७ जेष्ठ २०८१, सोमबार
खेलकुद

गाईघाटमा स्व. चित्र कुमारी (लिम्वु) स्मृति मलिथम फुटवल च्याम्पियनशिप २०२३ घोषणा

उदयपुर, १६ असोज । गाईघाटमा स्वर्गिय चित्र कुमारी (लिम्वु) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनशिप २०२३ को औपचारिक घोषणा भएको छ । स्वर्गिय चित्र कुमारी चौधरी (लिम्बु) को बार्षिक स्मृति दिवसको अवसरमा मलिथम थारु सेवा समाज उदयपुरले च्याम्पियनशिपको पनि औपचारिक घोषणा गरेको हो ।

मलिथम थारु सेवा समाज उदयपुरको अध्यक्ष संजय चौधरीका अनुसार यो पटक प्रतियोगिता गाईघाटको थारुहट रंगशालामा कार्तिक ३ गतेदेखी सुरु हुने जनाए । पहिलो प्रतियोगिता बेलकाको पुरन्दह र दोस्रो प्रतियोगिता चौदण्डीगढीको ज्यामिरेमा सम्पन्न भैसकेको अध्यक्ष चौधरीले जनाए । प्रतियोगिता जिल्लाको सबै पालिकाहरुमा गराउने उदेश्य सहित अगाडी बढेको चौधरीको भनाई छ ।

क्रिमसन मोटरपार्टस्का संञ्चालक सुनिल चौधरीको श्रीमती चित्र कुमारी चौधरी (लिम्वु) को आत्मा चिर शान्तिको कामना सहित उक्त आयोजना भव्य रुपमा संञ्चालन हुने संस्थाका सचिव डिएन चौधरीले जनाए । बिषेश गरी लागुऔषाध नियन्त्रण र खेलकुद क्षेत्रलाई अगाडी बढाउने उदेश्य सहित स्थापना भएको मलिथम समाजले चौधरी समुदायको खेलाडी सहित अन्य समुदायको समते खेलाडी उत्पादन गर्ने उदेश्य राखेको चौधरीको भनाई छ । मलिथम फुटवल क्लवले बिभिन्न ठाउँमा उपाधी समेत जित हाँसिल गरेको र छिमेकी प्रदेश मधेश प्रदेश र कोशी प्रदेशमा क्रियाशिल रहेको पनि जनाए ।

जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पर्वत दाहालले मलिथम सेवा समाजले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको जनाएको छ । राज्य र खेलकुद बिकास समितिले कुनै पनि सहयोग गर्न नसकिरहेको अवस्थामा आफ्नै लगानी बलबुतोमा आयोजनाहरु गरिरहेको प्रति दाहालले खुसी ब्यक्त गरे । अब हुने प्रतियोगितामा भने आर्थिक नसके भौतिक, सामाजिक र नैतिक सहयोगहरु भने गर्ने प्रतिवद्धता दिए । प्रतियोगितालाई हरेक समय दिएर भव्य सफल बनाउन आफ्नो पनि भूमिका रहने अध्यक्ष दाहालले जनाए ।

स्मृतिमा स्व. चित्र कुमारी चौधरी लिम्वुलाई हार्दिक श्रद्धान्जली व्यक्त गरिएको छ । उनको गत बर्ष असोज १५ गते करेन्ट लागी मृत्यु भएको थियो । संयोगले जन्म र मृत्यु एउटै समय मिल्न गएको थियो । प्रतियोगिताको सबै खर्च क्रिमशन मोटरर्सपार्टले गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्