२ चैत्र २०८२, सोमबार
समाज

मोरङमा प्रहरीकै हतियार लुटेपछि समातियो लुटपाट संलग्न गिरोह 

२४ भदौ, विराटनगर । प्रहरीकै हतियार लुटपाट गर्ने ६ जना मोरङमा पक्राउ परेका छन् । मोरङ र सुनसरीको विभिन्न ठाउँमा हतियार देखाएर लुटपाट गर्ने गिरोहले २२ भदौमा प्रहरीकै हतियार लुटेपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहबी-१ का ३० वर्षीय मोहम्मद अलिम मुर्तुजा, मोरङ […]

मुख्‍य समाचार राजनीति

बीपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेका छौं: देउवा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको बताएका छन् । यही चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि बताए । बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले सो धारणा राखेका हुन् । मुलुक बीपीले […]

समाज

ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा छाड्न आदेश

२४ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ मध्ये एक जनालाई साधारण तारेखमा र १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरलाई साधारण तारेखमा र अरु आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो । तुलाधरलाई भने जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको भन्दै […]

समाज

पहिलो पटक सार्वजनिक कार्यक्रममा पशुपति शमशेर जबराकी श्रीमती

२४ भदौ, काठमाडौं । तीज नजिकिँदै जाँदा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तीज विशेष कार्यक्रम आयोजना भइरहेका छन्। आज गौशालास्थित अनुपम फुडल्यान्डमा पनि उप्रेती समाज सेवा समितिले तीज कार्यक्रम आयोजान गर्‍यो। सो कार्यक्रममा देशभरबाट काठमाडौं उपत्यकामा बस्दै आएका उप्रेतीहरु भेला भएका थिए। कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबरा र उनकी श्रीमती उषा […]

राजनीति

चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ

२४ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भ्रमणबारेमा जानकारी गराउँदै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् । बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, […]

मुख्‍य समाचार राजनीति

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

२४ भदौ, काठमाडौँ। स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन् । इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किनुभएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । केही दिन […]

फिचर (Main Feature) समाज

जहाँ वीपीका नाममा ४० वर्षदेखि कोठा खाली छ

२४ भदौ, चितवन। प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ । ‘घर बनेपछि यो कोठामा विपी कोइरालाबाहेक […]

कोशी प्रदेस समाचार राजनीति

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

२४ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । पुन: मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् । सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् । मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी […]

राजनीति

प्रधानमन्त्रीको आह्वानमा सिंहदरवारमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा केन्द्रित छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदैछन् । सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन प्रधानमन्त्री प्रचण्डले […]

प्रदेस समाचार मधेश समाज

मलंगवाको कर्फ्‍यू हट्यो, निषेधाज्ञा जारी

२४ भदौ, सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा भने जारी छ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच मलंगवामा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो ५ बजेदेखि आइतबार […]

मुख्‍य समाचार

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा

२४ भदौ,काठमाडौँ। हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ । पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण […]

मुख्‍य समाचार राजनीति

विपी साहित्य महोत्सव आजदेखि

२४ भदौ, काठमाडौँ  । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९:०० बजे महोत्सवको उद्घाटन हुने पार्टीले जनाएको छ । महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् […]