१ चैत्र २०८२, आईतवार
खेलकुद समाचार समाज

त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएई आज खेल्दै, यस्तो छ हेड टु हेड

१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच फाइनल खेल आज हुँदैछ । हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको […]

समाचार समाज

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने

१० कात्तिक, काठमाडौं । यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका […]

समाचार समाज

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

१० कात्तिक, काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । चिनियाँ मिडियाहरुले उनको हृदयाघातका कारण निधन भएको जनाएका छन् । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले विहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको छ । ६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए । राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ […]

शान्ति र आनन्द प्राप्तिका लागि लुम्बिनी घुमौँ

लुम्बिनी, ९ कात्तिक : नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन् । शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्तस्थल हो । यहाँ बर्सेनि लाखौँको सङ्ख्यामा आन्तरिक एवं वाह्य पर्यटक, तीर्थालु, तथा अध्येताहरु सो स्थानमा आउँछन् । बौद्ध धर्मावलम्बीका […]

समाज

सकियो दशैं बिदा, फर्किंदै कार्यथलो

९ कात्तिक, काठमाडौं । दशैं बिदामा घर फर्किएकाहरू कार्यथलो फर्किन थालेका छन् । बिदामा घर गएकाहरू फर्किन थालेपछि राजमार्ग, सडक र सहरमा चहलपहच बढ्न थालेको छ । त्रयोदशीका दिनदेखि सरकारी कार्यालय सञ्चालनमा आउने भएकोले बिदामा गएकाहरू कार्यस्थल फर्किन थालेका हुन् । शुक्रबार कार्यालय भेटाउनेहरू कोही बिहीबार नै गन्तव्यमा पुगिसकेका छन् भने कोही यात्रामै छन् । […]

अर्थ समाचार समाज

अलैंची टिप्न किसानलाई चटारो, बगानमै मनाए दशैं

९ कात्तिक, फुङ्लिङ । नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दशैं […]

जनकपुरमा एक युवक मृत फेला, हत्याको आशंका

९ कात्तिक, जनकपुरधाम । जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परेको हो । मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय

राष्ट्र संघका महासचिवसँग रिसायो इजरायल, भिसा नदिने चेतावनी

८ कात्तिक, काठमाडौं । सुरक्षा परिषद् बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दिएको अभिव्यक्तिपछि इजरायल आक्रामक बनेको छ । इजरायल-गाजा युद्धबारे छलफल गर्न मंगलबार राति न्यूयोर्कमा बसेको सुरक्षा परिषद् बैठकमा राष्ट्रसंघका प्रमुख गुटेरेसले हमासले इजरायलमा गरेको आक्रमणको बदला प्यालेस्टाइनी नागरिकलाई सजाय दिएर औचित्य पुष्टि नहुने बताएका थिए । त्यसपछि इजरायली अधिकारीहरूले संयुक्त राष्ट्रसंघका पदाधिकारीलाई भिसा […]

समाचार समाज

सर्लाहीमा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप, दुई प्रहरी घाइते

८ कार्तिक, जनकपुरधाम । सर्लाहीको सदरमुकाम मलंगवामा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारले जानकारी दिए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ । मलंगवाको जिविस चोकमा गरिएको दुर्गा पूजाको […]

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

८ कात्तिक, जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी छन् । उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो । […]

समाज

आज एकादशीको दिन पनि दशैंको टीका लगाइँदै

८ कात्तिक, काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं […]

समाज

आज विजया दशमी, मान्यजनबाट टीका र जमरा लगाइदै

७ कात्तिक, काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ […]