७ जेष्ठ २०८१, सोमबार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

२२ चैत, काठमाडौं । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा प्रहरीले गायक राजेश पायल राई पक्राउ गरेको छ ।

राजेश पायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

एआईजी थापाका अनुसार राई बुधबार राति होहल्ला गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ ।

गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्