२६ बैशाख २०८१, बुधबार
विचार सूचना प्रविधि

नेपालको आइटी सेवा विश्वमा ९औ चुचुरो बन्न सक्छ

सूचना प्रविधि सेवा विश्व बजारमा अहिलेको सबैभन्दा धेरै माग भएको क्षेत्र हो । आज प्रविधिको प्रयोग गरेर विश्वबजारमा भारत, चीनलगायतका एसियाका देशहरूले द्रूत गतिमा आर्थिक उन्नति गरिसकेका छन् । विकसित मुलुकहरूले आफूलाई आइटी सेवा निर्यात गर्न बढी रुचाउँछन् ।

पछिल्लो पटक सर्वाङ्‍गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले सन् २०२२ मा मात्रै करिब ६८ अर्ब रुपैयाँको सूचना प्रविधि सेवा निर्यात नेपालबाट भएको देखायो, जसमा  सूचना प्रविधि कम्पनी र १४ हजार ७२८ स्वतन्त्र निर्यातकर्ता (फ्रिलान्सर)हरू छन् । यी सबै सेवाहरू आइटीलाई नै माध्यम बनाएर काम हुँदै आएको छ । तर, सरकार या हामी भने आइटी भनेक खाली सफ्टवेयर मात्रै बुझिरहेका छौं । यो विल्कुलै गलत कुरा हो ।

आइटी सेवा भनेको इन्टरनेटको माध्यमबाट हुने सबै कामहरू सूचना प्रविधि अर्थात आइटी सेवा अन्तर्गत पर्दछ। जस्तै नेपालमै बसेर विदेशमा अनलाइन कक्षा लिनु, अटो क्याड, सफ्टवेयर निर्माण, क्रिएटिभ राइटिङ, ग्राफिक डिजाइनिङ, एनिमेशन, टेलिमेडिसिन सेवा, मार्केटिङलगायतका कामहरू नै आइटी सेवा अन्तर्गत पर्दछ ।

अहिले नेपालमा सूचना प्रविधि क्षेत्रलाई आधार बनाएर काम गरिरहेका करिब ५ सयजना बढी छन् । ती मानिसहरू बहुमुखी रुपमा आइटी सेवा प्रदान गरिहरेका छन् । आइआइडिएसको रिपोर्ट आउनुभन्दा अगाडि मैले पनि बजारमा अवलोकन गर्दा कसैले हेल्थ इन्स्योरेन्स (स्वाथ्य बीमा), रिटेलरको काम गर्दै आइरहेका छन् ।

फ्रिलान्सरहरू घरमै बसेर डिजिटल प्ल्याटफर्ममा आईटी सेवा निर्यात गरिरहेको रिपोर्टमा देखाएकोभन्दा बढी छ किनकी यो क्षेत्रमा सेवा दिनेहरू प्रतिदिन बढिरहेको छ । कतिपय वेबसाइटमा त त्यही रजिष्ट्रेशन गरेर नेपालबाटै काम गरिरहेको उदाहरणहरू छन् । यसलाई हामीले अझै गन्नै सकेका छैनौ । त्यसकारण मेरो अनुमानमा आइटी सेवा निर्यातको यकिन तथ्याङ्क आइआइडीएसले सर्भे गरेभन्दा दोब्बर रुपमा बढ्दो छ, तर ट्र्याक गर्ने माध्यम छैन ।

पहिला सफ्टवेयर, कोरोनापछि थप परामर्श पनि

सूचना प्रविधिको प्रयोग गरेर काम गर्ने क्षेत्रहरू विस्तारै व्‍यापक हुँदै गइरहेको छ । सुरूमा आइटीमा काम गर्नेहरूले सफ्टवेयरहरूको टुल्स र टेक्निकहरू जानेर सेवा निर्यात गर्दथे भने अहिले आएर  थेरापी, काउन्सिलिङ, ग्रामिण भेगमा विद्यार्थीलाई ट्युशन पढाइरहेका छन् ।

