२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार

आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक विदा

१५ जेठ , काठमाडौं । नेपाली जनताको लामो संघर्ष, बलिदानपछि गणतन्त्र स्थापना भएको दिनकारुपमा आज १७ औँ गणतन्त्र दिवस मनाइदैछ । सरकारले आज राष्ट्रिय दिवसकारुपमा विभिन्न कार्यक्रम गरी मनाउने र देशभर सार्वजनिक विदा दिँदै आएको छ । मुलुकमा २०६२-०६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन व्यवस्थापिका संसद्ले २०६५ जेठ १५ गते गणतन्त्र स्थापनाको घोषणा गरेको थियो । […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्त गर्न परमादेश

१४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको मतलाई अवैधानिक ठहर गर्दै उनलाई पदमुक्त गरेको छ । न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गरेको हो । अदालतले ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । […]

मुख्‍य समाचार समाचार समाज

कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया थप ३ दिन हिरासतमा रहने

१४ जेठ, जनकपुरधाम । नागरिकता कीर्तेको उजुरीमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन हिरासतमा रहने भएका छन् । दुई पटक ३/३ दिन गरी ६ दिन हिरासतमा बसिसकेका उनलाई प्रहरीले थप ५ दिन हिरासतमा राख्न अनुमति माग गर्दै सोमबार जिल्ला अदालत धनुषामा पेश गरेको थियो । तर जिल्ला न्यायाधीश […]

मुख्‍य समाचार राजनीति समाचार

काठमाडौंका मेयरलाई आदर्श बनाएर समाज अघि बढ्दैनः एमाले नेता शंकर पोखरेल

१४ जेठ, काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले वर्तमान समाजको आदर्श काठमाडौंको मेयरलाई बनाएर समाज अगाडि नबढ्ने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित अन्तरक्रियामा उनले आफ्नो माग राख्नका लागि सफा राख्नुपर्ने सहर आफैं फोहोर गर्दै हिँडेको भन्दै समाज यस्तोको हातमा दिएर सुशासन र समृद्धिको कुरा सम्भव नभएको बताए । उनले भने, ‘हाम्रो समाजको आइकन हामी […]

अन्तर्राष्ट्रिय मनोरन्जन

‘जनरल हस्पिटल’ अभिनेता जोनीको हत्या

१४ जेठ, लसएन्जल्स । अमेरिकी अभिनेता जोनी वाक्टरको लसएन्जल्समा गोली हानी हत्या गरिएको छ । अभिनेता वाक्टरको कारको एक भाग चोर्ने प्रयासमा रहेका व्यक्तिले उनको हत्या गरेका हुन् । वाक्टरको कार पार्क गरिरहेको स्थानमा रहेको क्यालिटीक कन्भर्टर हटाउन प्रयासरत रहेका तीन व्यक्तिले ३७ वर्षे अभिनेतालाई आक्रमण गरेका थिए । आक्रमणबाट जोनी गम्भीर घाइते भएका थिए […]

मुख्‍य समाचार समाज

सातदोबाटोमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

१४ जेठ, काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेलकी ४० वर्षीया अप्सरा दाहाल छिन् । सातदोबाटोमा बाटो काट्ने क्रममा उनलाई ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी […]

मुख्‍य समाचार समाज

काठमाडौंको टोखामा आगलागीबाट एक युवकको मृत्यु

१४ जेठ, काठमाडौं । टोखा नगरपालिका–१ बानियाँटारमा आइतबार राति आगलागी हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोखलाको कालिञ्चोक गाउँपालिका–२ घर भएका २१ वर्षीय किरण बुढाथोकी छन् । उनी बानियाँटारमा खेमनारायण चालिसेको घरमा घाडामा बस्दै आएको प्रहरीले जनाएको छ । बुढाथोकी बस्ने कोठामा राति आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

दार्चुलामा २ जनाको शव फेला

१४ जेठ , काठमाडौँ । दार्चुलामा खोला तर्नेक्रममा बगेर २ जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा २५ वर्षीय झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरु नातामा काका भतिजा पर्छन्। खोला तर्ने क्रममा बेपत्ता भएका दुबैजना घटनास्थलबाट केही […]

मुख्‍य समाचार समाज

एकै मौसममा ३ पटक सगरमाथा आरोहण गरी फर्किएकी पूर्णिमालाई विमानस्थलमा स्वागत

१४ जेठ, काठमाडौं । एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई विमानस्थलमा स्वागत गरिएको छ । श्रेष्ठलाई त्रिभुवन विमानस्थलमा पञ्चेबाजासहित एक समूहले स्वागत गरेको हो । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले जेठ १२ गते शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त […]

मुख्‍य समाचार राजनीति

मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन

१४ जेठ, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गरेका छन् । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिसर पग्नुभएका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँलगायतका कार्यालयका प्रमुख तथा कर्मचारी र सेवाग्राहीसँग भेट तथा कुराकानी गरेका थिए । सो क्रममा […]

अर्थ मुख्‍य समाचार

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

१४ जेठ, काठमाडौँ । यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ […]

मुख्‍य समाचार समाज

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु

१४ जेठ, काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिबल सुरु भएको छ । न्युयोर्क राइटर्स वर्कसप र ह्वाइट लोटस बुक सप ललितपुरको आयोजनामा ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा दुईदिने साहित्य महोत्सव सुरु भएको हो । महोत्सवको आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि बेलायतका राजदूत रब फेनले संयुक्तरुपमा […]