१६ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौँ, २ माघः भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री चौलागाईं र राजदूत तोरूबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको मन्त्री चौलागाईंको सचिवालयले जनाएको छ । भेटका क्रममा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा कूटनीतिक […]

बागमती मुख्‍य समाचार राजनीति

कांग्रेस महामन्त्रीहरुलाई कारबाही गरिएको भन्ने कुरा नीतिगत छैन : शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेस विशेष महाधिवेशन पक्षधरका उपसभापति विश्वप्रकाश शर्माले विघटन भइसकेको केन्द्रीय कार्यसमितिले निवर्तमान महामन्त्रीहरुलाई कारबाही गर्ने भन्ने कुरा कुनैपनि दृष्टिले नीतिगत नभएको बताएका छन् । निर्वाचन आयोग पुगेका उनले निर्वाचन आयुक्त अगाडि महामन्त्रीलाई कारबाही गरियो भनिएपनि दुवै जना महामन्त्री पदबाट निस्किसकेको भन्दै नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनले पारित गरेको कार्यविधि कार्यान्वयन भइसकेपछि विघटित केन्द्रीय […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुगु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि जिल्ला अदालत मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको छ । मुगु क्षेत्र नम्बर १ अन्तर्गत सञ्चालन हुने उक्त कार्यालय सदरमुकाम गमगढीस्थित जिल्ला अदालत परिसरभित्र रहनेगरी स्थापना गरिएको हो । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल

चितवन, २ माघः नेपाली कम्युनिष्ट पार्टी नेकपा का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज यहाँ उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताए । उनले भने, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारले पाँच महिनादेखि शहीद परिवारलाई यताउता कुदाइरहेको छ : गणेश चौलागाईं

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी आन्दोलनका क्रममा शहीद भएका परिवारका सदस्यहरुले धर्ना दिएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारले धर्ना दिएका हुन् । धर्नामा सहभागी १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले पाँच महिनादेखि शहीद परिवारलाई दुःख दिँदै यताउता कुदाइरहेको आरोप लगाए । उनले आन्दोलनका […]

बागमती मुख्‍य समाचार समाचार

समावेशी, लोकतान्त्रिक, नैतिक तथा वैकल्पिक राजनीतिक शक्तिबीच सहकार्य

काठमाडौं । पिपुल्स फष्र्ट पार्टी, समावेशी–समाजवादी पार्टी र समावेशी, लोकतान्त्रिक, नैतिक तथा वैकल्पिक राजनीतिक सहकार्य मञ्चबीच सहकार्य गर्ने सहमति भएको छ । आसन्न आम निर्वाचन लगायत भविष्यका सबै राजनीतिक सहकार्य गर्ने उद्देश्यले सहमति बनेको हो । ‘बेथिति र विभेद दुवै प्रकारका समस्याविरुद्ध स्वाभिमान र समृद्धि, सुशासन र स्वशासनको लडाइँ एकसाथ लड्नेछ। आदिवासी, जनजाति, मधेसी, थारू, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीको चित्त नदुखोस भनेर वार्तामा आएको हुँ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको भएर सम्मानको लागि मात्र आएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए । उनले भने, ‘मैंले वार्ता भंग गरेको हुँ । सरकारसँग कुनै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

विशेष महाधिवेशन विधानविपरीत छ : खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र केही व्यक्तिले विशेष महाधिवेशनको नाममा अनुशासनबाहिरका गतिविधि गर्दै आएको आरोप लगाएका छन् । पार्टी विभाजनपछिको अवस्थाबारे नेपाली कांग्रेस (देउवापक्ष) ले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला आयोजना गरी निर्वाचन आयोगसम्म पुगेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । त्यसपछि पार्टीको सिंगो […]

गण्डकी मुख्‍य समाचार समाचार

गोरखामा मानवसेवा आश्रम बालगृह निर्माणका लागि श्रेष्ठ परिवारद्वारा आर्थिक सहयाेग

गोरखा, गोरखामा निर्माणाधीन मानवसेवा आश्रम बालशाखाको भवनकाे एक कोठा निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ।स्वर्गीय भरत बाबु श्रेष्ठज्यूको स्मृतिमा गोरखा निवासी दमनबाबु श्रेष्ठ तथा श्रेष्ठ परिवारद्वारा गोरखामा निर्माण हुँदै गरेकाे मानवसेवा आश्रमकाे बालगृह निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग प्रदान गरिएको हो। मानवता प्रवर्द्धन महाअभियानका रूपमा सञ्चालित मानवसेवा आश्रमको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम

काठमाडौँ, २ माघः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले सुशासनको सुरुआत अब हरेक निकाय र व्यक्ति आफैँबाट हुनुपर्ने बताएका छन् । आज कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयबाट जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयका सेवा–सुविधा प्रदान गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उनले भ्रष्टाचार, विचौलिया र दलालीलाई निस्तेज नगरी सुशासन सम्भव नहुने स्पष्ट पारे । मन्त्री प्रा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘विशेष महाधिवेशनबाट नेतृत्व चयन विधानसम्मत छ, कारवाही विधान विपरित’

भर्खरै नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न मात्र भएन नयाँ नेतृत्व पनि चयन भएको छ । अर्कातिर कांग्रेस केन्द्रीय समितिले त्यही विशेष महाधिवेशबाट चयन भएका दुईजना महामन्त्रीलाई र एक जना सहमहामन्त्रीलाई कारबाही पनि गरिसकेको छ । पार्टीले महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मा, सहमहामन्त्री फर्मुला मन्सुरलाई कारबाही गरेर पाँच वर्ष पार्टीको साधारण सदस्य समेत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौँ, २ माघः प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक–सामाजिक अवस्थालगायत विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । घेदुङले यही माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको […]