१६ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने तय भएको छ । सोमबार विधायन व्यवस्थापन समितिको १५९ औं बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागिएको हो । बैठक दिनको १२ः०५ बजे बस्ने तय भएको छ । आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

बागमती मुख्‍य समाचार राजनीति समाचार

‘चुनाव मात्र समाधान होइन, नयाँ समझदारी र मार्गचित्र आवश्यक छ’ : कुन्ती कुमारी शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्ती कुमारी शाहीले देशको वर्तमान राजनीतिक परिस्थितिलाई जटिल र अलमलको अवस्थामा रहेको टिप्पणी गरेकी छन् । नेपाल न्यूज बैंकसँग गरिएको कुराकानीमा उनले जेनजी आन्दोलनका मागहरू भ्रष्टाचारको अन्त्य र सुशासन अझै लागू नहुने अवस्था रहेको पनि बताइन् । शाहीले भनिन्, ‘जेनजीको आन्दोलनको माग एउटा थियो । हालको व्यवस्थालाई […]

बागमती मुख्‍य समाचार समाचार

आज श्री वल्लभ जयन्ती पनि मनाइदैँ

काठमाडौं । आज श्री वल्लभ जयन्ती पनि हो, हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारसँगै श्री वल्लभ जयन्ती पनि मनाइन्छ । आचार्य श्री वल्लभ एक महान् दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता थिए । श्री वल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरूको रचना गरेका छन् । जस मध्य यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य, नवरत्नस्तोत्र […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म

काठमाडौं । १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म रुसी सदन,कमलपोखरी,काठमाण्डौंमा आयोजना हुने भएको छ । महोत्सवमा आयोजकको बाहेक १८ वटा नाटक छनौंट भएका छन् । महोत्सवका लागि आएका ४१ वटा स्कृप्टबाट १७ वटा नाटक छनौंट भएका १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवका निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् […]

बागमती मुख्‍य समाचार समाचार

सोनाम ल्होसार पहिचान, संस्कृति र राष्ट्रिय एकताको प्रतीक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होसार पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताएका छन् । सोमबार सोनाम ल्होसारको अवसरमा शुभकामना दिदैँ उनले सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताए । उनले भने, ‘सोनाम […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण

सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् । मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज ओली झापा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते हुने निर्वाचनका लागि आज झापा जाँदैछन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी बिहान १०ः२५ भद्रपुर जाने कार्यक्रम रहेको छ । झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने र आफ्नै निर्वाचन क्षेत्र […]

बागमती मुख्‍य समाचार समाचार

दोलखा कांग्रेसमा शिवाकोटी, कोइराला र श्रेष्ठ लबिङमा, कुन्दनको पनि चर्चा

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलका नेताहरु आधिकारिक उम्मेदवारका लागि दौडधुपमा छन् । अधिकांश जिल्लाका आकांक्षीहरु यतिबेला काठमाडौंमा केन्द्रित भएका छन् । विशेषगरी दोलखा कांग्रेसको टिकट हत्याउन शक्ति प्रदर्शन र दौडधूप तीव्र बनेको छ। अजयबाबु शिवाकोटी ,ताराबहादुर कोइराला र प्रभुराम श्रेष्ठ आधिकारिकताका लागि दौडधुपमा छन् । नेताहरू राजधानीका विभिन्न शक्तिकेन्द्रमा धाउँदै आफ्नो […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

घण्टीघर पुगे बालेन र सुदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् । उनले मेयर पदबाट राजीनामा दिएर घण्टीघर पुगेका हुन् । उनी आजै औपचारिकरुपमा रास्वपा प्रवेश गर्ने कार्यक्रम रहेको छ । बालेनसँगै सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् । यसअघि मात्र गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संयुक्त विद्यार्थी संगठनद्वारा रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयको विरोध

काठमाडौं । संयुक्त विद्यार्थी संगठनहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनको नाममा मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति कडा विरोध जनाएका छन् । आइतबार जारी संयुक्त प्रेस वक्तव्यमा विद्यार्थी संगठनहरूले विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा रवि लामिछानेसहित छविलाल […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश

बाजुरा । नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा एमालेको तर्फबाट युवालाई अवसर नदिएको भन्दै तालाबन्दी गरिएको हो । बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएको असन्तुष्टी जनाउँदै एमाले निकटका युवा संघ नेपाल र अनेरास्ववियु बाजुराले संयुक्त रुपमा पार्टी कार्यालयमा तालाबन्दी […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल डेरी एसोसिएसनको महाधिवेशन माघ ६ र ७ गते

काठमाडौं । नेपाल डेरी एसोसिएसनको महाधिवेशन माघ ६ र ७ गते आयोजना हुन गइरहेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसोसिएसनले मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानबाट ठूलो संख्यामा उद्योगीहरूको सहभागितामा माघ ६ र ७ गते महाधिवेशनको आयोजना हुन लागेको जानकारी गराइएको हो । यो साधारणसभामा डेरी उद्योगको हक हितको विषयमा घनिभुत छलफल गरि निर्णय […]