३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

एकै दिन ५ वटा संसदीय समितिको बैठक बस्दै

२५ चैत, काठमाडौं । आज एकैदिन पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुँदै छ । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानून, […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरपालिकाले सुरू गर्‍यो गरिब गणना

२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र गरिब घरपरिवार गणना आजदेखि सुरु भएको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिका भित्रका गरिब घरपरिवार गणना गर्न लागिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गणेशप्रसाद भट्टका अनुसार सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ […]

खेलकुद मुख्‍य समाचार

विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसीलाई

२५ चैत, विराटनगर । यस वर्षको आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाडौंले जितेको छ । विराटनगरको शहीद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २-० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको घरेलु टिम सांग्रीलाले पाँच लाख ५० […]

राजनीति

लुम्बिनीका मुख्यमन्त्री महराले शपथ ग्रहण गर्दै, मन्त्रिपरिषद् गठनको तयारी

२५ चैत, दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो पौने दुई बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुख अमिक शेरचनका प्रमुख स्वकीय सचिव नारायण प्रसाद आचार्यले जानकारी दिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि ४८ जना प्रदेश सभा सदस्यको […]

खेलकुद समाचार समाज

नेपाल एले आयरल्यान्डसँग अन्तिम खेल खेल्दै

२५ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको […]

मुख्‍य समाचार राजनीति

भद्रकालीमा राजेन्द्र महतो पक्ष र प्रहरीबीच झडप

२४ चैत, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। राष्ट्रिय मुक्ति आन्दोलनको उपत्यका विशेष ष्रदेश घोषणापछि भद्रकाली क्षेत्रमा ब्यानरसहित महतोको नेतृत्वमा जनप्रदर्शन गरेको थियो। त्यसक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। झडपमा २ प्रहरी र ३ […]

मुख्‍य समाचार राजनीति

बझाङको प्रदेशसभा उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता

२४ चैत, काठमाडौं । बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीका जनकबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्का रहेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका […]

मुख्‍य समाचार समाचार समाज

इलाम- २ मा ८ स्वतन्त्रसहित २० जनाको उम्मेदवारी दर्ता, महिला उम्‍मेदवार शून्य

२४ चैत, काठमाडौं । १५ वैशाखमा इलाम-२ मा हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र […]

फिचर (Main Feature) मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

तीनजनाले एउटा कोठाबाट खोलेको ‘डायनामिक टेक्नोसफ्ट’मा २०० जनालाई रोजगारी, वार्षिक २० करोडको कारोबार

सन् २०१० मा साथीको घरमा कोठा भाडा लिएर डायनामिक टेक्नोसफ्ट प्रालि सफ्टवेयर कम्पनीको सुरूवात भएको थियो । अहिले उनीहरूको कम्पनीले वार्षिक २० करोड बराबरको सफ्टवेयर विदेशमा निर्यात गर्दै आइरहेको छ ।

मुख्‍य समाचार समाचार समाज

पहिचान पक्षधर उम्मेदवार थेगिमले दर्ता गराए उम्मेदवारी

२४ चैत, इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमले पनि मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा उनले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन् । उनको मनोनयन दर्ताका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन

२४ चैत, इलाम । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम २ मा सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया […]

मुख्‍य समाचार राजनीति

इलाम-२ मा उम्मेदवारी दर्ता सुरु, स्वतन्त्रसहित ३ जनाको मनोनयन

२४ चैत, इलाम । प्रतिनिधि सभा उपनिर्वाचनमा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो क्रममा मनोनयन दर्ता गरेको छ । जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले सुरुमै मनोनयन दर्ता गराएका हुन् । मनोनयन अघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ । नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार […]