३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाज

अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु

२ चैत, बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो । सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकर्मी, भूगर्भविद्, वातावरणविद्, जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले स्थलगत अवलोकन, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नीति तथा कार्यक्रमलाई आज अन्तिम रुप दिने कार्यदलको तयारी

२ चैत, काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले आज त्यसलाई अन्तिम रुप दिँदै छ । अन्तिम रुप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ । त्यसका लागि आज बिहान नौ बजे कार्यदलको बैठक अर्थ मन्त्रालयमा बस्दै छ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक […]

मुख्‍य समाचार समाचार समाज

सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विष्फोट

२ चैत, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विष्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको हो । विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्न लागेको हो । यसअघि गत फागुन २८ गते बोलाइएको स्थायी समिति बैठक स्थगित गरिएको थियो । बैठकमा पार्टीको विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीले सन्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

लघुवित्त पीडित र सरकारबीच वार्ता सुरु

१ चैत, काठमाडौं । अर्थ मन्त्रालय र लघुवित्त पीडितबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । अर्थले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई बुधबार वार्तामा बोलाएको थियो । सोही अनुसार अहिले वार्ता सुरु भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो । मन्त्रालयद्वारा […]

मुख्‍य समाचार समाचार समाज

उदयपुर दुर्घटना अपडेटः ८ जनाको मृत्यु, ९ जना घाईते

१ चैत, विराटनगर । उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर गाडी बिहीबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाईते भएको प्रहरीले बताएको छ । सुनसरीको धरानबाट भोजपुरको घोडेटार […]

मुख्‍य समाचार समाचार समाज

लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्चमा रिट

१ चैत, काठमाडौं । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । नेपालमा हालसम्म लिभिङ टुगेदरसम्बन्धी कानुन छैन । तर शहरमा […]

मुख्‍य समाचार समाचार समाज

एनओसी सेवा सहज बनाउन अझै ४ दिन लाग्ने

१ चैत, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र वितरण चार दिनभित्र सहज हुने शिक्षा मन्त्रालयको एनओसी शाखाले जनाएको छ । शाखाका निमित्त प्रमुख वासुदेव वस्तीले बिहीबारदेखि पुनः ‘टाइम कार्ड’ लागू गरिएकोले चार दिनभित्र सहज हुने बताए । उनले भने, ‘हामी अबको चार दिनभित्र सहज बनाउँछौं । बीचमा टाइम कार्ड लागू नगर्दा समस्या आएको हो ।’ […]

मुख्‍य समाचार राजनीति

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदलको बैठक बस्दै

१ चैत, काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन नयाँ गठबन्धनको संयुक्त कार्यदलको बैठक बिहीबार बस्ने भएको छ । कार्यदलको बैठक बिहीबार अपराह्न ४ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्न लागेको जनता समाजवादी पार्टी (जसपा) का कार्यकायरी सदस्य मनिष सुमनले जानकारी दिए । नयाँ गठबन्धनको कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

१ चैत, काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन् । यो विधेयक प्रतिनिधि सभामा गत फागुन २१ गते दर्ता भएको थियो । […]

मुख्‍य समाचार समाचार समाज

उदयपुरमा भीरबाट खस्यो गाडी, ६ जनाको मृत्यु

१ चैत, विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट यात्रुबहाक गाडी खसेको छ । भोजपुरको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरान हिँडेको गाडी भीरबाट खसेको हो । गाडी खसेको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको छ । घटनास्थलमा रहेका स्थानीय मिलन राईका अनुसार मैनामैनीको भीरबाट करिब पाँच सय मिटर तल गाडी खसेको थियो । घटनास्थलबाट उद्दार […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कोशी सरकारबारे कांग्रेस आन्तरिक छलफलमा, मुख्यमन्त्री कार्कीसहितका नेता देउवा निवासमा

कोशी सरकारबारे कांग्रेस आन्तरिक छलफलमा, मुख्यमन्त्री कार्कीसहितका नेता देउवा निवासम १ चैत, काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार बिहान दुई उपसभापति, दुई महामन्त्री, प्रमुख सचेतक रमेश लेखक र कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका हुन् । […]