७ पुष २०८२, सोमबार
समाज सूचना प्रविधि

ललितपुर महानगरले विद्युतीय सवारी किन्ने करदातालाई ५ प्रतिशत छुट दिने

६ असार, काठमाडौं। ललितपुर महानगरपालिकाले विद्युतीय सवारी साधन किन्ने करदातालाई ५ प्रतिशत छुटको घोषणा गरेको छ । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘विद्युतीय सवारी साधन खरिद गरेको विल पेश गर्ने करदातालाई महानगरपालिकाले लिने करमा ५ प्रतिशत छुट दिइने’ घोषणा गरेका हुन् । वायु प्रदुषण नियन्त्रणका लागि निजी तथा सार्वजनिक यातायातका […]

समाज

रास्वपाको चियापान भोलि : दलका नेतादेखि कूटनीतिक नियोगका प्रमुखलाई निम्तो

निजामती कर्मचारीलाई बोलाइएन ६ असार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले दलका नेताहरुलाई आमन्त्रण गरेको छ। पार्टी स्थापना दिवसको अवसरमा ७ असारमा गर्न लागिएको चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ । रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान गर्न लागेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, नीजि क्षेत्रका संघ संस्थाका प्रमुख […]

समाज

साइबर अपराध र बैंकिङ कसूरका मुद्दा अब सबै जिल्ला अदालतमा पनि चल्ने

६ असार, काठमाडौं। साइबर अपराध र बैंकिङ कसूरसम्बन्धी मुद्दा अब देशैभरका जिल्ला अदालतमा पनि चल्ने भएको छ । हालसम्म साइबर अपराधको मुद्दाको सुरु कारबाही काठमाडौं जिल्ला अदालतमा र बैंकिङ कसूरका मुद्दाहरुको सुरु कारबाही उच्च अदालतबाट हुने गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विद्युतीय कारोबार ऐन २०६३ को दफा ६० (५) बमोजिमको मुद्दा र सोही […]

प्रेम चलाउनेमाथि आक्रमण गर्ने विद्यार्थीहरुको मुद्दा फिर्ता लिनु निन्दनीय : पूर्व उपकुलपतिहरु

६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेवि संघका विद्यार्थीहरुको मुद्दा फिर्ता लिने निर्णयको पूर्व उपकुलपतिहरुले विरोध गरेका छन् । पूर्वउपकुलपतिहरू अर्जुन कार्की, केदारभक्त माथेमासहित ८ जना उपकुलपतिले संयुक्त विज्ञप्ति जारी गर्दै मुद्दा फिर्ता लिने सरकारको निर्णय निन्दनीय भएको बताएका हुन् । उनीहरुले भनेका छन्, ‘शैक्षिक संस्थामा अनुशासनहीनता, अमर्यादित एवं अपराधिक […]

समाज

बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण

६ असार, बाँके । बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ। लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ। सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले उहाँले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै  रोगको […]

बैंक–वित्त

एक वर्षमा ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा

६ असार, काठमाडौं। काठमाडौं महानगरपालिकाले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन्। यस्तै उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रम गर्ने घोषणा गरेका हुन्। नीति तथा कार्यक्रममा आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण […]

अर्थ

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान, व्यवसायी भन्छन् : नियमित होस्

६ असार, पोखरा । पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ रु २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थल गत पुस १७ गते धुमधामसँग उद्घाटन पनि भयो । यो खुसीलाई साट्न पोखरेलीहरु विमानस्थलमा खचाखच भरिए । उनीहरुले […]

समाज

मन्त्रीको निधनमा सुदूरपश्चिम प्रदेशमा शोक विदा

६ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो । मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ । गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा […]

सूचना प्रविधि

विद्युत प्राधिकरणले लाइन नदिँदा सबै सरकारी वेबसाइट डाउन

५ असार, काठमाडौं। नेपाल सरकारका सबै वेबसाइटहरू डाउन भएका छन् । विद्युत प्राधिकरणले समयमा लाइन नदिँदा मंगलबार साँझदेखि ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेबसाइट डाउन भएको हो । सरकारी वेबसाइट डाउन भएपछि अनलाइनमार्फत गरिने अत्यावश्यकीय सबै सेवाहरु प्रभावित हुन पुगेका छन् । यसका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको जाँचपास सेवा ‘म्यानुअल इन्ट्री’ करिब […]

बैंक–वित्त

कतार र चीनबीच दोस्रो दीर्घकालीन ग्यास आपूर्तिका लागि सम्झौता

५ असार, काठमाडौं। कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्दै चिनियाँ कम्पनीसँग २७ वर्षे दोस्रो आपूर्ति सम्झौताको घोषणा गरेको छ । ‘चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सीएनपीसी)’ लाई वार्षिक ४० लाख टन आपूर्ति गर्ने यो सम्झौता चीनको सिनोपेकसँग नोभेम्बरमा भएको सम्झौतासँग मेल खान्छ । चीन, जापान र दक्षिण कोरियाको नेतृत्वमा एसियाली देशहरू कतारको […]

समाचार

‘समाजवादी मोर्चा बनाउँदैमा काँग्रेस तर्सिदैन, बरू एमालेसँग दूरी बढ्छ’

५ असार, काठमाडौं। पाली काँग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा काँग्रेस नतर्सिने बताएका छन्। मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चाबाट काँग्रेस नतर्सिएको बताएका हुन्। उनले भने, ‘ समाजवादी मोर्चा बनाएपछि सरकार फेरिने, काँग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन।’ उनले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पारेका हुन्। […]

हामीलाई थाहै नदिई समाजवादी मोर्चा घोषणा गरियोः गंगा श्रेष्ठ

५ असार, काठमाडौं। नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफूहरुलाई थाहा नदिइकनै समाजवादी मोर्चा घोषणा गरिएको बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले यति छिटै मोर्चा घोषणा हुँदैछ भनेर आफ्नो पार्टीलाई जानकारी नै नगराएको बताए। सोमबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी […]