१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाज

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठको उम्मेदवारी घोषणा, प्रतिवद्धता पत्र सार्वजनिक

२९ भदौ, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा साथै आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई बर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि शुक्रबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

शुक्लाफाँटा आरक्ष पीडितको माग सम्बोधन गर्न न्यायिक आयोग गठन

२९ भदौं, काठमाडौं । सरकारले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापितहरुको समस्या समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आरक्ष पीडितको माग सम्बोधनका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (पुरानो आरक्ष)बाट […]

समाज

तीजमा पशुपति गर्भगृहको तस्वीर खिचेमा २ हजार जरिवाना

२९ भदौ, काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो । तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफलमा कोटेश्वर–तीन कुने–सिनामङ्गल क्षेत्रबाट आउने […]

समाज

शिक्षकहरूले माइतीघरमा जलाए विद्यालय शिक्षा विधेयक

२९ भदौ, काठमाडौं। सरकारले प्रतिनिधि सभामा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०८० शिक्षकको हकहितमा नभएको भन्दै माइतीघरमा शिक्षकहरुले विधेयकको ड्राफ्ट जलाएका छन् । आज (शुक्रबार) राहत शिक्षकहरुले संसदमा दर्ता भएको शिक्षा विधेयकले शिक्षकहरुको अधिकार कुण्ठित गर्ने गरी आएको भन्दै विधेयक जलाएर सांकेतिक बिरोध जनाएका हुन् । नेपाल राहत शिक्षक […]

अन्तर्राष्ट्रिय

मरुभूमिमा भयानक आँधीले नदी नै हरायो, ५ हजार ३ सयको मृत्यु, १० हजार बेपत्ता

२९ भदौ, काठमाडौं । लिबियाको पूर्वी क्षेत्रस्थित मरुभूमि सहर डेर्नामा आइतबार आएको आँधीमा १५ सयभन्दा धेरै मानिसको शव फेला परेको छ । ड्यानियल नामको आँधीले त्यहाँ ५ हजार ३ सयभन्दा धेरै मानिसको मृत्यु भएको र १० हजार भन्दा धेरै बेपत्ता भएको खबर छ । आँधीका कारण आएको भयानक बाढीले उक्त विध्वंस मच्चाएको हो । तुफानका […]

राजनीति समाज

६० किलो सुन प्रकरणको मुद्दा आइतबार मात्र दर्ता हुने

२९ भदौ, काठमाडौं । ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको आरोप लागेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता हुने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । पक्राउ […]

राजनीति

अघि बढ्यो सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया

२९ भदौ, काठमाडौं । सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढाएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार छानबिन आयोग गठन प्रक्रया अघि बढेको जानकारी गराएका हुन् । ‘अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग […]

गण्डकी

संविधान सभाध्यक्ष नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेर गण्डकीको संसद स्थगित

२९ भदौ, पोखरा । दिवंगत संविधान सभाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शोक प्रस्ताव पारित गर्दै गण्डकी प्रदेश सभाको बैठक स्थगित गरिएको छ । यसअघि गत २७ गते बोलाइएको सभाको बैठक नेम्वाङको निधनपछि आजसम्मका लागि स्थगित गरिएको थियो । नेम्वाङप्रति शोक प्रस्ताव पारित गर्दै भोेलि बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख कृष्ण धितालले जानकारी दिए । […]

बैंक–वित्त

जलवायु परिवर्तनबाट सिर्जित समस्या उपयुक्त नीतिमार्फत समाधान गर्नुपर्छ : प्रधानमन्त्री

२९ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीलाई उपयुक्त नीति, कार्यक्रम बजेट व्यवस्था गरी प्रभावकारी कार्यान्वयनमार्फत समाधान गर्न निर्देशन दिएका छन् । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकलाई आज सम्बोधन गर्दै पर्वतीय राष्ट्रका समस्या पहिचान र सम्बोधनमा विश्वको ध्यानाकर्षण गर्ने ठोस पहल आवश्यक रहेको उनले […]

राजनीति

१६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

२९ भदौ, काठमाडौं । १६ दिनपछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराए । ‘ प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर उतैबाट असोज ५ गते चीन जाने कार्यक्रम छ । प्रधानमन्त्रीले आफ्नो […]

बैंक–वित्त मुख्‍य समाचार सूचना प्रविधि

के-के छन् आइफोन-१५ सिरिजमा नयाँ विशेषता ?

२९ भदौ, काठमाडौं । एप्पलले मंगलबार आइफोन १५ सिरिज तथा नयाँ एप्पल वाच सार्वनिक गर्‍यो । कम्पनीले यसपटक डिजाइन, फिचर्स तथा डिभाइसको पर्फमेन्समा ध्यान दिएको छ । पहिलो पटक आइफोनमा युएसबी टाइप सी पोर्ट राखेको एप्पलले ल्याएका चारवटा मोडेलका नयाँ आइफोनका खास विशेषताहरु के के छन् त ? आइफोन १५ का फिचर्स आइफोन १५ सिरिजको […]

मुख्‍य समाचार सूचना प्रविधि

एप्पलको नयाँ स्मार्ट वाच कस्तो छ ?

२९ भदौ, काठमाडौं । अमेरिकी कम्पनी एप्पलले मंगलबार तिनवटा नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ । सार्वजनिक भएका नयाँ एप्पल वाचमा Apple Watch 9, Apple Watch SE र Apple Watch Ultra छन्। एप्पलले लञ्च गरेको नयाँ संस्करणका स्मार्ट घडीमा विभिन्न आकर्षक तथा अत्याधुनिक फिचर्स उपलब्ध छन् । त्यसमध्ये एउटा जादूमयी फिचर समेत रहेको छ जसमा एप्पल […]