यतिमात्रै होइन जब विश्वभर कोरोना फैलियो तब सूनचा प्रविधिको सेवा दिन दुई गुणा र रात चौगुणा बढ्दै गयो । प्रविधिलाई माध्यम बनाएर देशदेखि विदेशसम्म टेलिमेडिसिन सेवा, चिकित्सकहरू परामर्श दिने काम झन प्रभावकारी रुपमा आइटीको प्रयोग भएर काम गर्न थाल्यो ।

यसबारेमा पनि नेपाल सरकारसँग या भनौ कुनै आधिकारिक निकायसँग तथ्याङ्क छैन । तर मेरो अनुमान अहिले नेपालमै बसेर आइटीको सेवा निर्यात गर्नेहरुको संख्या १ लाख पुगिसकेको छ भने १ बिलियन रेभेन्यू पनि पुगिसकेको छ जस्तो लाग्छ ।

आइटी सेवा निर्यातका लागि विदेश जानू नेपालका लागि फाइदा  

आइटी सेवामा काम गर्न विदेशिरहेकोमा सबैले चिन्ता व्यक्त गरिरहँदा म भने जान दिने पक्षमा छु । किनकी नेपालमा मात्रै होइन विदेशमा बसेर आइटी सेवा दिनु भनेको नेपाललाई थप चिनाउनु हो । किनकी भारत, चीन, फिलिपिन्स लगायतका मानिसहरू संसारभर फैलिएका छन् आइटी सेवाका लागि । उनीहरू विदेशमा गएर आ-आफ्नो देशमा विदेशी मुद्रा भत्र्याइरहेका छन् ।

नेपालमा अहिले पनि करिब ६ सय जनाको दक्षजनक्ति राखेर ठूला प्रविधि कम्पनीहरूले विदेशमा आइटी सेवा निर्यात गरिरहेका छन् भने समग्रमा १ सय देखि १५० जनाको दक्ष कामदार राखेर प्रविधि कम्पनीहरू र स्वतन्त्र रुपमा व्‍यक्तिहरू आइटीका सेवा विविध आयाममा रहेर विदेशमा प्रदान गर्दै आइरहेका छन् ।

देशलाई प्रविधिको क्षेत्रमा थप शसक्त रुपमा चिनाइरहनु भएको छ । त्यसकारण म चाहि नेपालीहरू आइटी सेवाका लागि विदेशिनुले दु:खि हुन्न । झन खुसी हुन्छु म। यसले हामीलाई थप आर्थिक रुपमा सबल बनाउँछ । नेपालीहरू बाहिर पलायन भए पनि ऊसको पहिचान भने कही नकही नेपालसँग जिडिइरहको हुन्छ र नेपालमा आएर केही गर्न चाहेको मैले देखेको छु । विदेशीहरू नेपालमा पार्टनर बनेर आउन सक्छन्। उनीहरू नेपालमा कला, संस्कृति, परिवेश र भूगोललाई प्रचारका लागि दूत बनेर सघाउन सक्छन् ।

नेपालमा अहिले पनि करिब ६ सय जनाको दक्षजनक्ति राखेर ठूला प्रविधि कम्पनीहरूले विदेशमा आइटी सेवा निर्यात गरिरहेका छन् भने समग्रमा १ सय देखि १५० जनाको दक्ष कामदार राखेर प्रविधि कम्पनीहरू र स्वतन्त्र रुपमा व्‍यक्तिहरू आइटीका सेवा विविध आयाममा रहेर विदेशमा प्रदान गर्दै आइरहेका छन् ।

लगानीमैत्री वातावरणको खाँचो

विश्वासको वातावरण बनाए नेपाली सीप र ज्ञान लिएर नेपाल फर्किन चाहन्छ । विदेशमा जसरी नेपालीले आफ्नो क्षमतालाई दखाएर काम गरेवापतको वातावरण पाउँछ। त्यसरी नै नेपालमा काम गर्ने वातावरण चाहन्छ ।

ऊ नेपालमा आउँदा काम गर्ने, लगानी गर्ने वातावरण खोजी गरिरहेको हुन्छ। तर, त्यो काम गर्ने वातावरण कस्ले बनाइदिने भन्‍नेमा सरकार र सम्बन्धित निकाय नै अलमलमा देखिन्छ यहाँ। लगानीमैत्री वातावरण नहुँदा नेपालीहरू सीप र ज्ञान भएर पनि फर्किन चाहन्नन्।

