१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

राष्ट्रसंघका महासचिव नेपाल आउँदै, शान्ति प्रक्रियामा मूल चासो

१७ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने भएका छन् । २६ असोज (अक्टोबर ११) मा उनी नेपाल आउन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार महासचिव एन्टोनियो ३ दिन नेपालमा बस्नेछन् । नेपाल भ्रमणका क्रममा उनले शान्ति प्रक्रियाका विषयमा नेताहरुसँग छलफल गर्नेछन् […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीले डाँके विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

१७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । मंगलबार बझाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि परिषद् अध्यक्ष रहेका प्रधामनन्त्री दहालले बैठक बोलाएका छन् । विहान ८ बजे सिंहदरबारस्थित विपद् व्यवस्थापन प्राधिकरणमा बस्ने बैठकमा भूकम्प पीडित तथा प्भावितकहरुको लागि रहात र पुनर्स्थापना र संरचना पुनर्निर्माणका बारेमा […]

खेलकुद

‘वीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, ९ टिमले सहभागीता जनाउने

काठमाडौं, १७ असोज । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा हुने वीरजङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी महासंघका अध्यक्ष जयनन्द चन्दले प्रतियोगिताको सबै तयारी पूरा भइसकेको बताए । अध्यक्ष चन्दले प्रतियोगितामा ९ वटा टिमले सहभागीता जनाउने पनि जानकारी गराए । उक्त प्रतियोगिता राष्ट्रिय […]

समाज

अमेरिकी डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै, कसरी भर्ने ?

१७ असोज, काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि बुधबारदेखि आवेदन खुल्दैछ । नेपाली समय अनुसार असोज १७ गते राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । यो कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०:४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै […]

राजनीति

संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

१७ असोज, काठमाडौं । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू आन्दोलनका लागि काठमाडौं आएका छन् । देशभरका ७५३ स्थानीय तहका कर्मचारी काठमाडौं आइरहेको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका महासचिव विजय देवकोटाले बताए । ‘३३ जिल्ला स्थानीय तहका कर्मचारीहरू मुग्लिनको जाममा रहेका छन्, नत्र आजै आन्दोलन ठूलो हुन्थ्यो’ महासचिव देवकोटाले भने । संघीय […]

समाज सूचना प्रविधि

क्वान्टम डट्समा अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

१७ असोज, काठमाडौं । यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम डट्समा खोज र अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । नोबेल पुरस्कार समितिले बुधबार वैज्ञानिकहरू मौन्गी जी बावेन्डी, लुइस ब्रुस र अलेक्सी एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार दिने घोषणा गरेको हो। बावेन्डी म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)सँग आवद्ध छन् भने ब्रुस कोलम्बिया विश्वविद्यालयसँग आवद्ध छन्। यस्तै […]

अर्थ मुख्‍य समाचार

कर्णालीमा पनि सुपथ मुल्य पसल चलाउन संसदीय समितिको निर्देशन

१७ असोज, काठमाडौं । संसदीय समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा पनि सुपथ मुल्य पसल चलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले नुन, चिनी, चामल, दाल लगयातका अत्यावश्यक वस्तुको पर्याप्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । चाडपर्वको समयमा अत्यावश्यक पर्ने जिरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायतका मसलाजन्य वस्तु र अन्य खाद्य पदार्थमा […]

मुख्‍य समाचार राजनीति

धार्मिक र सामाजिक सद्भावमा बिग्रने गतिविधि नगर्न कांग्रेसको अपिल

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसले धार्मिक र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न÷नगराउन सबैमा अपिल गरेको छ । सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर अपिल गरेका छन् । ‘केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र […]

मुख्‍य समाचार राजनीति

गगन थापाको अपिल : सामाजिक सञ्जालमा सद्भाव बिगार्ने पोस्ट नगरौं

१७, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सद्भावमा प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेका छन् । हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार कसैले गरेमा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि उनले आग्रह गरेका छन् । धार्मिक […]

समाज

कात्तिक १ देखि असल चालचलन भएका कैदीले जेल बाहिर बस्न पाउने

१७ असोज, काठमाडौं । सरकारले चालचलन राम्रो भएका कैदीलाई जेल बाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाईभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ । तर […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

गोरखामा चीन प्रवेशका लागि ‘बोर्डर पास’ वितरण सुरु

१७ असोज, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाका बासिन्दालाई चीनको सीमा प्रवेश अनुमति पत्र (बोर्डर पास) वितरण सुरु भएको छ । चुमनुब्री–३ सिर्दिबासको फिलिमस्थित इलाका प्रशासन कार्यालयबाट बुधवार पास वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । पास वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानासहितको टोली सोमवार नै सिर्दिबास पुगेको थियो । सो […]

समाज

२९ असोजभित्र महासमिति सदस्य चयन गर्न कांग्रेसको निर्देशन

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसले महासमिति प्रतिनिधि चयन हुन बाँकी रहेका जिल्लामा २९ असोजभित्र नाम पठाउन निर्देशन दिएको छ । १४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ सम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले नामावली पठाउन निर्देशन दिइएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले […]