२९ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

प्रहरी प्रधान कार्यालयले भन्यो : भिक्षुलाई लात्ती हान्ने प्रहरीमाथि विभागीय कारबाही अघि बढ्यो

२६ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएको हो । शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सो क्रममा बाटोमा हिँडिरहेका दुईजना भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो […]

मुख्‍य समाचार समाचार समाज

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

२६ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दछ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको […]

प्रवास मुख्‍य समाचार

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

२६ चैत, लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ ।  अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिबार […]

मुख्‍य समाचार राजनीति

संसदबारे छलफल गर्न कांग्रेस सभापति देउवाले बोलाए बैठक

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो । संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । संसद् बैठक चैत २७ […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौंको वायु विश्वमै अस्वस्थकर, खुमलटारको हावा सबैभन्दा खराब

२६ चैत, काठमाडौं । काठमाडौंको वायु प्रदूषण खराब स्थितिमा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छन् । सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

न्यायाधीशको परीक्षामा न्यूनतम ४० अंक कायम गर्ने सहमति

२५ चैत, काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विषयमा दफावार छलफल हुँदा उक्त सहमति भएको हो […]

मुख्‍य समाचार समाचार समाज

फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको उद्धार

२५ चैत, कास्की। पोखराको फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । आइतबार साँझ स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–३ घर भइ पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षीय सोभित परियार बोटिङ गर्ने क्रममा अचानक आएको हावाहुरीको कारण ढुंगा दुर्घटनामा परेका थिए । उक्त दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेलातालस्थित […]

खेलकुद मुख्‍य समाचार

दिल्लीलाई हराउँदै मुम्बईको पहिलो जित

२५ चैत्र, काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित ७१ रनमा नट आउट रहे । […]

मुख्‍य समाचार सूचना प्रविधि

मोबाइलबाटै छोराछोरीको पढाइ हेर्न मिल्ने एप सार्वजनिक

२५ चैत, काठमाडौं । अनलाइन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले मोबाइलबाट आफ्ना छोराछोरीको प्रगति हेर्न मिल्ने एप सार्वजनिक भएको छ । ई–लर्निङ प्लेटफर्म एम्बिसन गुरु नेपाल प्रालिले ‘एम्बिसन गुरु’ नामक एप ल्याएको हो । यसमार्फत अभिभावकले बालबालिका कति समय बसेर पढिरहेका छन्, उनीहरूले कतिवटा लाइभ क्लास लिए, कति छुटाए, कुनकुन परीक्षामा सहभागी भए, नबुझेका कुरा […]

मुख्‍य समाचार समाचार समाज

संगठनको नीति अनुसार काम गर्नुस् : आईजी कुँवर

२५ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले नयाँ परिवेश बमोजिम प्रहरी संगठनले लिएको नीति अनुसार प्रहरी अधिकृतहरूले फिल्डमा काम गर्नुपर्ने बताएका छन् । हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा खटिन लागेका प्रहरी उपरीक्षक (एसपी) तथा प्रहरी नायव उपरीक्षक (डीएस्पी)हरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै कुँवरले उक्त कुरा बताएका हुन् । आईजी […]

मुख्‍य समाचार समाचार समाज

हतियार र मृगको छालासहित एक जना पक्राउ

२५ चैत, काठमाडौं । अवैध हतियार र मृगको छालासहित जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२० भलामखोरका ४२ वर्षीय दीपेनद्र केसी छन् । उनले वन्यजन्तुको शिकार गर्ने गरेको र हतियार समेत घरमा लुकाएर राखेको भन्ने सूचनामा आधारमा खटिएको टोलीले शनिबार उनलाई घरबाटै पक्राउ गरेको थियो । उनको घरबाट […]

मुख्‍य समाचार समाचार समाज

महेश बस्नेतविरुद्ध काठमाडौं प्रहरीमा एक महिलाले दिइन् किटानी जाहेरी

२५ चैत, काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । यसपछि सरकारी वकिलले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको छ । जाहेरी […]