१६ जेष्ठ २०८१, बुधबार
प्रवास समाज

अमेरिकामा उद्यमी प्रकाश थापा ‘अनसंग हिरोज अवार्ड २०२४’ बाट सम्मानित

नेपाल अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा ‘अनसंग हिरोज २०२४’ अवार्डबाट सम्मानित भएका छन् ।

 

क्यालिफोर्नियाका २४ औं जिल्ला सभा सदस्य एलेक्स लीले थापालाई सम्मान गरेका हुन् । थापालाई नेपाली र अमेरिकाका विभिन्न शहरका किशोरीहरुको लागि आत्मरक्षात्मक मार्शल आर्ट प्रशिक्षण मार्फत सशक्तिकरणमा योगदान पुर्याएबापत क्यालिफोर्नियामा सम्मान प्रदान गरिएको हो ।

 

गैरनाफामुखी संस्था एक्शन फर नेसन्सका अध्यक्ष र संस्थापक समेत रहेका थापाले संस्थामार्फत भारत र नेपालका सडक मानव तथा पशुहरुलाई व्यवस्थापन तथा आश्रय प्रदान गर्दै आएका छन् ।

 

त्यस्तै उनले नेपालमा उत्पादित अर्गानिक खाद्य बस्तुहरु तथा हस्तकलाका सामग्रीहरु अमेरिकाका विभिन्न शहरहरुमा निर्यात गरी नेपाली उद्यमशिलतालाई उत्प्रेरित गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्