१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

१ असोज, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा उनीहरु बीचमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन नेपाली […]

मुख्‍य समाचार

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : परराष्ट्रमन्त्री साउद

१ असोज, वाशिङ्टन डिसी। परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएको अनुभवलाई विश्वमाझ लैजान प्रयास […]

समाज

पशुपतिमा तीजको उल्लास (तस्वीरहरू)

१ असोज, काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले […]

तीज कार्यक्रममा झडप हुँदा पाल्पामा एक युवकको मृत्यु

१ असोज, बुटवल । पाल्पामा एक जना युवाको हत्या भएको छ । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो […]

समाज

सवारी दुर्घटनाको निहुँमा ४ जनाको हत्या

३१ भदौ, काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति चार जनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे–९ घर भई काठमाडौं काँडाघारीमा बस्दै आएका २३ वर्षीय भण्डारीले हत्यामा संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ । जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कमा

३१ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे । प्रधानमन्त्रीको स्वागतमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सरकारी अधिकारीहरू उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डले संयुक्त […]

अर्थ

अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई १ लाख जरिवाना

३१ भदौ, ललितपुर । म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो । अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा […]

अर्थ

राजस्व चुहावटबारे अध्ययन गर्न कार्यदल गठन

३१ भदौ, काठमाडौँ। राजस्व चुहावटको समस्याबारे अध्ययन गर्न कार्यदल गठन भएको छ । गत शुक्रबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावटको प्रवृत्ति विश्लेषण तथा नियन्त्रणको ठोस उपायसहितको कार्ययोजना एक हप्ताभित्र पेस गर्न राजस्व सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो । अर्थ मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार राजस्व चुहावट नियन्त्रणमा संलग्न सुरक्षा […]

समाज

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

३१ भदौ, काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो । त्यसको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि वार्ता […]

समाज

घटनापछि भागेर साथीको घरमा पुगेका थिए आरोपी

३१ भदौ, काठमाडौं । तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको थियो । तीनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए । त्यहाँ उनको साथीको घर थियो । राति मूलगेट लगाएको बेला उनी […]

मुख्‍य समाचार समाज

सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान

३१ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार साँझ आयरल्याण्ड प्रस्थान गरेका छन् । आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका हुन् । सभामुखको भ्रमण टोलीमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव […]

मुख्‍य समाचार समाचार समाज

एनसेलले मनायो १८औं वार्षिकोत्सव, हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज अफर

३१ भदौ, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ । सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै […]