३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार

डा.पशुपति चौधरी रामराजा सिंह स्वास्थ्य प्रतिष्ठान पूर्वाधार समिति अध्यक्षमा नियुक्त

२२ चैत, काठमाडौं । रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरीलाई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई पनि नियुक्त गरेको छ । सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्यमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने […]

राजनीति समाचार समाज

मुख्यमन्त्रीको आग्रहमा सुदूरपश्चिम प्रदेशसभाको बैठक २ घण्टा सारियो

२२ चैत, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक सारिएको छ । मुख्यमन्त्रीको आग्रहमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक ५ बजेसम्म सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैशीले बैठक दुई घण्टा सारिएको जानकारी दिए । बिहीबारको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत […]

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादी लगायो ह्वीप

२२ चैत, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । केहीबेर अघि सम्पन्न माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावकको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश सभा सदस्य ओमबिक्रम भाटले जानकारी दिए । मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

वाइडबडीमा १ अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दा, पूर्वमन्त्री शाहीसहित ३२ जना प्रतिवादी

२२ चैत, काठमाडौं । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ […]

राजनीति

सुदूरपश्चिममा नाउपा सांसद गिरीको कारवाही रोकिदिन सभामुखलाई कांग्रेसको आग्रह

२२ चैत, धनगढी । नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई गरेको कारबाही अगाडि नबढाउन सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गरेको छ । कृषि राज्यमन्त्री समेत रहेकी गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गरेको जानकारी बुधबार सभामुख भण्डारीलाई गराएकी थिइन् । बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले सभामुखलाई भेटेर कारवाही […]

मुख्‍य समाचार राजनीति

इलाम २ मा कांग्रेसबाट डम्बर खड्का, बझाङमा अभिषेक सिंह उम्‍मेदवार

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसले इलाम–२ डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए । खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । बझाङ प्रदेश सभा (१) मा […]

अर्थ मुख्‍य समाचार

किसानले लगाएको भेँडे खुर्सानीमा थ्रिप्स पार्भिस्पिनस्‌को संक्रमण देखियो

२२ चैत, चितवन । चितवनका किसानले लगाएको खुर्सानी खेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ । किसानले लगाएको भेँडे खुर्सानीमा यो कीराको सङ्क्रमण देखिएको हो । मङ्सिर पहिलो साता खैरहनीमा देखिएको यो रोग अहिले जिल्लाभरि  नै प्रकोपका रूपमा देखिएको छ । खैरहनी नगरपालिकामा मङ्सिर २८ गते देखिएको यो रोग थ्रिप्स कीराका कारण लाग्ने गर्दछ । खैरहनी […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह

२२ चैत, काठमाडौं । नेपालमा सूचना प्रविधि उद्योग क्षेत्रमा लगानी र विकासबारे सराेकारवालाहरूले चासाे व्यक्त गरेका छन् । बिहीबार काठमाडौंकाे हाेटेल साेल्टीमा आयाेजित टेक पिक नेपाल २०२४ मा उनीहरूले प्रविधि क्षेत्रका विविध आयाममा छलफल र बहस गरिरहेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालकाे सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरेका […]

मुख्‍य समाचार राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री आन्तरिक परामर्शमा

२२ चैत, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादका कारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना कम छ । सोही कारण मुख्यमन्त्री शाह प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर […]

खेलकुद मुख्‍य समाचार

विराट गोल्डकप फुटबल: साङ्ग्रिला क्लब फाइनलमा

२२ चैत, मोरङ । विभागीय टोली एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सहिद रङ्शालामा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले उक्त परिणाम निकालेको हो । टाइब्रेकरमा पनि […]

मुख्‍य समाचार समाचार समाज

१९ इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस

२२ चैत, काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् । यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीका लागि सिफारिस गरेको हो । बढुवाका लागि सिफारिस हुनेहरूमा पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहेका […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

२२ चैत, काठमाडौं । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा प्रहरीले गायक राजेश पायल राई पक्राउ गरेको छ । राजेश पायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । एआईजी थापाका अनुसार राई बुधबार राति होहल्ला गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको […]