३० फाल्गुन २०८२, शनिबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा : मन्त्री किराती

८ मंसिर, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । शुक्रबार तिलौराकोट पुगेका मन्त्री किरातीले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर छिटोभन्दा छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् । ‘तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट […]

राजनीति

परराष्ट्रमन्त्री साउदसँग कतारका विदेश राज्यमन्त्रीको भेट

८ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले भेट गरेका छन् । नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आइपुगेका अल–मुखैरीले साउदलाई शुक्रबार मन्त्रालयमा भेट गरेका हुन् । मन्त्रालयका अनुसार भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका छन् । विद्रोही हमासले […]

राजनीति समाचार समाज

भक्तपुर प्रहरीले भन्यो : प्रसाईंको सुरक्षार्थ घर वरिपरि खटिएका हौं

८ मंसिर, काठमाडौं । जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी वेद विष्टले दुर्गा प्रसाईंको घर वरिपरि सुरक्षाका लागि मात्रै प्रहरी परिचालित भएको बताएका छन् । भक्तपुरमा पनि प्रसाईंको घर वरिपरि प्रहरीको बाक्लो उपस्थिति देखिएपछि कतिपयले प्रसाईंलाई नजरबन्दमा राखिएको टिप्पणी गरेका छन् । तर, भक्तपुर प्रहरी प्रमुख एसपी विष्ट भन्छन्, ‘प्रहरी हिजो पनि घर वरिपर बसेको […]

राजनीति समाचार समाज

आन्दोलनका लागि तीनकुने पुगेका दुर्गा प्रसाईंका समर्थक पक्राउ

८ मंसिर, काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको बिरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् । बिहीवार बल्खु क्षेत्रमा आन्दोलन गरेका व्यवसायी प्रसाईं समूहले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए । तर, जिल्ला प्रशासन कार्यालयले भने तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति दिएको छैन । अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ […]

मुख्‍य समाचार समाचार समाज

तलब नपाएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरु आन्दोलनमा

७ मंसिर, काठमाडौं । हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरुले भदौदेखि तलब, भत्ता तथा सेवा सुविधा नपाएको भन्दै २२ कात्तिकदेखि ‘पेन डाउन’ गरेका छन् । प्राध्यापक कल्याणकारी समितिका अध्यक्ष विश्वास सापकोटाले भदौदेखि पाउनुपर्ने तलब, भत्ता, सेवा सुविधा नपाएपछि आन्दोलन गर्नुपरेको बताए । प्राध्यापक र प्रतिष्ठानको पदाधिकारीबीच पटकपटक छलफल हुँदा पनि समस्या समाधान नभएपछि २२ […]

मनोरन्जन मुख्‍य समाचार

प्रदर्शक र निर्माताबीच सहमति : फिल्म प्रदर्शन हुञ्जेल ५०-५० प्रतिशत सेयर पाउने

७ मंसिर, काठमाडौं । नेपाली चलचित्र निर्माताले अब हलमा फिल्म प्रदर्शन हुञ्जेल ५० प्रतिशत सेयर पाउने भएका छन् । चलचित्र संघ र चलचित्र निर्माता संघबीच बिहीबार यस्तो सम्झौता भएको हो । चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार फिल्म ‘दिमाग खराब’ रिलिज भएको […]

समाचार समाज

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद

७ मंसिर, काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर […]

मुख्‍य समाचार समाचार समाज

आगलागीका घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिको माग गर्दै उर्लाबारीमा सडक अवरुद्ध

७ मंसिर, विराटनगर । उर्लाबारीमा भएको आगलागीमा घाइते भएकाहरुको उचित उपचार र मृतकलाई क्षतिपूर्ति माग गर्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उर्लाबारीको मावा खोलाको पुलमा आधा घण्टा प्रदर्शन गर्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् । कात्तिक २६ गते उर्लाबारी नगरपालिका–७ को स्नेहा सुनचाँदी पसलमा आगलागी हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए […]

मुख्‍य समाचार राजनीति

हमास-इजरायल युद्धविरामको सरकारद्वारा स्वागत, विपिन जोशीको रिहाइको अपिल

७ मंसिर, काठमाडौं । सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ । मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै स्वागत गरेको हो । कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सर्वोच्चले माग्यो टीकापुर घटनाका ३ दोषीलाई रिहा गर्नुको कारण

७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा संलग्न रेशम चौधरीबाहेक अरु तीन जनाको कैद सजाय छुट गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक नाबालकको हत्याको घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदीप चौधरीको कैद छुट […]

अर्थ समाचार समाज

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको १ वर्षपछि पोखरामा खुल्यो अध्यागमन कार्यालय

७ मंसिर, पोखरा । सञ्चालनमा आएको करिब एक वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । उपसचिव लिलाभल्लव न्यौपानेले यहाँको अध्यागमन कार्यालयको नेतृत्व गरेका छन् । विमानस्थलमा कूल २९ जना कर्मचारी दरबन्दी रहे पनि पहिलो चरणमा बिहीबारदेखि विभिन्न तहका १० जना कर्मचारीले कार्यालय सम्हाल्न थालेका हुन् । ‘गृहमन्त्रालयले खटाएअनुसार हामी विभिन्न तहका […]

मुख्‍य समाचार समाचार समाज

नवनियुक्त मुख्य न्यायाधीशहरुले लिए शपथ

७ मंसिर, काठमाडौं । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ५ मंसिरमा बसेको न्याय परिषदको बैठकले ६ जना मुख्य न्यायाधीशहरु नियुक्ति सिफारिस गरेको थियो । उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा […]