३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

४४ सांसदको हस्ताक्षरसहित लुम्बिनी सरकार गठन गर्न महराको दाबी

२३ चैत, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् । बिहीबार सत्तासाझेदार दलहरूबीच देउखुरीमा बसेको बैठकले मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार शुक्रबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री नियुक्तिको लागि महराले एमाले, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र […]

मुख्‍य समाचार समाचार समाज

नदी प्रदूषणका कारण निकुञ्जका जीवजन्तुको जीवन  जोखिममा

२३ चैत, सौराहा ।  चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको परिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ । बढ्दो सहरीकरण एवं औद्योगिकीकरणबाट निस्कने फोहर नदीमा मिसाउँदा जलीय पर्यावरणमा असर परेको हो । साथै नदीजन्य निर्माण सामग्रीको अत्यधिक दोहनले नदीको प्राकृतिकस्वरुप सङ्कुचन भएको छ । नदी क्षेत्रमा बालुवाको […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने

२३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने भएका छन् । महानगरपालिका अन्तर्गतको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ । शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने शिक्षा विभागकी […]

मनोरन्जन मुख्‍य समाचार

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी

२३ चैत, काठमाडौं । गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कञ्चनपुरले गायक ओडविरूद्ध वैवाहिक बलात्कार मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी भएपछि प्रहरीले गायक ओडको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार बुधबार रविविरूद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। […]

मुख्‍य समाचार समाचार समाज

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

२३ चैत, बैतडी । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका […]

अर्थ मुख्‍य समाचार

तोलामा १ हजार ३सय रुपैयाले घट्यो सुनको मूल्य

२३ चैत, काठमाडौँ,  स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु […]

मुख्‍य समाचार राजनीति

नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

२३ चैत, काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनःसंरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक वृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा […]

विचार सूचना प्रविधि

नेपालको आइटी सेवा विश्वमा ९औ चुचुरो बन्न सक्छ

सूचना प्रविधि सेवा विश्व बजारमा अहिलेको सबैभन्दा धेरै माग भएको क्षेत्र हो । आज प्रविधिको प्रयोग गरेर विश्वबजारमा भारत, चीनलगायतका एसियाका देशहरूले द्रूत गतिमा आर्थिक उन्नति गरिसकेका छन् । विकसित मुलुकहरूले आफूलाई आइटी सेवा निर्यात गर्न बढी रुचाउँछन् । पछिल्लो पटक सर्वाङ्‍गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले सन् २०२२ मा मात्रै करिब […]

खेलकुद समाचार समाज

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, अर्जुन कुमाल बेन्चमा

२३ चैत, काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलबाट नेपालले एक परिवर्तन गरेको छ । यू-१९ का ओपनर अर्जुन कुमाललाई बेन्चमा राखेको छ भने अर्का […]

खेलकुद मुख्‍य समाचार

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई आज जित्नै पर्ने दबाब

२३ चैत, काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले […]

मुख्‍य समाचार राजनीति

बझाङ-१मा गठबन्धनबिनै प्रतिस्पर्धा हुँदै

२३ चैत, काठमाडौं । १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा (१) का लागि दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेश सभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेकाले उम्मेदवार तय गरेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चार दिन लगातार बैठक गरी बिहीबार उम्मेदवार तय गरेको छ । बझाङ प्रदेश सभा […]

मनोरन्जन मुख्‍य समाचार

निम अवार्ड : जुगल डंगोललाई यसवर्षको रजत संगीत सम्मान, ४२ विधामा पुरस्कार

२२ चैत, काठमाडौं । सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड अन्तर्गत यसवर्षको रजत संगीत सम्मान-२०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित भएका छन् । बिहीबार ललितपुरको होटल स्क्वायरमा आयोजित समारोहमा अग्रज संगीतकार जुगल डंगोललाई सम्मान गरिएको हो । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आयोजित उक्त समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज […]