१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री श्रेष्ठ

४ वैशाख, काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छिन् । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण गर्दै मन्त्री श्रेष्ठले आफू विश्वविद्यालयहरूको पदेन सहकुलपति भए पनि कुनै पनि उपकुलपति वा पदाधिकारीलाई आफू वा आफ्नो पार्टीका […]

प्रवास समाज

अमेरिकामा उद्यमी प्रकाश थापा ‘अनसंग हिरोज अवार्ड २०२४’ बाट सम्मानित

नेपाल अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा ‘अनसंग हिरोज २०२४’ अवार्डबाट सम्मानित भएका छन् ।   क्यालिफोर्नियाका २४ औं जिल्ला सभा सदस्य एलेक्स लीले थापालाई सम्मान गरेका हुन् । थापालाई नेपाली र अमेरिकाका विभिन्न शहरका किशोरीहरुको लागि आत्मरक्षात्मक मार्शल आर्ट प्रशिक्षण मार्फत सशक्तिकरणमा योगदान पुर्याएबापत क्यालिफोर्नियामा सम्मान प्रदान गरिएको हो ।   गैरनाफामुखी संस्था एक्शन […]

अर्थ मुख्‍य समाचार

वीरगञ्ज महानगरले नौ महिनामा उठायाे ३६ करोड राजस्व

४ वैशाख , वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार सात सय ८२ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट रु चार […]

मुख्‍य समाचार राजनीति

झलनाथको चेतावनी : सुदूरपश्चिममा मुख्यमन्त्री नदिए सत्ता गठबन्धनमा संकट आउँछ

४ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै आफूहरुलाई नदिए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएका छन् । आज बिहान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर खनालले उक्त चेतावनी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने आज साँझसम्म ‘मिलाउने’ आश्वासन दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता […]

मुख्‍य समाचार राजनीति

दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए

४ वैशाख , फिक्कल । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । अघिल्लो […]

मुख्‍य समाचार समाचार समाज

बारामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

४ वैशाख, बारा । बाराको जितपुर सिमरा उपमहागरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको […]

मुख्‍य समाचार समाचार

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

४ वैशाख, बागलुङ । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन् । भक्तजनको घुइँचो […]

खेलकुद मुख्‍य समाचार

आइपीएल : रनको वर्षा भएको खेलमा हैदराबाद २५ रनले विजयी

४ वैशाख, काठमाडौं । रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले पराजित गरेको छ । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको थियो । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनाउन सक्यो । बेंग्लोरका दीनेश कार्तिकले विस्फोटक ब्याटिङ […]

मुख्‍य समाचार

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने महानगरको चेतावनी

४ वैशाख, काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताइन् । सडक, फुटपाथ तथा […]

मुख्‍य समाचार समाचार समाज

चार प्रदेशमा वर्षाको सम्भावना

४ वैशाख, काठमाडौँ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली […]

मुख्‍य समाचार समाचार समाज

उमेशराज जोशी र भिमप्रसाद ढकाल प्रहरीकाे एआईजीमा बढुवा सिफारिस

४ वैशाख, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् । नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो । ५६ वर्षे उमेरहदका कारण वैशाख ५ मा […]

मुख्‍य समाचार समाचार समाज

अर्याल र गुरुङ प्राविधिक डीआईजीको विशेष पदमा सिफारिस

४ वैशाख, काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय नविन्द्र अर्याल र डा. देउती गुरुङ प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस भएका छन् । उनीहरुलाई बढुवा गर्न सरकारले प्रहरी नायब उपरीक्षक (डीआईजी) का २ विशेष दरबन्दी थप गरेको थियो । २२ चैतमा बसेको मन्त्रिपरिषद बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज […]