३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

७ मंसिर, काठमाडौँ। पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही […]

समाचार समाज

धनकुटामा एकै परिवारका ३ जना मृत भेटिए

७ मंसिर, काठमाडौं । धनकुटामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला […]

अर्थ समाचार समाज

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, सबैभन्दा धेरै आयकर तिर्ने नेपाल टेलिकम

७ मंसिर, काठमाडौं । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै […]

मुख्‍य समाचार समाचार समाज

आज हरिबोधनी एकादशी, विष्णु मन्दिरहरुमा घुइँचो

७ मंसिर, काठमाडौं । आज हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका […]

समाचार समाज

काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट पनि निगरानी

७ मंसिर, काठमाडौं । नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । प्रदर्शनमा घुसपैठ हुन सक्ने र अपि्रय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू […]

मुख्‍य समाचार समाचार समाज

नेपाल प्रहरी भन्छ : मंसिर ७ गते ढुक्क भएर दैनिक कार्य गर्नुस्

६ मंसिर, काठमाडौं । नेपाल प्रहरीले मंसिर ७ गते ढुक्क भएर दैनिक कार्य गर्न आग्रह गरेको छ । आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए । उनले नागरिकहरुलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन […]

राजनीति

गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना पूरा हुँदैन : प्रधानमन्त्री प्रचण्ड

6 मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना पूरा नहुने दाबी गरेका छन्। नेपाल संवत सम्बन्धी कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘आजको परिवर्तन साना दुःखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्। हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने […]

मुख्‍य समाचार राजनीति

समावेशी आयोगलाई उपेन्द्रको सुझाव : आर्थिक र शैक्षिक स्तरको आधारमा आरक्षण मापदण्ड तोकौं

६ मांसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको शैक्षिक र आर्थिक स्तरको आधारमा समावेशी आरक्षणको मापदण्ड तोक्नु पर्ने सुझाव दिएका छन् । देशमा समावेशीकरण र आरक्षणको मापदण्ड र यसको उपभोग त्रुटिपूर्ण रहेको टिप्पणी गर्दै उनले हालको मापदण्डलाई परिमार्जन गर्नु पर्ने बताएका हुन् । काठमाडौंको पुल्चोकस्थित बुधबार राष्ट्रिय समावेशी आयोगको छलफलमा […]

राजनीति

निर्वाचन आयोगले तोक्‍यो राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार

६ मंसिर, काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । २०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ । बुधबार बसेको आयोगको बैठकले प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको […]

समाचार समाज

भरतपुरमा बोराभित्र महिला र पुरुषको शव भेटियो

६ मंसिर, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग निजकै दुईवटा शव भेटिएको छ । सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने घटनास्थलमा नै रहेका चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

राजनीति

नयाँ कार्यकक्षमा प्रधानमन्त्री, खुल्दै स्टेट हल र बेलायती कक्ष

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित बिलासी हलहरुको समेत प्रयोग सुरु भएको हो । बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ कार्यकक्षमा पुगेर फराकिलो कार्यस्थलले सिजर्नात्मकता बढ्ने विश्वाश व्यक्त गरे । ‘यो यसघिकोभन्दा फराकिलो […]

समाचार समाज

हराउँदैछन् थारू समुदायले बनाउने डेंहरी

६ मंसिर, कञ्चनपुर । कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी ५५ वर्षीय बुधनीदेवी चौधरी खेतबारीको कामबाट फुर्सदिलो भएपछि माटोका भकारी (डेंहरी) बनाउँदै आएकी छिन् । माटोका भकारी बनाउने कार्य पुस्तौंदेखि गरिँदै आएको हो । खेतबाट भित्र्याएको अन्नबाली राख्नका लागि परम्परागत रुपमा डेंहरी बनाउँदै आएको उनले बताइन् । ‘चिम्टाइलो माटो, गहुँ, धानको भुषाको प्रयोग गरी बनाइएका भकारी वषौँसम्म प्रयोगमा […]