२६ बैशाख २०८१, बुधबार
फिचर (Main Feature) मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

तीनजनाले एउटा कोठाबाट खोलेको ‘डायनामिक टेक्नोसफ्ट’मा २०० जनालाई रोजगारी, वार्षिक २० करोडको कारोबार

देशदेखि विदेशसम्म सफ्टवेयर निर्यात

२४ चैत, काठमाडौँ। मोफसलबाट सुरू गरिएको कम्पनीले छोटो समयमा अन्तर्राष्ट्रिय बजारसम्मको छलाङ्ग मार्न सफल भएको छ । आफै उद्यमशीलता गर्ने हुटहुटी भएका दिपक साह र उनका साथी सचिन साहले वीरगञ्जबाट सुरु गरेको सफ्टवेयर निर्माण कम्पनी अहिले अन्तर्राष्ट्रिय बजारतर्फको यात्रामा अग्रसर भएको छ ।

सन् २०१० मा साथीको घरमा कोठा भाडा लिएर डायनामिक टेक्नोसफ्ट प्रालि सफ्टवेयर कम्पनीको सुरूवात भएको थियो । जागिरभन्दा आफ्नै केही गर्नुपर्छ भन्ने हुटहुटीले उनीहरुले जसोतसो गरी ग वर्गका बैंकबाट चर्को व्याजमा ऋण लिइ व्यवसाय थालनी गरेका थिए । बीचमा उनीहरुकै साथी अर्जन साह पनि जोडिए । अहिले कम्पनीलाई तीन जना साहले हाँकी रहेका छन् ।

सफ्टवेयर डेभलपर उद्यमी बन्ने रहर दिपकलाई आफ्नो बुवाबाट प्रेरणा मिलेको थियो । करिब २५ वर्ष अघि वीरगञ्ज चिनी उद्योगमा साहका बुवा कम्प्युटर अफरेटरको काम गर्थे । बुवालाई कम्प्यूटरमा बसेर काम गरेको देख्दा साहको मनमा कम्प्यूटर नै पढ्छु भन्ने चाँसो बाल्यकालमै आएको थियो । त्यही सपना पुरा गर्ने उद्देश्यमा साहले सफ्टवेयर पढे ।

बाल्यकालदेखि नै साहको मनमा आफ्नो व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी थियो । हजुर बुवाले व्यापार गरेको जो उनले देखेका थिए । हजुरबुवासँग व्यापार गर्न सिकेका साहले सफ्टवेयर पढेर उद्यमी बन्नुपर्छ भन्ने ठाने । त्यही हुटहुटीले साह अहिले सफ्टवेयर डेभलपर उद्यमी बनेका छन् ।

बाल्यकालदेखि नै साहको मनमा आफ्नो व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी थियो । हजुर बुवाले व्यापार गरेको जो उनले देखेका थिए । हजुरबुवासँग व्यापार गर्न सिकेका साहले सफ्टवेयर पढेर उद्यमी बन्नुपर्छ भन्ने ठाने । त्यही हुटहुटीले साह अहिले सफ्टवेयर डेभलपर उद्यमी बनेका छन् ।

कामको सुरुवात गर्न सजिलो त पक्कै थिएन उनीहरुलाई । तर, बच्चादेखिकै मनमा चलेको हुटहुटले उनीहरुलाई कहीले मनमा निरास हुन दिएनन् । कम्पनीको सुरुवात गर्दा उनीहरु मात्र २० वर्ष उमेरका कलिला युवा थिए ।

उनीहरु नेपालको सफ्टवेयर क्षेत्रमा र आफ्नै ठाउँमा केही गर्ने अठोटसहित दाँया बायाँ कतै नलागेर रात दिन निरन्तर मेहनत गरे । वीरगञ्जबाट थालनी गरेको व्यवसाय अहिले देश, विदेशमा फैलाएका छन् । हाल नेपालका ६ ठाउँ तथा भारत, जापान लगायतका देशमा शाखा विस्तार गरेका छन् ।

मुख्य कार्यालय वीरगञ्जमा छ । काठमाडौँको बानेश्वरमा कर्पोरेट हाउस सञ्चालन गरेका छन् । यस्तै इटहरी, बुटवल, पोखरामा र जनकपुरमा कम्पनीको शाखा विस्तार गरेका छन् ।

सुरुवातमा उनीहरुलाई काम लिइन केही सकस भएता पनि अहिले भने उनीहरुलाई खासै समस्या छैन । अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता बनाइकसेका छन् । बजारको मागअनुसार विभिन्न ब्राण्डका सफ्टवेयर ल्याएका छन् ।

