३० फाल्गुन २०८२, शनिबार
खेलकुद समाचार समाज

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

१८ चैत, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत […]

अर्थ मुख्‍य समाचार समाचार समाज

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रू’

१८ चैत, काठमाडौं । तनहुँ ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमा भएर बग्ने सेती नदीको पानी प्रयोग गरी निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष […]

बागमती मुख्‍य समाचार राजनीति

बागमतीमा कांग्रेसले मुख्यमन्त्री विपक्षमा मतदान गर्ने

१८ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आज काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकले पार्टीका सम्पूर्ण प्रदेश सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन […]

मुख्‍य समाचार समाचार समाज

हात्तीको आक्रमणबाट पाँच महिनामा झापामा छको मृत्यु

१८ चैत, झापा । दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । हात्तीले जङ्गलमा घाँस दाउरा गएका, ‘वर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उनीहरुलाई कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संसदमा कांग्रेसको अडान : सहकारीको रकम ठगीमा संसदीय छानबिन गर

१८ चैत, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको विषयमा संसदीय छानबिन गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकको सुरुवातमा सभामुखको समय लिएर बोल्दै कांग्रेस सांसद सञ्जय गौतमले प्रधानमन्त्री प्रचण्डले आफै न्यायाधीश बनेर क्लिन चिट दिने प्रयास गरेको आरोप लगाए । सांसद गौतमले भने–‘हामीले जवाफ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विद्यार्थीलाई राष्ट्रिय परिचय वितरण गर्नेबारे आफ्ना मन्त्रीसँग रास्वपाको छलफल

१८ चैत, काठमाडौं । विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँग छलफल गरेको छ । पार्टी र रास्वपाबाट मन्त्री बनेकाहरुको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको हो । ‘विद्यार्थीहरुलाई पनि राष्ट्रिय परिचय पत्र बाँड्ने तयारी गर्ने बारेमा छलफल भएको छ,’ रास्वापाका महामन्त्री एवं प्रवक्ता […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला

१८ चैत, काठमाडौँ । आगामी वैशाखमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला आयोजना गरियो । त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले जलविद्युत्, भौतिक पूर्वाधार, होटललगायत सेवा क्षेत्रका पूर्वाधार, औषधिजन्य उद्योग, सूचना तथा सञ्चार प्रविधिलगायत क्षेत्रमा बङ्गलादेशी लगानीकर्तालाई नेपालमा पुँजी परिचालन गर्न आह्वान […]

अनौठो संसार

मुखबाट ६ मिनेटसम्म लगातार पानी फ्याँकेर विश्व कीर्तिमान (भिडियो)

काठमाडौं । चीनका एकजना ३५ वर्षीय युवाले लगातार ६ मिनेटसम्म मुखबाट पानीको धारा बगाएर विश्व कीर्तिमान कायम गरेका छन् । योसँगै मा हुइ नामका ती पुरुषले सबैभन्दा लामो समयसम्म मुखबाट पानी बगाएर गिनिज बुकमा नाम लेखाएका हुन् । मा हुँइले यतिधेरै लामो समयसम्म मुखबाट पानीको धारा बगाए कि उनको त्यो समय यसअघिको रेकर्ड भन्दा करिब […]

मुख्‍य समाचार समाचार समाज

महालेखा परीक्षकमा तोयम राय सिफारिस

१८ चैत, काठमाडौं । महालेखा परीक्षकमा तोयम राय सिफारिस भएका छन् । आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राय पूर्वअर्थसचिव हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

मुख्‍य समाचार सूचना प्रविधि

ओपन एआईले ल्याउँदैछ दुरूस्तै आवाज निकाल्‍ने टुल्स

१८ चैत, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा च्याट जीपीटी निर्माता कम्पनी ओपन एआई बादशाह नै हो भन्दा फरक पर्दैन । ओपन एआईले यस्ता यस्ता टूलहरू ल्याइरहेको छ कि त्यसबाट दुनियाँ अचम्मित बनिरहेको छ । ओपन एआईको च्याटटूल च्याटजिपिटीले त संसारमा तहल्का नै मच्चाइरहेको छ । हालैमात्र ओपन एआईले टेक्स्ट टू भिडियो टूल सोरा सार्वजनिक गर्‍यो […]

खेलकुद मुख्‍य समाचार

टी-२० सिरिजमा आज गुजरातसँग खेल्दै नेपाल

१८ चैत, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज […]

मुख्‍य समाचार समाचार समाज

राप्तीमा छाडियो २० वटा घडियाल

१८ चैत, नवलपुर (नवलपरासी)। चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्किएका २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । निकुञ्जको मुख्यालय कसरास्थित घडियाल गोही प्रजनन केन्द्रमा हुर्किएका २० वटा गोहीलाई राप्ती नदीमा छाडिएको हो । प्रजनन केन्द्रमा सात वर्ष पूरा भएका घडियाल गोहीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिकै रहेको […]