११ श्रावण २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

अफगानिस्तानसँग नेपालले टस जितेर फिल्डिङ रोज्यो

२४ मंसिर, काठमाडौं । यू १९ एसिया कपको समूह ‘ए’ अन्तर्गत रहेर नेपालले दोस्रो खेलमा अफगानस्तानविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

दुबईस्थित आइसीसी एकेडेमी ओभल २ मा नेपालका कप्तान देव खनालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

नेपालको टिममा दुई परिवर्तन छ । हेमन्त थामी र दिपक बोहरा पहिलो रोजाइमा खेल्दा विशाल विक्रम केसी र तिलक राज भण्डारी बेन्चमा छन् ।

प्रतिक्रिया दिनुहोस्