कम्पनीको आधा दर्जन आफ्नै ब्राण्डका सफ्टवेयरहरु बजारमा उपलब्ध छन् । ट्रेडिङ बिजनेश पनि सञ्चालनमा छ । डाइनामिक ग्रुपले वार्षिक २० करोड रुपैयाँको कारोबार गर्छ भने २ सय बढीलाई रोजगारी दिएको छ ।

कम्पनीका सञ्चालक तथा सीईओ साह सुनाउँछन्,‘ कम्पनीलाई रातदिन खटेर अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाएका छौँ । सुरुवातमा काम गर्न सहज थिएन । विरगञ्जको गर्मीमा हामी खाना पानी निन्द्रा नभनी निरन्तर काममा खटिने गर्यौ। अहिले १४ वर्षको कामको अनुभवले हामीलाई परिपक्क बनाइरहेको छ ।

कम्पनीको आधा दर्जन आफ्नै ब्राण्डका सफ्टवेयरहरु बजारमा उपलब्ध छन् । ट्रेडिङ बिजनेश पनि सञ्चालनमा छ । डाइनामिक ग्रुपले वार्षिक २० करोड रुपैयाँको कारोबार गर्छ भने २ सय बढीलाई रोजगारी दिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुन सुकै कम्पनीसँग पनि हामी कामको गुणस्तर र सेवामा प्रतिस्पर्धा गर्न सक्छौँ । हाम्रो सफ्टवेयर ठूला व्यावसायिक घराना, उद्योग, हस्पिटल, विभिन्न व्यवसायी संघसस्था र स्कुलहरूले प्रयोग गरिरहेका छन् । हाम्रो सेवामा प्रयोगकर्ता सन्तुष्ट भएको उनको दाबी छ ।

उनी भन्छन्, ‘आजसम्म हामीले दिने सेवा र गुणस्तर नराम्रो भयो भनेर गुनासो त्यस्तो आएको छैन् । विभिन्न संघसस्था र स्कुल कलेजहरू गरी अहिले कम्पनीसँग नियमति सेवाग्राही करिब दुई हजार बढी छन् ।’

आफूहरूको उद्देश्य सफ्टवेयर बनाएर बच्ने मात्र नभइ सफ्टवेयरको गुणस्तर सेवा दिनुपर्छ भन्नेमा बढी केन्द्रित रहेको उनी बताउँछन् । ‘हामी सफ्टवेयर प्रयोगकर्तालाई केन्द्र बिन्दुमा राखेर काम गर्छौ । त्यही कारण अहिले सेवामा अब्बल ठहरिरहेका छौँ ।’ उनी भन्छन् ।

साह अगाडि थप्छन्, ‘सेवामा अब्बल बनाउन इमानदार भएर निरन्तर मेहनत गरेमा मात्र सफलता हात पर्छ भन्नेमा हामी सचेत छौँ । काम गरे पछि पूर्ण जिम्मेवार र इमानदार भएर सेवा दिनुपर्छ भन्ने हाम्रो कम्पनीको मुल सिद्धान्त हो । जुन क्षेत्रमा पनि सुरुवातमा निक्कै कठिन हुन्छ । हामीलाई पनि नभएको होइन ।’

आजसम्म हामीले दिने सेवा र गुणस्तर नराम्रो भयो भनेर गुनासो त्यस्तो आएको छैन् । विभिन्न संघसस्था र स्कुल कलेजहरू गरी अहिले कम्पनीसँग नियमति सेवाग्राही करिब दुई हजार बढी छन् ।

सुरूमा उनलाई सफ्टवेयर के हो भनेर बुझाउन निकै कठिन भएको थियो । उनी भन्छन्, ‘त्यतिबेला ३०–४० रूपैयाँमा सीडीमा पाउने हो भनेर बुझेकाहरूलाई वर्षों मेहनत गरेर तयार पारेको इआरपी सफ्टवेयर प्रयोग गर्न लगाउनु निकै चुनौती भयो ।’

बजारमा ईआरपी सफ्टवेयरको बारेमा बुझाउँदै बुझाउँदैनन् अहिले प्रतिष्ठित संस्थाहरूले विश्वास गरेर सफ्टेयरहरू प्रयोग गरेका छन् । पछिल्लो समय बजार सहज बन्दै गएको साह बताउँछन् । तर, सरकारले आईटी प्रविधि उद्योगलाई प्रोत्साहित गर्ने भनेता पनि स्वदेशी सफ्टवेयर उद्योगहरुलाई प्राथमिकतामा नदिएको गुनासो साहको छ ।

