३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

न्यायाधीशको परीक्षामा न्यूनतम ४० अंक कायम गर्ने सहमति

२५ चैत, काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विषयमा दफावार छलफल हुँदा उक्त सहमति भएको हो […]

मुख्‍य समाचार समाचार समाज

फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको उद्धार

२५ चैत, कास्की। पोखराको फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । आइतबार साँझ स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–३ घर भइ पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षीय सोभित परियार बोटिङ गर्ने क्रममा अचानक आएको हावाहुरीको कारण ढुंगा दुर्घटनामा परेका थिए । उक्त दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेलातालस्थित […]

खेलकुद मुख्‍य समाचार

दिल्लीलाई हराउँदै मुम्बईको पहिलो जित

२५ चैत्र, काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित ७१ रनमा नट आउट रहे । […]

मुख्‍य समाचार सूचना प्रविधि

मोबाइलबाटै छोराछोरीको पढाइ हेर्न मिल्ने एप सार्वजनिक

२५ चैत, काठमाडौं । अनलाइन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले मोबाइलबाट आफ्ना छोराछोरीको प्रगति हेर्न मिल्ने एप सार्वजनिक भएको छ । ई–लर्निङ प्लेटफर्म एम्बिसन गुरु नेपाल प्रालिले ‘एम्बिसन गुरु’ नामक एप ल्याएको हो । यसमार्फत अभिभावकले बालबालिका कति समय बसेर पढिरहेका छन्, उनीहरूले कतिवटा लाइभ क्लास लिए, कति छुटाए, कुनकुन परीक्षामा सहभागी भए, नबुझेका कुरा […]

मुख्‍य समाचार समाचार समाज

संगठनको नीति अनुसार काम गर्नुस् : आईजी कुँवर

२५ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले नयाँ परिवेश बमोजिम प्रहरी संगठनले लिएको नीति अनुसार प्रहरी अधिकृतहरूले फिल्डमा काम गर्नुपर्ने बताएका छन् । हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा खटिन लागेका प्रहरी उपरीक्षक (एसपी) तथा प्रहरी नायव उपरीक्षक (डीएस्पी)हरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै कुँवरले उक्त कुरा बताएका हुन् । आईजी […]

मुख्‍य समाचार समाचार समाज

हतियार र मृगको छालासहित एक जना पक्राउ

२५ चैत, काठमाडौं । अवैध हतियार र मृगको छालासहित जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२० भलामखोरका ४२ वर्षीय दीपेनद्र केसी छन् । उनले वन्यजन्तुको शिकार गर्ने गरेको र हतियार समेत घरमा लुकाएर राखेको भन्ने सूचनामा आधारमा खटिएको टोलीले शनिबार उनलाई घरबाटै पक्राउ गरेको थियो । उनको घरबाट […]

मुख्‍य समाचार समाचार समाज

महेश बस्नेतविरुद्ध काठमाडौं प्रहरीमा एक महिलाले दिइन् किटानी जाहेरी

२५ चैत, काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । यसपछि सरकारी वकिलले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको छ । जाहेरी […]

खेलकुद

गुजरातलाई १८ रनले हराउँदै नेपालले चुम्यो उपाधि

२५ चैत, काठमाडौं । नेपालले फ्रेन्डसिप कप टी-२० प्रतियोगिता फाइनलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेकोछ । १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए । आर्य देशाई २४ बलमा ४ चौका […]

खेलकुद

आयरल्यान्ड ए सँग नेपाल ए ६९ रनले हार्‍यो

२५ चैत, काठमाडौं। युवा ओपनर अर्जुन कुमालको शतकको बाबजुद नेपाल ए तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आयरल्यान्ड ए सँग ६९ रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले क्लिनस्वीपको हार व्यहोरेको छ । २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भयो । ओपनर अर्जुन कुमालले ११८ बलमा […]

मुख्‍य समाचार

टीकापुरको विकासका लागि पूर्वाधार तयार गरिदिन प्रधानमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र

 25 चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध‍यक्ष एवम् प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठलगायतको टोलीले टीकापुरको विकासका लागि आवश्यक पूर्वाधार तयार गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा टीकापुरको विकासका लागि ७ बुँदे ज्ञापनपत्र बुझाउँदै नाउपाकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठ, टीकापुरका मेयर रामलाल डगौरालगायतले आग्रह गरेका हुन् […]

गण्डकी मुख्‍य समाचार राजनीति

गण्डकीका मुख्‍यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

२५ चैत, पोखरा। गण्डकी प्रदेशका मुख्‍यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्‍यमन्त्री अधिकारीलाई गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ दिलाएका हुन् । यस्तै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेलाई पनि मन्त्रीको शपथ लिएका छन् । योसँगै गण्डकीमा तीन सदस्यीय मन्त्रिपरिद् विस्तार भएको छ । यसअघि आइतबार बिहान मात्रै गण्डकी […]

खेलकुद मुख्‍य समाचार

फाइनलमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

२५ चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ ।   टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो । नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रन बनाए । ओपनर आसिफ शेख ३४ बलमा […]