२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’

२४ मंसिर, बेनी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) निर्माण गरेको हो । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको […]

मुख्‍य समाचार राजनीति

विभेदको अन्त्य गरी मानवअधिकार सुनिश्चित गर्नुपर्छ : माधव नेपाल

२४ मंसिर, काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताउनुभएको छ । ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उहाँले मानवअधिकार नागरिकको संवैधानिक अधिकारका रूपमा रहेकाले यसको सुनिश्चितता गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य […]

मुख्‍य समाचार समाचार समाज

६.२ डिग्रीमा झर्‍यो काठमाडौं उपत्यकाको तापक्रम

२४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ । वरिष्ठ मौसमविद शान्ति कँडेलले यो यस वर्षको अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको बताइन् । यसअघि काठमाडौं न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म […]

मुख्‍य समाचार समाचार समाज

धादिङ केन्द्र भएर ४.२ म्याग्निच्युडको भूकम्प

२४ मंसिर, काठमाडौं । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्याएको जानकारीमा छैन ।

मुख्‍य समाचार राजनीति

संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री प्रचण्ड

२४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सङ्घीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले सङ्घीयतासम्बन्धी विधेयक सरकारले अगाडि बढाइसकेको बताए । ‘सरकारले विधेयक अगाडि बढाएको छ, तर त्यसको अन्तिम फैसला संसद्ले गर्नुपर्छ । यसका […]

समाचार समाज

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

२४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अनलाइनखबरलाई बताए । उनले भने, ‘शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा भन्सार एरिया […]

खेलकुद समाचार समाज

काठमाडौंमाथि बुटवलको जित

२३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनी एफसीले डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सविरुद्ध जित हात पारेको छ । शनिबार भएको खेलमा २–१ को जित निकाल्दै बुटवलले काठमाडौंको अपराजित यात्रामा पूर्णविराम लगायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलले २९औं मिनेटमा स्टेफेन बिनोङको गोलबाट अग्रता लिएको थियो । सरोज तामाङले हानेको फ्रिकक बलमा काठमाडौंका […]

मुख्‍य समाचार

भक्तपुर भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

२३ मंसिर, भक्तपुर। भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ । पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा कलहाँस भेटिएको जानकारी दिए । कलहाँस नेपालमा पहिलोपटक सन् २००४ मार्च २४ मा देखिएको थियो । त्यतिबेला कोशी टप्पु […]

राजनीति समाचार समाज

चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउँछन् : केपी ओली

२३ मंसिर, गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नजिक भएमा सबै मिलेर सरकारबाटै अप्ठ्यारो पार्ने प्रवृत्ति नेपालमा रहेको बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङसम्मको संकल्प यात्राको क्रममा गोरखा आइपुगेका उनले शनिबार जिल्लाका सरोकारवालासँग अन्तर्क्रिया गर्दै सो कुरा बताएका हुन् । ‘उत्तरसँग नजिक भएर विकासका काम अघि बढायो भने, नेपालमा कहिलै […]

समाचार समाज

धरानको नयाँ घुम्ने ठाउँ श्रम संस्कृति उद्यान

२३ मंसिर, धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षरोपणले सबैको मन आनन्दित हुन्छ । पहिला बगर र झाडी भएको ठाउँमा अहिले फूल र बोटबिरुवा हुर्केका छन् । काठमाडौँबाट साथी […]

राजनीति

भ्रष्टाचार नियन्त्रण गर्न महिलालाई नेतृत्वमा पुर्‍याउनुपर्छ : मन्त्री आचार्य

२३ मंसिर, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि महिलालाई नेतृत्वमा पुर्‍याउनुपर्ने धारणा राखेका छन् । महिलाहरु नेतृत्वमा रहेको स्थानीय तहमा भ्रष्टाचार कम भएको भन्दै उनले महिलालाई मुलुकको नेतृत्वको पु¥याउन सके भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुने बताए । नेपाल प्रेस युनियन, महिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री […]

मुख्‍य समाचार समाचार समाज

शिक्षित हुने सपना पछ्याउँदै विद्यालयमा पाका महिला

२२ मंसिर, काठमाडौँ । समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’। जहाँ शिक्षित हुने सपना पूरा गर्दै गर्दैछिन्, ७१ वर्षीया इन्द्रमाया आलेमगर । बुढेसकालमा झोला भरी पुस्तक, कापी र […]