उनी भन्छन्,‘ नेपाली पनि अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताका छन् । उनीहरु भन्दा राम्रो सेवा र गुणस्तर दिने इआरपी सफ्टवेयर कम्पनी नेपालमा धेरै छन् । सरकारी काम गर्न खोज्दा सरकारी निकायले नेपालको कम्पनीलाई खासै विश्वास नै गर्दैनन् ।’

नेपालमै केही राम्रो काम गर्छु भनेर उद्योग सञ्चालन गर्दा नेपालीको काम र सेवा प्रति नेपाल सरकारले नै विश्वास नगर्ने प्रवृतिले राम्रो उद्योगहरु पनि निरोत्साहित भएका छन् ।

स्वदेशी उत्पादनलाई सरकारले प्राथामिकता दिएर प्रयोग गरे विदेशीने पैसा नेपालमै रहने साह बताउँछन् । सरकारी निकायका काम गर्ने जाँदा सरकारले अन्तर्राष्ट्रिय कम्पनीलाई पहिलो प्राथमिकता राख्ने गरेको साह बताउँछन् । नेपाली उद्योगलाई प्रोत्साहित गर्न राज्यले नेपाली उद्योगको उत्पादन प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

डाइनामिकले अहिले चार वटा सफ्टवेयर प्रोडक्ट बजारमा ल्याएका छन् । स्कुल कलेज व्यवस्थापनको लागि डाइनामिक एकेडेमिक इआरपी, व्यवसायिक अफिस म्यानेजमेन्ड र विभिन्न संघसंस्थाको प्रयोगमा आउने डाइनामिक एकाउन्ट इआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर डेभलपमेण्ट गर्छ ।-दीपक साह, सीईओ, डाइनामिक टेक्नोसफ्ट

साहका अनुसार डाइनामिकका सफ्टवेयर दुगड ग्रुप, सिप्रदी, सालिमार ग्रुप, हुलास स्टिल, गोदावरी ग्रुप, , लगायत ठूला उद्योगले समेत प्रयोग गरिरहेका छन् ।

डाइनामिक एकेडेमिक इआरपी र यसको मोबाइल एप अहिले देशभरका एक हजारभन्दा बढी विद्यालयले प्रयोग गरिरहेका छन् । पछिल्लो आधुनिक समयमा सबै विशेषता र प्रयोग गरेर बनाएको यो सफ्टवेयर बजारका अन्य सफ्टवेयरभन्दा उत्कृष्ट रहेको दाबी साह गर्छन् ।

अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रोडक्ट विस्तार गर्नुपर्छ भनेर अझ जिम्मेवार भएर सेवा दिनुपर्ने कुरामा तल्लीन रहेको साह बताउँछन् । निरन्तर सफ्टवेयरमा अपग्रेड र उत्कृष्ट सेवातर्फ ध्यान दिदै आएको उनको भनाइ छ । उनी भन्छन्, ‘डाइनामिकले अहिले चार वटा सफ्टवेयर प्रोडक्ट बजारमा ल्याएका छन् । स्कुल कलेज व्यवस्थापनको लागि डाइनामिक एकेडेमिक इआरपी, व्यवसायिक अफिस म्यानेजमेन्ड र विभिन्न संघसंस्थाको प्रयोगमा आउने डाइनामिक एकाउन्ट इआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर डेभलपमेण्ट गर्छ ।’

अब डाइनामिक ग्रुप अन्तर्गतका कम्पनीहरु लाई नेपाल भारतको बजारमा मात्र सीमित नराखेर अन्य मुलुकमा पनि विस्तार गर्दै जाने उनको भनाइ छ । तत्काल भुन्टान, बङलादेश लगायतका एसियाली मुलुकमा कम्पनीको शाखा विस्तार गर्ने योजना रहेको साहले जानकारी दिए ।

आफूमा काम गर्ने इच्छा शक्ती र इमान्दारीताका साथ महेनत गर्ने हो भने कामको खोजीमा युवाहरुले विदेश पलायन हुनुपर्ने अवस्था नभएको साह बताउँछन् । रातदिन खटिएर काम गर्ने हो भने सानो लगानीमा नै नेपालमा सफल उद्यमी बन्न सकिने साहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्