२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

२६ फागुन, काठमाडौं ।नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षमा सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको छ । उम्मेदवारको चयन भने […]

मुख्‍य समाचार समाचार समाज

सिरहाको गोलबजारमा महिलाको हत्या, श्रीमान् घाइते

२६ फागुन, जनकपुरधाम । सिरहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका-६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शुक्रबार राति हत्या भएको हो । सिलौटो(लोढी) ढुंगा प्रहार गरी हत्या भएको जस्तो देखिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले बताए । उनका अनुसार अनुहारमा ढुंगाले हिर्काएको चोट देखिएको छ । […]

मुख्‍य समाचार राजनीति समाचार

सुदूरपश्चिमका मन्त्रीलाई फिर्ता हुन नागरिक उन्मुक्ति पार्टीको निर्देशन

२६ फागुन, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा शुक्रबार राति मन्त्री बनेका सांसदलाई फिर्ता हुन निर्देशन दिएको छ । पार्टी नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले तत्काल फिर्ता हुन निर्देशन दिएकी हुन् । ‘संघीय सरकारमा हामी नयाँ गठबन्धनमा सत्तापक्षको बेन्चमा बसेका छौं तर त्यहाँ साथीहरु नेतृत्वसँग […]

मुख्‍य समाचार समाचार समाज

सदस्यता शुद्धीकरण विवादमा पत्रकार महासंघ सप्तरीको कार्यालयमा तालबन्दी

२६ फागुन, जनकपुरधाम । सदस्यता शुद्धीकरण र सिफारिस विभेद र पक्षपात गरेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । शुद्धीकरणमा परेका महासंघका पूर्वअध्यक्ष विष्णुकुमार मण्डल, जितेन्द्र खड्गा र शिव नारायण साहसहितको नेतृत्वमा बिहीबार शाखामा तालाबन्दी गरेका हुन् । सप्तरी शाखाले तीन वर्ष वितिसक्दा पनि एकपटक पनि साधारणसभा नगरेको, सदस्यता शुद्धीकरणको नाममा […]

मुख्‍य समाचार समाचार समाज

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

२६ फागुन, मोरङ । मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व-पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी–पश्चिमी भेगलाई जोडीरहेको छ । पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडेल्धुराको रुपालसम्म करिब एक हजार दुई सय ५० किलोमिटर लामो मदन भण्डारी राजमार्गले व्यापार […]

मुख्‍य समाचार समाचार समाज

कास्कीको पर्चे केन्द्रविन्दु भएर भूकम्प

२६ फागुन,काठमाडौँ । कास्की जिल्लाको पर्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको […]

मुख्‍य समाचार समाचार समाज

मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण

२६ फागुन, ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीनलाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दैआएका परिवारलाई निस्सा वितरण गरेको हो । मिक्वखोला–१ र २ मा आठ/आठ परिवारलाई निस्सा वितरण गरिएको हो । मिक्वखोला–३ मा दुई, वडा नं ४ मा तथा वडा नं ५ मा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

२६ फागुन, काठमाडौँ । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११:१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई शृङ्खला सुरु हुँदैछ । […]

मुख्‍य समाचार समाचार समाज

कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

२६ फागुन, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती संरक्षण योजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले कालीगण्डकी किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसम : कोशी र गण्डकीका एक-दुई ठाउँमा हिमपात हुने

२६ फागुन, काठमाडौं । आज देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी भू भागको मौसम मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली […]

राजनीति समाचार समाज

थप २ हजार ६७४ जनालाई शहीद घोषणा (सूचीसहित)

२५ फागुन, काठमाडौं । सरकारले थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ । सरकारले गरेको घोषणाको निर्णय अनुसार थप सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ । २४ पुसको मन्त्रिपरिषद बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने […]

राजनीति समाचार समाज

महाशिवरात्रिमा ४ लाखले गरे पशुपतिनाथको दर्शन

२५ फागुन, काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन् । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । अहिलेसम्म पशुपतिनाथमा कम्तीमा पनि चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । बिहानभन्दा अहिले दर्शनार्थीको भीड बाक्लिँदै गएको […]