नीति, कानुन सही हुनुपर्‍यो

नेपालमा सबैभन्दा मुख्य चुनौती नै लगानीमैत्री कानुनको अभाव हो जस्तो लाग्छ। हामीसँग एक त कानुनहरू पुरानै छ। तर प्रविधि नयाँ आइसकेको हुन्छ। लगानी गर्ने वातावरणको आधार कानुनले नै रोकिरहेको हुन्छ । द्विअर्थी लाग्‍ने नियम, कानुनहरू बनाइदिँदा व्यापार, व्यपसाय र प्रविधिमा नयाँ नयाँ विकासका सेवाहरू दिन थप कठिनाइहरू झेल्नु परेको छ लगानी गर्ने कम्पनी र व्यक्तिहरूले। खासगरी प्रविधिमैत्री लगानी गर्न चाहने उद्योमीहरूका लागि कर कानुन घातक रूपमा देखिएको छ। दुई-दुई पटक कर लगाइदिनेखालको नियम, सरकारी कर्मचारीले मनपरी कानुनको अपव्याख्या  गरेर, जालसाजी गरेर कमाउने खोज्ने प्रवृतिले नेपालमा लगानीको विश्वास घट्दै गरेको छ ।

जस्तो अहिले कोटीभीटीको मुद्दामा सरकारी कर्मचारीले जबरजस्ती कानुनको व्याख्या गरेर भ्याटमा पनि कर लगाएर असुल गर्न खोजेको छ। यसले थप उद्यमी र आइटी सेवा निर्यात गर्ने कम्पनी निराश हुने देखिन्छ ।

नेपालको कर प्रणाली कस्तो हुने भन्‍नेमा नेपाल सरकार प्रस्ट कानुन बनाउन नसकेको देख्छु म। यसले निजी क्षेत्र र सूचना प्रविधि सेवाको निर्यात गर्ने जुनसुकै कम्पनीलाई एक पटक त्रासदी फैलाएको छ । हामी यसबारेमा पटक पटक सरकारका प्रतिनिधहरूसँग छलफल गरेका छौं । म कानुनको ज्ञाता त होइन तर एउटा उद्यमीको नाताले मैले यही भन्नुपर्छ की नियम कानुन सही र क्लियर हुनुपर्छ ।

नेपालमा सानाको लागि अर्कै कानुन अनि ठूलाको लागि छुटै कानुनको व्याख्याले उद्यमीहरू आउन नचाहेको हो। अब हाम्रो नेपालमा सबैलाई एउटै कानुन र नीति नियम लागू हुने गरी स्पष्ट रुपमा आउनुपर्छ ।

यदि कानुन र नीति नै स्पष्ट नभए यसलाई स्पष्ट गराउने जिम्‍मेवारी लिनुपर्छ। अमेरिका, बेलायतमा कर लगाउने र लिनेसम्बन्धी कानुन एकदमै स्पष्ट छ। त्यसपछि न त्यहाँका उद्यमीहरूले लगानी गरिरहेका छन् ।

ठुल्ठूला भेन्चरहरू आइरहेका छन् । तर नेपालमा सानाको लागि अर्कै कानुन अनि ठूलाको लागि छुटै कानुनको व्याख्याले उद्यमीहरू आउन नचाहेको हो। अब हाम्रो नेपालमा सबैलाई एउटै कानुन र नीति नियम लागू हुने गरी स्पष्ट रुपमा आउनुपर्छ ।

अहिले संसदमा इकमर्स बिल आइरहेको छ। त्यसमा पनि जथाभावी तरिकाले कानुन ल्याउनु भएन। सेवाग्राही, उद्यमी र लगानीमैत्री वातावरण हुनु जरूरी छ। तर इकर्म बिलमा केही प्रावधानहरू लगानीविरूद्ध, उद्यमी भड्काउने खालका छन्। हामीले पटक-पटक अर्थमन्त्री, प्रधानमन्त्रीलगायतका सम्बन्धित सरोकारवालाहरुसँग भेटेर आग्रह गरेका छौं की लगानीमैत्री वातावरण बनाउनेखालको कानुन ल्याउनुस्।

