३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

१९ मंसिर, काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । दोषी ठहर […]

राजनीति

एनसेल खरिद बिक्रीबारे छलफल गर्न प्रधानमन्त्रीले राखे बैठक

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्रीका विषयमा सत्तारुढ दलहरुसँग छलफल गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एनसेलको सेयर खरिद बिक्रीको विषयमा छलफल आयोजना गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्डसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, […]

मनोरन्जन मुख्‍य समाचार

‘दान्भी’को फस्टलुकमा मेसिनगन बोकेकी पूजा

१९ मंसिर, काठमाडौं । अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभएको फिल्मको फस्टलुकमा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ । फस्टलुकमा पूजाले मेसिन–गन बोकेकी छिन् । लभ स्टोरी फिल्ममा जमिरहेकी पूजाको यो परिवर्तनले उनका दर्शकलाई उत्साहित बनाउने पक्का छ । रुपेश तामाङको निर्देशनमा तयार भएको […]

अर्थ सूचना प्रविधि

आजियटाले किन काैडीकाे भाउमा बेच्याे एनसेलकाे सेयर ?

एनसेलले बहन गर्नुपर्ने अर्को ठूलो आर्थिक दायित्व हो, दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि पाएको अनुमतिपत्रको नवीकरण दस्तुर । सन् २०२९ सम्मका लागि नेपालले नवीकरण दस्तुरका करिब रु २० अर्ब भुक्तानी गर्नुपर्ने देखिएको तथ्य बाहिर आएका छन् । तर दूरसञ्चार प्राधिकरणले भने यसबारे पनि कुनै धारणा सार्वजनिक गरेको छैन ।

राजनीति

एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीको मिलेमतो : शेखर कोइराला

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता. डा शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको बताएका छन् । पाँच वर्षपछि सरकारको मातहतमा आउनुपर्ने एनसेल बिक्रीमा राज्यका तिन पक्ष मिलेको आरोप लगाए । ‘यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुदैन । त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण […]

मुख्‍य समाचार राजनीति

एनसेलको शेयर बिक्रीबारे छलफल गर्न सार्वजनिक लेखा समितिले बोलायो बैठक

१९ मंसिर, काठमाडौं । एनसेलको शेयर बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ । समिति सचिव एकराम गिरिका अनुसार बुधबार दिउँसो २ बजेका लागि बैठक बस्ने तय भएको छ । ‘शेयर बिक्रीबारे प्रारम्भिक छलफल गर्न लागिएको छ’ सचिव गिरिले भने । एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको विदेशी कम्पनीको शेयर बिक्रीका […]

मुख्‍य समाचार राजनीति

जाजरकोट पुगेका केपी ओलीलाई जनार्दन शर्माले गरे स्वागत

१९ मंसिर, काठमाडौं । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा निस्किएको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जाजरकोटको रिम्ना पुगेको टोलीलाई माओवादी नेता शर्माले स्वागत गरेका हुन् । ओलीलाई स्वागत गर्न शर्मा लाइनमै उभिएर बसेका थिए । शर्मा केही समयदेखि भूकम्प प्रभावितहरुको अस्थायी […]

राजनीति समाचार समाज

विपिन जोशीको रिहाइका लागि कतारसँग परराष्ट्रमन्त्री साउदको आग्रह

१९ मंसिर,काठमाडौं। हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग आग्रह गरेका छन् । मंगलबार परराष्ट्रमन्त्री साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग मन्त्रालयमा भेट गरी जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका हुन् । हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय […]

मुख्‍य समाचार समाचार समाज

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

१९ मंसिर, ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने भएको छ । मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याबेलट निःशुल्क उपलब्ध गराइने अङ्कोलोजिष्ट डा अरुण शाहीले जानकारी दिए । डा शाहीका अनुसार निःशुल्क वितरण गरिने औषधि मेटास्टेटिक अवस्थामा पुगेका […]

राजनीति

जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

१९ मंसिर, काठमाडौं । एकीकृत समाजवादीले महाधिवेशन आगामी जेठमा हुने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघका लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३–७ काठमाडौंमा हुनेछ । माघमा भने राष्ट्रिय सम्मेलन हुने भएको छ । १४ र १५ मा सम्मेला […]

मुख्‍य समाचार समाचार समाज

चितवनको हिंस्रक बाघलाई बर्दिया पठाइयो

१९ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । अन्दाजी चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो । खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा […]

प्रदेस समाचार मधेश राजनीति

 माओवादीलाई प्रशिक्षण दिन प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

१९ मंसिर, महोत्तरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्रको मधेश प्रदेश प्रशिक्षण  कार्यक्रममा भाग लिन महोत्तरी पुगेका छन् । मंगलबार महोत्तरीको गौशालामा आयोजना भएको प्रशिक्षण कार्यक्रममा भाग लिन प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी पुगेका हुन् । प्रशिक्षण कार्यक्रममा मधेशको आठवटै जिल्लाबाट १५ सय भन्दा बढी नेताकार्यकर्ताको सहभागीता भएको माओवादी […]