३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा श्यामलाल ज्ञवाली

२ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पाएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको उनले बताए । सुन तस्करी सम्बन्धी जाँचका […]

मुख्‍य समाचार समाचार समाज

फरार जीवन चलाउनेको आयोगसमक्ष बयान : सीआईबीमा ४ घण्टा बिताएँ

फरार जीवन चलाउनेको आयोगसमक्ष बयान : सीआईबीमा ४ घण्टा बिताए २ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउनेले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगमा आफूले केन्द्रीय अनुसुन्धान ब्यूरोे (सीआईबी) मा चार घण्टा बयान दिएकोे बताएको पाइएको छ । सीआईबीले भने चलाउनेलाई फेला पार्न नसकेको दाबी गर्दै उनलाई फरार उल्लेख गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष […]

मुख्‍य समाचार राजनीति समाचार

गृहमन्त्रीको राजीनामा माग्दै संसदमा कांग्रेसको नाराबाजी

२ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा नाराबाजी गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए । प्रधानमन्त्रीको जनआएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । तर, […]

मुख्‍य समाचार समाचार समाज

मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार

२ चैत, काठमाडौं । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको बताइन् । हामीले गोली चलाउने समूहका तीन जनालाई पक्राउ समेत गरेका छौं । थप अनुसन्धान […]

राजनीति समाचार समाज

सुन जाँचबुझ आयोगको प्रतिवेदनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयाेगकाे प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ । सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री […]

मुख्‍य समाचार समाचार समाज

सुबु केसीलाई सुन प्रकरणमा मुद्दा चलाउन सिफारिस

२ चैत, काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साझेदार एवं साथी सुबु केसीलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन उच्चस्तरीय छानबिन समितिले सिफारिस गरेको छ । सुन तस्करी प्रकरणमा जोडिने तथ्य फेला परेको भन्दै आयोगले उनी विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । दावा छिरिङको मोबाइल जाँचमा २० हजार अमेरिकी डलर सुबु प्रताप केसीको अमेरिकास्थित वेल्स […]

मुख्‍य समाचार समाचार समाज

सुन तस्करी प्रकरणमा भीमकान्त भण्डारीलाई मुद्दा चलाउन सिफारिस

२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन उच्चस्तरीय आयोगले सिफारिस गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले बुझाएको प्रतिवदेनमा ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । तीमध्ये भण्डारी पनि एक हुन् । उनीसँग आयोगले २५ माघमा सिंहदरबारमा पनि बयान लिएको थियो । सीआईबीले अनुसन्धानका क्रममा उनलाई जोगाएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सीआईबी प्रमुख बज्राचार्य, एसपी थापा, डीएसपीद्वय कुँवर र दाहाललाई कारबाही सिफारिस

२ चैत, काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ । मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्य समेत कारबाहीको सिफारिसमा परेकी छन् । योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

२ चैत, काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

२ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका छन्। गृहमन्त्री लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले, कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयन थाल्न भनेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको […]

खेलकुद मुख्‍य समाचार

नेपालले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

२ चैत, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा विश्व कप र एसियन कप संयुक्त छनोट अन्तर्गत बहराईन विरुद्ध हुने खेलको तयारीका लागि नेपालले मलेसियासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे शाह आलमस्थित यूनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा हुनेछ । अखिल नेपाल फुटबल संघ […]

मुख्‍य समाचार समाचार समाज

भर्ना अभियान सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्‍याउने तयारी

 २ चैत, भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने भएको छ । यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने भएको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार […]