२६ वर्षपछि कांग्रेसको मुखपत्र नेपाल पुकार पुन: प्रकाशित
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको मुखपत्र नेपाल पुकार पुन: प्रकाशन सुरु गरेको छ । त्रैमासिक रुपमा प्रकाशित गर्ने गरी आइतबार नयाँ अंक सार्वजनिक गरिएको छ । पार्टी मुख्यालय सानेपामा कार्यक्रम गरी नेपाल पुकार पुन: बजारमा ल्याइएको छ । नेपाली कांग्रेस स्थापनाअघि कांग्रेसका दुई धार नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसले ‘युगवाणी’ र […]










