतिको विरोध गर्दै हाल आलुप्याजलगायतका सामानको आयातामा भन्सार बिन्दुमै नौ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर एक दशमलव पाँच र १३ प्रतिशत भ्याट […]

समाज

एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो : रवि लामिछाने

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले नेपाली समाज परिवर्तनका लागि तयार भएको आफूहरुले पाएको बताए । पार्टी सुरुवात गर्दा नागरिकले आफूहरुलाई विश्वास गरेको तर उक्त विश्वास मतपत्रमा देखिन्छ वा […]