१६ असार २०८३, मंगलवार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

इरानमा प्रदर्शनका क्रममा हजारौँको मृत्यु भएको खामेनीको स्वीकारोक्ति

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशभर भएका प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेका छन् । कडा दमनका कारण अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको बेला आएको यो स्वीकारोक्ति इरानी नेतृत्वका लागि असामान्य मानिएको छ । शनिबार टेलिभिजनमार्फत सम्बोधन गर्दै खामेनीले गत डिसेम्बरको अन्त्यतिर आर्थिक सङ्कट र व्यापक राजनीतिक […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुँदै

काठमाडौं । आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुने भएको छ । जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अधिवेशन सञ्चालन गर्न लागिएको हो । राष्ट्रिय सभा बैठक आज बिहान ११ बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका थिए । अधिवेशनको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसको विशेष महाधिवेशन विद्रोहको चेत हो, अन्य दलहरुले पनि सिक्नुपर्छ :नेता शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ । शनिबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, हिमालय कर्मचार्य र नगेन्द्र कुमाललाई बधाई दिंदै सम्मान गरेको हो । सो अवसरमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनका माध्यमबाट गरिएको विद्रोहको चेतले अन्य […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन

काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिका मुद्दा कमजोर बनाउन गरिएको प्रयास र भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमा प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा संघका उपाध्यक्ष महमराज गुरुङले सरकार निर्वाचन सफल गराउने भन्दापनि विभिन्न सेटिङको काममा व्यस्त रहेको भन्दै आपत्ति […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

अप्राकृतिक र सत्ताकेन्द्रीत चुनावी गठबन्धन नगर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले कुनै पनि किसिमको अप्राकृतिक र सत्ताकेन्द्रीत गठबन्धन नगर्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले कुनै पनि किसिमको चुनावी गठबन्धन नगर्ने र सँधै मूल्य र सिदान्तमा अडिक रहने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले भने,‘कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रीत गठबन्धन हामी गर्नेवाला छैनौं भन्ने प्रतिबद्धता फेरी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पत्रकारहरुले पनि देश चलाउन सक्छन भन्ने मान्यता स्थापित भएको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सञ्चारकर्मीले आवश्यक पर्योभने मन्त्रालय, वडा, पालिका र प्रदेश सबै चलाउन सक्ने मान्यताहरु स्थापित हुँदै गएको बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटनमा उनले राज्य सञ्चालन भनेको सँधै राजनीतिकर्मीले मात्र गर्न सक्छन भन्ने पुरातन मूल्य र मान्यताहरु तोडिदै गएको भन्दै पत्रकारहरुले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

निर्वाचन आयोगको निर्णय मान्य छैन्, सर्वोच्च अदालन जान्छौं : प्रवक्ता डा. महत

काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले निर्वाचन आयोगले माघ २ गते (हिजो) गरेको निर्णय संविधान, प्रचलित कानून र पार्टी विधानविपरीत रहेको दाबी गरेका छन् । शनिवार सानेपामा बसेको देउवा पक्षको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता महतले निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको भन्दै न्यायका लागि सर्वोच्च अदालत जाने […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सबै कार्यकर्तालाई एक ठाउँमा ल्याउन सहयोग गरेर अभिभावकको भूमिका निर्वाह गर्न शेर बहादुर देउवालाई आग्रह गरेका छन् । शनिबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देउवाले अविभावकको भूमिका निार्वाह गरेर सबैलाई एक ठाउँमा आउन आग्रह गर्नुपर्ने धारणा राखे । उनले भने,‘हामीसँग थोरै समय छ, म पार्टीको […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विशेष कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो । आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ । सोही क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसमा जस्तै विद्रोही चेत नेपाली कम्युनिष्ट पार्टीभित्र पनि आवश्यक छ : लक्ष्मण लम्साल

लक्ष्मण लम्साल काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्म्बर २ को प्रदेशसभा (क) मा तत्कालिन नेकपा (एकीकृत समाजवादी) विजयी सांसद हुन् । बागमती प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेर अनुभव लिएका उनी हाल नेपाली कम्युनिष्ट पार्टीको प्रभावशाली नेताका रुपमा परिचित छ । पार्टी रुपान्तरण र पुस्तान्तरणका आवाज उठाइरहेका लम्सालसँग नेपाल न्यूज बैंकले छोटो कुराकानी गरेको छ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

विशेष महाधिवेशन कुनै विवादको विषय थिएन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको स्पष्ट गर्दै विशेष महाधिवेशन कुनै विवादको विषय नभएको बताएका छन् । सभापति थापाले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानून तथा पार्टी विधानअनुसार निर्णय गरेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, […]

मधेश मुख्‍य समाचार समाचार

धनुषाको कुन निर्वाचन क्षेत्रमा कति उम्मेदवार ?

जनकपुर । प्रतिनिधिसभा अन्तर्गतको निर्वाचनमा धनुषा जिल्लाबाट जम्मा मतदाता ५ लाख १४ हजार ५ सय ७१ जना रहेका छन् । जनकपुरधाममा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै धनुषा क्षेत्र नं.३ का निर्वाचन अधिकृत शुभाष राउत पुरीले धनुषा जिल्लाभरिका निर्वाचन क्षेत्रहरु बारे जानकारी गराएका छन् । उनका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा […]