२९ श्रावण २०८३, शुक्रबार
अर्थ मुख्‍य समाचार समाचार समाज

नेपालगञ्जको वाटरपार्कमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

१३ चैत, बाँके । नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् । वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद […]

मुख्‍य समाचार राजनीति

स्थगित संवाद यात्रा गगन थापाले चैत १५ बाट पुनः सुरु गर्ने

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार (१५ चैत) बाट सुरु गर्न लागिएको हो । १३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । १३ माघ देखि […]

अर्थ मुख्‍य समाचार

कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

१३ चैत, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले […]

मुख्‍य समाचार समाचार समाज

ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर जनकपुरमा एक महिलाको मृत्यु

१३ चैत, जनकपुरधाम । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । उनलाई आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेको थियो । उपचारको लागि न्यूरो हस्पिटलमा पुर्‍याइए पनि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपाका यी चार केन्द्रीय सदस्‍यले गर्नेछन् पार्टीले सम्हालेका मन्त्रालयको संयोजन

१३ चैत, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले नेतृत्व गरेको मन्त्रालयको कामको संयोजन गर्ने गरी केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेको छ। उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल, सांसद शिशिर खनाल र मन्त्रीहरूसहित मंगलबार बिहान बसेको बैठकले जिम्मेवारी तोकेको हो। केन्द्रीय सदस्य गणेश कार्कीलाई शिक्षा, विज्ञान तथा प्रविधि, सांसद असिम साहलाई युवा तथा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

चोभार सुक्खा बन्दरगाहमा व्यावासायिक गतिविधि बढ्यो

१३ चैत, कीर्तिपुर । राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् । व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया अघि बढाउँन बन्दरगाह आइरहन्छन् । सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास […]

मुख्‍य समाचार समाचार समाज

सुन आयोगले कारबाही सिफारिस गरेपछि सीआईबी टोली अदालत जाने तयारीमा

१३ चैत, काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले कारबाहीको सिफारिस गरेपछि अनुसन्धान अधिकारीहरू अदालत जाने तयारी गरिरहेका छन् । आयोगलाई अनुसन्धान अधिकारीमाथि कारबाहीका लागि सिफारिस गर्न सक्नेसम्मको कार्यादेश नभएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का चार अनुसन्धान अधिकारी अदालत जान लागेका हुन् । आयोगलाई दिइएको कार्यादेशमा सुन तस्करी प्रकरणमा […]

मुख्‍य समाचार समाचार समाज

कोशी र मधेशका केही स्थानमा भारी वर्षा, काठमाडौंमा आज पनि पानी पर्ने

१३ चैत, काठमाडौं । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आइरहेको र स्थानीय वायुको प्रभावले केही दिनयता दिनहुँ पानी परिरहेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविद राजु प्रधानाङ्गले जानकारी […]

मुख्‍य समाचार समाचार समाज

प्रहरीले रोक्दारोक्दै कर्णाली पुलबाट १७ जनाले हामफाले, १ जना अझै भेटिएनन्

१३ चैत, धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन् । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले शाहीको खोजी भइरहेको बताए । उनका अनुसार सोमबार दिउँसो […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिन चैते धानले हराभरा

१३ चैत, चितवन । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान रोप्न थालेको बताउँछन् । उनले भने, “पहिले यहाँ तीन बिघा जमिन हुने, एक कठ्ठा घोल खेत हुनेभन्दा […]

मुख्‍य समाचार समाचार समाज

४ असइसहित २३ प्रहरी सम्पर्कविहीन

१३ चैत, काठमाडौं । नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै

१३ चैत, काठमाडौं । नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो […]