१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाज

बिहीबार बिहानदेखि मौसममा सुधार हुने

१७ असोज, काठमाडौं । बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ । ‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ, सुधारको यो क्रम पूर्वतिर सरिरहेको छ,’ मौसमविद लामिछानेले भने, ‘आजै रातिदेखि कोशी प्रदेशभन्दा पश्चिमतिर झन् बढी सुधार हुने देखिन्छ […]

प्रदेस समाचार लुम्बिनी समाज

‘कर्फ्यू’ का कारण जमुनाहामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

१७ असोज, बाँके । नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ । कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् […]

समाज

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१७ असोज, काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार हवाई उडान प्रभावित बनेको छ । विमानस्थल स्रोतका अनुसार बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ । भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ । बुधबार तुम्लिङटारका पनि सबै उडानहरु […]

समाज

बाँके प्रशासनको चेतावनी : सामाजिक सञ्जालमा सद्भाव खलल हुने काम नगर्नू

१७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन चेतावनी दिएको हो । ‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि […]

मुख्‍य समाचार समाज

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

१७ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गंगादेवको घोरानेटी खोलादेखि घोरानेटी सोलार पम्पिङको खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको गलत प्रतिवेदन बुझाई रकम भुक्तानी गरेकाले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य […]

अर्थ समाज

५० करोडसम्मको विदेशी लगानी स्वीकृति अब स्वचालित प्रणालीबाट

१७ असोज, काठमाडौं । नेपालमा स्वचालित प्रणाली (अटोमेटेड रुट) बाट विदेशी लगानी स्वीकृत गर्ने बाटो खुलेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ४२ अनुसार सरकारले सहज तरिकाबाट विदेशी लगानी भित्र्याउन गरेको व्यवस्था कार्यन्वयन गर्ने सम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै मंगलबारदेखि यो व्यवस्था कार्यन्वयनमा आएको उद्योग विभागले जनाएको छ । […]

खेलकुद

गाईघाटमा स्व. चित्र कुमारी (लिम्वु) स्मृति मलिथम फुटवल च्याम्पियनशिप २०२३ घोषणा

उदयपुर, १६ असोज । गाईघाटमा स्वर्गिय चित्र कुमारी (लिम्वु) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनशिप २०२३ को औपचारिक घोषणा भएको छ । स्वर्गिय चित्र कुमारी चौधरी (लिम्बु) को बार्षिक स्मृति दिवसको अवसरमा मलिथम थारु सेवा समाज उदयपुरले च्याम्पियनशिपको पनि औपचारिक घोषणा गरेको हो । मलिथम थारु सेवा समाज उदयपुरको अध्यक्ष संजय चौधरीका अनुसार यो पटक प्रतियोगिता […]

मुख्‍य समाचार समाज

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

१६ असोज, विराटनगर । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए । श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए […]

मुख्‍य समाचार

रिगल कैद मिनाहविरुद्ध अनसन बस्छु : भारती

१६ असोज, काठमाडौं । भारती मानन्धर आफ्नो श्रीमान चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध रिले अनशन बस्न भएकी छन् । रिगलविरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर […]

राजनीति

चाडपर्वमा कृत्रिम मूल्यवृद्धि र कालोबजारी गर्नेलाई सरकारले कडा कारवाही गर्ने

१६ असोज, काठमाडौं । सरकारले चाडपर्वलाई कारण देखाएर कृत्रिम मूल्य वृद्धि र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘चाडपर्वको बाहाना बनाएर कृत्रिम मूल्यवृद्धि, नाफोखोरी गर्ने, कालोबजारी गर्ने र खाद्य वस्तुको गह्र […]

राजनीति

धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन सरकारको अपील

१६ असोज, काठमाडौं । सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपील गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा नेपालगञ्जमा देखिएको तनावबारे छलफल भएको थियो । बैठकले धार्मिक, साम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न अपील गरेको छ । सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘विभिन्न जातजाति वा सम्प्रदायको बीचमा […]

मुख्‍य समाचार समाज

बझाङ भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो

१६ असोज, धनगढी । बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको उनले बताए । भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका […]