८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

वाग्मतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

वाग्मती, २ पुसः वाग्मती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४।४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८।४१ प्रतिशत खर्च भएको छ । चालु आव २०८२र८३ का लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट पारित भएको थियो । विनियोजित बजेटमध्ये सबैभन्दा […]

मधेश मुख्‍य समाचार समाचार समाज

पिकअपभ्यान सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज पर्सा, २ पुसः एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर–१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मङ्गलबार बरामद भएको हो । भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

भिरबाट लडेर मृत्यु

बैतडी, २ पुसः स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मङ्गलबार मृत्यु भएको हो । जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जङ्गल गएकी उनी सोही ठाउँको ल्वापा भिरबाट खसेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २ पुसः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो भारतीय प्रतिकिलो रु ११०, गोलभेँडा सानो लोकल प्रतिकिलो रु ७०, गोलभेँडा सानो टनेल प्रतिकिलो रु १०५, गोलभेँडा सानो भारतीय प्रतिकिलो रु ९०, गोलभेँडा सानो तराई प्रतिकिलो […]

बागमती मुख्‍य समाचार समाचार

नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ

काठमाडौँ, २ पुस : नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा कानुनी, प्रशासनिक एवं संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ । साथै वित्तीय कारबाही कार्यदल एफएटिएफको कार्ययोजना अन्तर्गतका दायित्व पूरा गर्ने चरणमा नेपाल रहेको जनाएको छ । कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको महासन्धि पक्षराष्ट्रहरूको ११औँ सम्मेलनमा नेपालले उक्त […]

बागमती मुख्‍य समाचार समाचार

एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनित

काठमाडौं । गैर आवासीय नेपाली संघको युरोप महिला संयोजकमा फ्रान्सकी गीता खनाल थापा मनोनित भएकी छन् । संघको हालै बसेको बैठकले एनआरएनए फ्रान्सकी पूर्व अध्यक्ष समेत रहेकी थापालाई युरोप महिला संयोजकमा मनोनयन गर्ने निर्णय गरेको हो । हाल पेरिसमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय थापाको मनोनयनलाई युरोपका महिलाहरुले उत्साहपूर्ण प्रतिक्रिया दिएका छन् । संघका अध्यक्ष […]

मधेश मुख्‍य समाचार समाचार समाज

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका – ४, रोहुवास्थित उखुबालीमा भएको भीषण आगलागीबाट पीडित किसानलाई तत्काल आर्थिक राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । आगलागीबाट ठूलो क्षति भएपछि सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा स्थानीय किसानले नेपाल सरकार र मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा बसोबास गर्दै आएका सर्लाहीका सामाजिक अभियन्ता नितेश राउतले मंगलबार […]

कर्णाली मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस जुम्लाको उम्मेदवार सिफारिस टुंगो, कान्तिका सेजुवाल पुनः प्रतिनिधि सभाका प्रमुख आकांक्षी

जुम्ला । कान्तिका सेजुवालको राजनीतिक यात्राले फेरि राष्ट्रिय ध्यान आकर्षित गरेको छ । नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउँदै पूर्व सांसद सेजुवाललाई प्रतिनिधि सभा सदस्यका प्रमुख आकांक्षीमध्ये एकका रूपमा केन्द्रमा सिफारिस गरेको हो । जिल्ला समितिले एकल नाममा सहमति जुटाउने प्रयास असफल भएपछि सबै आकांक्षीको नाम केन्द्रमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद

काठमाडौं । सरकारद्धारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मंगलबार साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । सञ्चारमन्त्री खरेलले भने, ‘सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ

कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् । राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर व्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

माले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु

काठमाडौं । आज नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन बिहान आठ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । निर्धारित समयमै सुरु भएको मतदानमा विभिन्न पदका उम्मेदवार र प्रतिनिधिहरू एउटै लाइनमा बसेर मतदान गरिरहेका छन् । मतदान स्थलमा उत्साहपूर्ण वातावरण छ भने प्रतिनिधिहरू र उम्मेदवारहरू एक अर्कासँग चिनजान गर्दै भोट मागिरहेका छन्।‎मतदान लाइनमा महिला र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवेशनअन्तर्गत आज मतदान हुँदै

  काठमाडौं । नेकपा एमालेको आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औं महाधिवेशनअन्तर्गत बुधबार बिहान ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार मतदान आज बिहान ८ बजे सुरु […]