जबरजस्ती उद्यमीलाई मारमा पार्ने कानुन नलिएर आऊ भनेर अनुरोध गर्न धेरै पटक गएका छौं । बजार बिगार्ने गरी कानुन नल्याउन पनि सरकारका प्रमुखसँग आग्रह गरेका छौं । विरोधाभासी कुराहरू नियम कानुनमा ल्याएमा लगानी गर्नेहरू कोही पनि आउँदैनन् र पछि आर्थिक विकासको मुख्य चुनौती पनि यही बन्‍नेछ ।

 सूचना प्रविधि सेवा विकासको ९वौ श्रृंखला बन्न सक्छ

नेपाललाई विश्वमा चिनाउने ८ वटा अग्ला अग्ला हिमश्रृंखलाहरू छन् । तर अब सूचना प्रविधि क्षेत्र विश्वमा नेपाललाई चिनाउने गरी ९ औं श्रृखला हो । किनकी सूचना प्रविधिको बजार विस्तार नेपालमा नभएर संसारभर बढ्दै गइहेको छ । नेपालीहहरूले घरमै बसेर आइटी सेवा निर्यात गरेर विदेशी मुद्रा आर्ज गरेर आफूसँगै देशको जीडीपीमा योगदान दिइरहेको छ । त्यसकारण यसमा लगानी र सेवालाई थप चुस्त दुरूस्त राख्न सरकार, उद्यमी र स्थानीय मिलेर आइटी सेवालाई विदेशमा निर्यात गर्न सके सूचना प्रविधिको बजारमा नेपालले पैसासँगै पहिचान दिलाउन सक्छ।

हामी सधैं हिमालको देशभनेर चिनिरहेको बेला अब आउने दिने सूचना प्रविधिमा सक्षम सेवा दिने देश भनेर चिनाउन सक्‍ने क्षमता राख्दछ। किनकी नेपालमा डेटा सेन्टर राख्‍न सक्ने उपयुक्त मौसम, काम गर्न सक्न दक्ष जनशक्ति र दृढ इच्छाशक्ति प्रशस्तै छ। तर, राज्‍यले सही समयमा सही निर्णय र नीति बनाउनुपर्ने देखिन्छ। सरकारले पब्लिक प्राइभेट पार्टनरशीपको नीतिलाई अंगालेर सँगै काम गर्न सके प्रविधिले देशको अर्थतन्त्रमा कायापलट गर्न धेरै समय नै लाग्दैन।

हामी सधैं हिमालको देशभनेर चिनिरहेको बेला अब आउने दिने सूचना प्रविधिमा सक्षम सेवा दिने देश भनेर चिनाउन सक्‍ने क्षमता राख्दछ।

सरकार र नीजी क्षेत्र एकअर्काका शत्रु होइन मित्र बनेर काम गर्ने वातावरण दिएमा चाँडै ने नेपाल सूचना प्रविधिको ९औ चुचुरो अर्थात प्रविधिको सेवा निर्यात गर्ने देश भनेर चिनिने अवसर पाउनेछ । यो कुरालाई लिएरर म निक्कै उत्साहित र हौसिएको छु ।

हामीले विकासका पूर्वाधारहरूमध्ये धेरैमा पछि परिसकेका छौं। तर प्रविधिमा विकास भएका र यसलाई प्रयोग गरेर सेवा निर्यात गर्ने अवसर मुखमै आइसकेको छ, यसलाई छुट्न दिनु भएन। यदि यसलाई सही समयमा लिन सक्यौ भने प्रविधि नेपालको लागि बरदान साबित हुनेछ । विश्वले नेपाल हिमालहरूको देश मात्रै होइन प्रविधिमा सबल भएको देश भनेर चिनिनेछ ।

(अजित शाह  सीएनआई आइटी काउन्सिल अध्यक्ष एवं एम चामका संस्थापक अध्यक्ष हुन् । उनीसँग कुराकानी आधारित )

प्रतिक्रिया दिनुहोस्